वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणबाट बिहीबार राति तीन जनाको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement
जगदम्बाका सीईओ ५६ वर्षीय भारतीय नागरिकसहित वीरगन्ज–१६ का ३५ वर्षीय पुरुष र वडा नम्बर २ छप्कैयाका ६५ वर्षीय अर्का व्यक्तिको मृत्यु भएको हो ।
अस्पतालकाका अनुसार सीईओलाई लामो समयदेखि मुटुसम्बन्धी रोग थियो र केही अगाडि मुटुको ‘बाइपास अप्रेसन’ भएको थियो । संक्रमण पुष्टि भएपछि साउन ७ मा उनी कोरोना अस्पताल भर्ना भएका थिए । अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे निधन भएको अस्थायी कोरोना अस्पताल गण्डकले जनाएको छ ।
यो सँगै पर्सामा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।