• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

लोकतन्त्र, गणतन्त्र र संविधानप्रतिको अरुचि


  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
  • कतिपय राजनीतिक दलका नेताहरूले अनौपचारिक अभिव्यक्ति दिँदै बहालवाला प्रधानमन्त्रीलाई ‘गणतन्त्रको सुन्दर फूल’ को संज्ञा दिएका थिए । त्यो त्यति बेलाको कुरा हो, जति बेला उनी काठमाडौँ महानगरपालिकाको मेयर थिए । देशमा व्याप्त बेथितीका माझ बालेन्द्र शाहको उदयलाई जनताले स्वागत गरेकै थिए, कतिपय राजनीतिक दलका नेताले समेत यस घटनालाई सहज रूपमा लिएका थिए । गत फागुन २१ गतेको निर्वाचन रूपमा उनको नेतृत्वमा रास्वपाले प्रतिनिधिसभामा करिब दुईतिहाइ बहुमत प्राप्त गरिसकेको छ । यद्यपि पछिल्ला गतिविधि हेर्दा बालेन्द्रले सरकारको कामकारबाहीलाई पार्टीसँग जोड्न चाहेका छैनन् । उनले पार्टीको निर्णय मान्ने गरेका छैनन् । उपसभामुख चयन प्रकरणमा उनको यस्तो राजनीतिक मनोवृत्ति प्रकट भइसकेको छ । यस्तो लाग्दछ, प्रधानमन्त्री बालेन्द्रले चुनावको श्रेय आफैलाई दिन चाहान्छन् । उनी पार्टीलाई जितको श्रेय प्रदान गर्ने गरी अगाडि बढ्न खोजेको देखिन्न ।

    Advertisement

    प्रधानमन्त्री बालेन्द्रको यस्तो राजनीतिक अरुचियुक्त मनोवृत्ति रास्वपाको हकमा मात्रै सत्य हो त ? पक्कै पनि होइन । वास्तवमा उनले २०६२–६३ सालको जनआन्दोलन, त्यसका उपलब्धि र २०७२ सालको संविधानमा लिपिबद्ध ती उपलब्धिप्रति नै अरुचि प्रकट गरिरहेका छन् । वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले शुभकामना वा मन्तव्य दिएनन् । आगामी जेठ १५ गते लोकतन्त्र दिवसको अवसरमा पनि उनले सम्बोधन गर्ने छैनन्, त्यसको सट्टा प्रधानमन्त्री कार्यालयकै अनुरोधमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसका साथै उनले सयदिने कार्यसूचीमा नै लोकतन्त्र स्थापनाका लागि बलिदानीपूर्ण भूमिका निर्वाह गरेका विद्यार्थी सङ्गठन र ट्रेड युनियनलाई नै खारेज गर्ने घोषणा गरेका थिए । त्यस्तै उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न आर्थिक नाकाबन्दीको तरिका अपनाएका थिए । यी सबै घटनाले वास्तवमा वर्तमान सरकार र त्यसका प्रधानमन्त्री बालेन्द्र लोकतन्त्र, गणतन्त्र र संविधानको सवालमा उत्तरदायी वा जबाफदेही छैनन् भन्ने देखाउँछ ।

    नेपालमा राजतन्त्रसहित विभिन्न खालका निरङ्कुशताका विरुद्ध करिब अढाइ सय वर्षसम्म नेपाली जनताले सङ्घर्ष गरेका थिए । जनताको लोकतन्त्र र गणतन्त्रप्रतिको यस्तो उत्कट आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलहरूले भूमिका खेलेका थिए । सार्वभौमसत्ता नेपाली जनतामा निहित राख्न संविधानसभाको चुनाव हुनुपर्ने मागका साथ दलहरूले करिब सात दशक लामो राजनीतिक लडाइँ लडेका थिए । अन्ततः २०६२–६३ सालको आन्दोलनबाट त्यो राजनीतिक कोर्स फरक ढङ्गले अगाडि बढ्यो । २०६४ साल र २०७० सालको दुइटा संविधानसभाले २०७२ सालमा संविधान बनायो । त्यसबापत् देशले अकल्पनीय पीडा बेहोर्‍यो । शक्तिशाली भूकम्पले थिलथिलो बनेको देशमाथि छिमेकी देश भारतले नाकाबन्दी लगायो । यी सबै कष्टपूर्ण दिन पार गरेर अहिले हामी लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई संस्थागत गर्न संविधान कार्यान्वयनको चरणमा छौँ ।

    अहिले बनेको बालेन्द्र नेतृत्वको रास्वपा सरकार अनौठो अन्तरविरोधबाट गुज्रिरहेको छ । प्रधानमन्त्री बालेन्द्रको मनोवृत्ति निर्दलीय छ तर सत्तारूढ पार्टी रास्वपा स्वभाविकै रूपले राजनीतिक हुने भयो । फलस्वरूप एकातर्फ प्रधानमन्त्रीले एकल व्यक्तिवादी प्रकारले शासन सञ्चालन गर्ने तर पार्टीले त्यसबारे विचार गर्न चाहने अवस्था अहिले छ । अब प्रतीक्षाको विषय यो छ, प्रधानमन्त्री बालेन्द्रको बहुदलीय व्यवस्थाप्रतिको यस्तो अरुचिलाई रास्वपाले कुन हदसम्म र कहिलेसम्म सहन गर्नेछ ? यदि रास्वपाले सरकारलाई लोकतन्त्र, गणतन्त्र र संविधानप्रति जिम्मेवार बनाउन सकेन भने पक्कै पनि त्यो देशका लागि धेरै नै दुखद विषय हुनेछ । यो विषय रास्वपाको लागि मात्रै नभएर लोकतन्त्र, गणतन्त्र पक्षधर राजनीतिक पार्टी, सिङ्गो देश र जनताका लागि दुःखको विषय हुनेछ । त्यसकारण सरकारको यस्तो राजनीतिक अरुचिबाट देश प्रतिगमनतर्फ नजाओस् भन्नका लागि यसका पक्षधर शक्तिहरू एकजुन हुनुपर्ने समय आइसकेको छ ।

    युगदर्शन साप्ताहिक, वर्ष १७, अंक ३६, २०८३ जेठ १३ गते बुधबार प्रकाशित सम्पादकीय

    बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.