• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

बाढीमा तीन जना बेपत्ता, तीनको सकुशल उद्धार


  •   बुधबार, साउन १४, २०७७ मा प्रकाशित
  • कैलाली । गएरातिदेखि भइरहेको अविरल वर्षासँगै कैलाली जिल्लाको काँडा नदीमा आएको बाढीमा बगेर स्थानीय तीन जना बेपत्ता भएका छन् । भजनी नगरपालिका–८ का ईश्वर शाह, चक्र विक र ११ वर्षीय स्केल चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिनुभयो ।

    Advertisement

    बाढीमा फसेका स्थानीय ४० वर्षीय बलबहादुर चौधरी, २८ वर्षीय बिक्की शाही र ३२ वर्षीय हेमन्त शाहीलाई प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । बेपत्ताको खोजी कार्य भइरहेको विष्टले बताउनुभयो । वर्षासँगै स्थानीय काँडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिकाका वडा नं २, ३, ५ र ८ का गरी ४५० घर डुबानमा पर्दा एक हजार ९७७ जना विस्थापित भएका छन् । डुबानका कारण घरभित्रको धनमाल भिजेर नष्ट भएको छ । विस्थापितलाई नजिकको सुरक्षित ठाउँमा राख्ने कार्य भइरहेको छ ।

    ‘मोटर बोड’सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बिहानैदेखि उद्धार गरिरहेको छ । कुलरिया खोला र पथरैया नदीको बाढीका कारण जानकी गाउँपालिकाको वडा नं १, २, ४, ५, ७ र ८ नराम्रोसँग प्रभावित भएकामा वडा नं ३ र ७ का झण्डै १०० परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो । कतिपय कच्ची घरसमेत भत्किएर क्षति पुगेको भए पनि यसको यकीन विवरण आउन बाँकी छ ।

    ‘डुबानका कारण धेरै परिवारको घरभित्रको अन्न भिजाएको र भाँडाकुँडा बगाएर क्षति पु¥याएको छ’, अध्यक्ष चौधरीले भन्नुभयो, ‘विस्थापितलाई नजिकको विद्यालय र सेल्टर हाउस (डुबानबाट जोगिन बनाइएको घर)मा राखिएको छ ।’

    यस्तै पथरैया र काँडा नदीमा आएको बाढीका कारण जोशीपुर गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र ७ का झण्डै दुई हजार ५०० घरपरिवार डुबानमा परेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले बताउनुभयो । घरमा पानी पसेपछि धेरै परिवारको धनमाल भिजेर क्षति पुगेको चौधरीले बताउनुभयो ।

    गाउँपालिकाको पुरानो भवनमा समेत पानी पसेपछि भवनमा राखिएको १९बोरा चामलसमेत नष्ट भएको जनाइएको छ । टीकापुर नगरपालिकाको ३, ७, ८ र ९ वडासमेत डुबानका कारण प्रभावित भएका छन् । सो क्षेत्रमा प्रभावित भएका परिवारलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरिरहेको छ ।

    यसैबीच कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव आज मध्याह्नमा खतरा नजिक पुगेकामा अपराह्नपछि केही घटेको छ । इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली)का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव १० दशमलव १० मिटर पुगेकामा अपराह्न घटेर १० दशमलव तीन मिटरमा आइपुगेको बताउनुभयो । यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ ।

    कर्णाली नदीमा पानीको बहाव खतरा नजिक पुगेपछि बर्दिया र कैलाली जिल्लाको तल्लो तटीय क्षेत्रको समुदायलाई सतर्क रहन बिहान सूचना दिइएको थियो । कर्णाली नदीबाट कैलालीतर्फ आउने विभिन्न खोलामा पनि बहाव बढेको छ । उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णालीमा उर्लिएर आउने बाढीका कारण पश्चिमवाट पूर्वतर्फ सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीको पानीको बहाव रोकिन गई जिल्लाको दक्षिणी सीमावर्ती गाउँ डुबान र कटानको जोखिममा पर्ने गरेका छन् ।

    वर्षासँगै उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा समेत पानीको बहाव बढेको छ ।

    अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिका कतिपय बस्ती र सडक जलमग्न हुँदा आवागमनमा असहज बनेको छ । वर्षाका कारण कैलाली जिल्लाको दक्षिणी क्षेत्रका अधिकांश भूभाग जलमग्न भएका छन् । (रासस)

    बुधबार, साउन १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.