• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सुसेलीको ‘मनदेखि मनसम्म’ सार्वजनिक


  •   सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
  • बेलबारी, मोरङ । मोरङका अग्रज संस्कृतिकर्मी तथा प्रगतिशील लेखक यज्ञराज सुवेदी ‘सुसेली’ को नवीनतम् कृति ‘मनदेखि मनसम्म’ कवितासङ्ग्रह सार्वजनिक भएको छ ।

    Advertisement

    २०८३ जेठ ३ गते मोमबत्ती बालेर प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष डा. देवी दुलाल क्षेत्रीले उद्घाटन गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले प्रलेसले नियमित कार्यक्रमदेखि थप वैचारिक प्रशिक्षणमार्फत युवा पुस्तालाई सङ्गठित गरिरहेको दाबी गर्नुभयो ।

    डा. दीपक न्यौपानेले लोकार्पित कृतिको समीक्षा गर्दै प्रगतिशील लेखनमा केही सरलता र तरलता हुने, केही आग्रह हुने र यी सबै यस कृतिमा पनि भएको बताउनुभयो ।

    बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले कृतिकार सुसेलीको व्यक्तित्वका बारेमा बताउनुभयो ।

    कृतिकार सुसेलीले आफ्नो कृतिमा केही कमीकमजोरी भए पनि छन्द कविता फाल्न नसकेको बताउँदै ‘पूर्वको ज्योति’, ‘छहरा, पहरा नेपाल’ र ‘बालमन’ शीर्षकको कविता वाचन गर्नुभयो ।

    बिन्दु दाहाल ‘मूकदर्शक’ ले प्रगतिशील लेखकहरू सङ्घमा आबद्ध भए पनि समाज र देशका लागि लेखिरहनुपर्नेमा जोड दिनुभयो ।

    भरत गुरागाईं ‘बर्बरिक’ ले ‘मनदेखि मनसम्म’, हेमसागर पोखरेलले ‘सहिद भए’, तिला लेकालीले ‘नेपाल पारौँ नयाँ’ र खगेन्द्र घिमिरेले ‘सहिदलाई’ शीर्षकका कृतिभित्रका कविता वाचन गर्नुभयो ।

    प्रलेस सुनसरीकी अध्यक्ष विमला पोखरेलले माओवादी युद्धताकाको गीत ‘यो शरीर ढल्यो साथी हो’ गीतको बोलमा आकर्षक नृत्य प्रस्तुत गर्नुभयो ।

    प्राज्ञ खेम नेपालीले अग्रगामी सोच, योजना र जनमुखी व्यवहार अपनाउनुपर्ने सुझाव दिनुभयो ।

    प्रा.डा. हरिहर भण्डारीले देशमा कम्युनिस्ट पार्टी कमजोर हुँदा प्रलेस सशक्त बन्नुपर्ने भन्ने सुझाव दिनुभयो ।

    कार्यक्रममा साहित्यकार ईरानराई, दीप मङ्ग्राती, धनजित पराजुली, भवानीप्रसाद पोखरेल, केशु विरही, नवराज पोखरेल नवशिला, भीम कोइराला, पूर्वाञ्चल मुक्तक प्रतिष्ठान कोशीका अध्यक्ष बाबुराम पोखरेल, पूर्व मोरङ जिल्ला अध्यक्ष मीनराज ढकाल (प्रथम अध्यक्ष २०३७–२०३९), एकराज भट्टराई (२०५२–२०५५ दुई कार्यकाल) र मोहन काफ्ले (२०५९–२०६१), सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई र चन्द्रमणि राईको उपस्थिति थियो ।

    ‘मनदेखि मनसम्म‘ कृतिमा ५३ ओटा कविता सङ्गृहीत छन् । कृतिकार सुवेदीका ‘रमेश खै’ (सङ्क्षिप्त जीवनी), ‘यिनैको सम्झनामा’ (लामो कविता), ‘गोपाल बाबा’ (शोककाव्य) र ‘जिन्दावाद’ (कथासङ्ग्रह) प्रकाशित भइसकेका छन् ।

    सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा–१२ मोरङको सभाकक्षमा सम्पन्न कार्यक्रम मोरङ सचिव नानुमाया दाहालले सञ्चालन र जिल्ला सदस्य दुर्गा खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.