• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रक्तिम गुञ्जियो राष्ट्रिय नाचघरमा : नयाँपुराना कलाकर्मीको जमघट (फोटासहित)


  •   शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा गुञ्जिएको छ । नयाँपुराना कलाकर्मीको जमघट गर्दै २०८३ जेठ १६ गते रक्तिमले आफ्नो उपस्थिति जनाएको हो ।

    Advertisement

    ‘रक्तिम विशेष साँझ–२०८३’ नाम दिइएको सो कार्यक्रममा रक्तिमका संस्थापक अध्यक्ष जनगायक जीवन शर्मादेखि नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको उपस्थिति थियो । कार्यक्रममा रक्तिमकै संस्थापक सदस्य राजेश विश्वकर्मादेखि जनवादी सांस्कृतिक आन्दोलनका हस्तीहरू माहिला लामा, चिरन पुन, श्याम टमोट, वीरप्रसाद भण्डारी, केशरी घर्ती, हिसन समाल, कुस्मिता दर्लामी, प्रगति महरा, सङ्गीत स्रोता, नारायण शर्माजस्ता चिरपरिचित कलाकर्मीको उपस्थिति थियो ।

    रक्तिमको टोलीमा पुराना रक्तिमकर्मी सचित्र केसी, मीना बुढाथोकी, नवीना केसीलगायत करिब दुई दर्जन कलाकर्मीको टोली अभियान लिएर जमल पुगेको थियो । टोलीको नेतृत्व रक्तिमका अध्यक्ष गिरीप्रसाद बुढा र महासचिव हेमराज आश्रमले गर्नुभएको थियो ।

    एवम् प्रकारले प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. देवी क्षेत्री दुलाल, जनसांस्कृतिक महासङ्घका अध्यक्ष भीम कुमाखी, संस्कृतिकर्मी हीरामणि दुखीलगायत ठुलो सङ्ख्यामा कलाकर्मी तथा साहित्यकारको उपस्थिति रहेको थियो ।

    त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, महासचिव मनोज भट्ट, केन्द्रीय सल्लाहकार आनन्द शर्मालगायत मसालसम्बद्ध विभिन्न मोर्चा तथा जनवर्गीय सङ्गठनका नेताहरूको उपस्थिति रहेको थियो ।

    दिउसो २:३० तिर रक्तिमले औपचारिक कार्यक्रम सुरु गरेको थियो ।

    सहवीन अर्गेजा तथा समष्टि बुढाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा रक्तिमले ‘एक बनौँ क्रान्ति अझै बाँकी छ’ शीर्षकको गीतद्वारा सहभागीलाई स्वागत गरेको थियो ।

    त्यसलगत्तै हलमा ‘कम्युन संस्कृति’ शीर्षकको गीतमा नौ जनाको सामूहिक नृत्य प्रस्तुत गरिएको थियो । प्लेकार्डको एकातर्फ माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओत्सेतुङको तस्बिर र अर्कोतिर ‘कम्युन संस्कृति’ लेखिएको सो नृत्य आकर्षक रहेका दर्शकस्रोताको प्रतिक्रिया थियो ।

    तेस्रो प्रस्तुतिको रूपमा ‘आएन परदेशी’ शीर्षकको गीतमा पुराना रक्तिमकर्मी नवीना केसीको भावपूर्ण अभिनय रहेको थियो । केसी तिनै कलाकार हुन्, जसले ‘ठुली’ गीतिनाटकमा नायिकाको भूमिका निर्वाह गरेकी थिइन् ।

    चौथो प्रस्तुति ‘फेरि पनि हुकुमी शासन चल्दैछ’ शीर्षकको समूहनृत्य थियो । प्रहरीले परिवर्तनकामी शक्तिलाई गरेको दमनको प्रतिरोधी बिम्बसहित सो नृत्य प्रस्तुत गरिएको थियो ।

    पाँचौँ प्रस्तुतिको रूपमा थारूभाषी नृत्य ‘सखिये हो’ थियो, जसमा छ जना नृत्याङ्गनाले थारू संस्कार, संस्कृतिलाई दर्साएका थिए ।

    छैटौँ प्रस्तुति ‘सलल बग्यो गण्डकी’ शीर्षकको कौडा गीत थियो । मगरभाषाको लोकनृत्यको रूपमा प्रख्यात सो लयमा प्रगतिशील शब्दसँगै पाँच/पाँच जना पुरुष/महिलाले नृत्य प्रदर्शन गरेका थिए ।

    सातौँ प्रस्तुतिको रूपमा रक्तिमका सचिव सहवीन अर्गेजा र अर्की रक्तिमकर्मी रिता पुनले ‘हामी गाउँछौँ क्रान्तिका गीत’ शीर्षकको गीत प्रस्तुत गर्नुभएको थियो ।

    आठौँ प्रस्तुति ‘किन चाहियो सङ्घीयता’ थियो । दुई पुरुष र दुई महिला नृत्य समावेश गरिएको सो प्रस्तुतिमा नेपालमा सङ्घीयताको औचित्य नरहेको स्पष्ट पारिएको थियो ।

    नवौँ प्रस्तुतिका रूपमा रक्तिमका पूर्व केन्द्रीय सचिव सचित्र केसीको सङ्क्षिप्त मन्तव्यलाई सामेल गरिएको थियो ।

    दशौँ प्रस्तुतिको रूपमा ‘बढ्दै जाऊ’ शीर्षकको समूहनृत्य रहेको थियो । उक्त नृत्यमा चार पुरुष र दुई महिलाले नृत्यप्रस्तुति दिएका थिए ।

    एघारौँ प्रस्तुतिको रूपमा रक्तिमका संस्थापक सदस्य राजेश विश्वकर्मालाई लक्ष्मी गुरुङ स्मृति पुरस्कार प्रदान गरिएको थियो । दश हजार रुपियाँ र सम्मानपत्र मसालका महामन्त्री मोहनविक्रम सिंहले हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा कार्यक्रममा प्रायोजकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

    बाह्रौँ प्रस्तुति ‘युग बोल्छ’ नाटक थियो । मोहनविक्रम सिंहद्वारा लिखित सो नाटकमा हर्के, उजेली र एक जना खलपात्रले अभिनय गरेका थिए । नाटकले पञ्चायती कालरात्रीमा सामन्त, जालीको शोषणदमन देखाइएको थियो । नाटकको समापन ‘लेफ्ट राइट’ गीतसँगै गरिएको थियो ।

    तेह्रौँ प्रस्तुतिको रूपमा ‘चट्टानको झिल्को’ समूहनृत्य प्रस्तुत गरिएको थियो । सो प्रस्तुतिमा चार पुरुष र चार महिलाले नृत्य प्रस्तुत गरेका थिए ।

    चौधौँ प्रस्तुति रक्तिमका महासचिव हेमराज आश्रमको एकल प्रस्तुति रहेको थियो । उनले ‘छेकिन्न यात्रा कहिल्यै’ शीर्षकको गीत गाएका थिए ।
    पन्ध्रौँ प्रस्तुतिको रूपमा ‘ज्वालामुखी’ शीर्षकको गीतमा समूहनृत्यको रहेको थियो । उक्त प्रस्तुतिमा चार/चार जना महिलापुरुषले नृत्य गरेका थिए ।

    सोह्रौँ प्रस्तुतिको रूपमा रक्तिममा संस्थापक अध्यक्ष जीवन शर्माले हलको मागअनुसार ‘सिमली छायामा’ गीत गाउनुभएको थियो ।

    सत्रौँ प्रस्तुति ‘आँधीको बेग बनी’ शीर्षकको समूहनृत्य प्रस्तुत गरिएको थियो । सो प्रस्तुतिमा तीन/तीन जनाको समूहनृत्य प्रस्तुत गरिएको थियो ।

    अठारौँ अथवा अन्तिम प्रस्तुति ‘रुख भन्छ, पात भन्छ’ शीर्षकको सामूहिक गीत प्रस्तुत गरिएको थियो ।

    रक्तिमको उक्त टोली आजै चितवन प्रस्थान गरेको छ । चितवनका नारायणी कलामन्दिरमा जेठ १७ गते दिउसो २ बजे ‘रक्तिम विशेष साँझ–२०८३’ कार्यक्रम आयोजना गर्नेछ ।

       

    शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.