• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द


  •   शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
  • वासिङ्टन, २ जेठ । अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा सुरु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकास्थित चार हजारभन्दा बढी सैनिकलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम समयमा स्थगित गरेको विभिन्न अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । यो निर्णय विशेषगरी दोस्रो बख्तरबन्द ब्रिगेड लडाकु टोलीसँग सम्बन्धित रहेको बताइएको छ ।

    Advertisement

    अमेरिकी स्थलसेनाका कार्यवाहक प्रमुख क्रिस्टोफर ला नेभले संसदीय सुनुवाइका क्रममा युरोपियन कमान्डलाई सैनिक सङ्ख्या घटाउने निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार विस्तृत परामर्शपछि उक्त ब्रिगेडलाई युरोपमा तैनाथ नगर्ने निर्णय गरिएको हो । उहाँले केही सैनिक सदस्यहरू विदेश पठाइसकिएको र आवश्यक सैन्य उपकरणसमेत मार्गमा रहेका बेला योजना रोकिएको खुलासा गर्नुभयो ।

    रिपोर्टअनुसार सैनिक तैनाथी रद्द गर्ने आदेश अमेरिकी रक्षामन्त्री पिट हेगसेथको कार्यालयबाट आएको हो । यद्यपि पेन्टागनले यस विषयमा हालसम्म कुनै औपचारिक सार्वजनिक घोषणा गरेको छैन । अमेरिकी सिनेटको सशस्त्र सेवा समितिकी सदस्य जिन शाहिनले संसदलाई यसबारे कुनै पूर्वजानकारी नदिइएको बताउँदै सरकारको निर्णय प्रक्रियामाथि प्रश्न उठाएकी छन् । उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूलाई यसबारे जानकारी नदिइएको स्पष्ट पार्नुभयो ।

    यो निर्णय अमेरिकाले युरोपमा आफ्नो सैन्य रणनीति पुनरावलोकन गरिरहेको संकेतका रूपमा हेरिएको छ । केही समयअघि मात्रै पेन्टागनले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक आगामी ६ देखि १२ महिनाभित्र फिर्ता बोलाइने घोषणा गरेको थियो । युक्रेन युद्धपछि पूर्वी युरोपमा सुरक्षा चिन्ता बढिरहेका बेला अमेरिकाले पोल्याण्डमा थप सैनिक नपठाउने निर्णय गर्नु रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

    पोल्याण्ड हाल उत्तर एटलान्टिक सैन्य गठबन्धनअन्तर्गत पूर्वी युरोपको महत्वपूर्ण सुरक्षा साझेदारका रूपमा हेरिन्छ, जहाँ अमेरिकी सैनिक उपस्थिति रूससँगको तनावका कारण विशेष महत्व राख्दै आएको छ । यस्तो अवस्थामा सैनिक तैनाथी रोक्ने निर्णयले अमेरिकाको आगामी सुरक्षा नीति र युरोपमा सैन्य भूमिकाबारे थप चासो बढाएको छ ।

    शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
    भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित
    बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

    • २.
      भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

    • ३.
      बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

    • ४.
      अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

    • ५.
      इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    • ६.
      ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    • ७.
      चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

    • ८.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.