• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

साहित्यकारद्वय रेखा र सरण सम्मानित


  •   आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित
  • बेलबारी (मोरङ) । बेलबारी मोरङकी साहित्यकार रेखा सुवेदी नगद रु. ५० हजार पाँचसहित स्वर्णिम साहित्य पुरस्कार–२०८३ बाट पुरस्कृत भएकी छिन् । त्यसैगरी धरान निवासी अग्रज साहित्यकार सरणकुमार राई रु. १० हजार पाँचसहित स्वर्णिम साहित्य सम्मानबाट सम्मानित भएका छन् ।

    Advertisement

    २०८३ वैशाख २६ गते सो कार्यक्रम साहित्य भूमि, बराहक्षेत्र–३ नडाहाको टेकाने रोस्ट सेन्टर एन्ड सेकुवा कर्नरको सभाकक्षमा स्वर्णिम साहित्य समाजको आयोजनामा सम्पन्न भएको थियो ।

    दुवै साहित्यकारलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्रवण मुकारुङ, कार्यक्रम अध्यक्ष प्रकाश दिप्साली राई र आयोजक अध्यक्ष सरणकुमार लिम्बूले अबिर, खादा, दुबोको माला, सम्मानपत्र र नगद प्रदान गरेका थिए ।

    प्रमुख अतिथि मुकारुङले सिर्जनाले मानिसहरूको आत्मा छुनुपर्ने बताए । ‘पहिला पहिला मैले पनि क्रान्तिका लागि लेखेँ हुँला, रहर मेटाउन लेखेँ हुँला तर अहिले समाजमा मानिसलाई सकारात्मक बनाउन लेख्दै गरेको छु’ उनले भने ।

    सम्मानित राईले म मरेपछि मलाई करौडौँ रुपियाँसहित सम्मान गर्नुभएको हुन्थ्यो भने पनि त्यो सम्मान मलाई काम लाग्ने थिएन तर आफू जिउँदै हुँदा सम्मान गर्नुभएकोमा धन्यवाद भनेर खुसी प्रकट गरे ।

    पुरस्कृत सुवेदीले आफ्नी आमालाई सम्झिँदै उनलाई यो तहसम्म आउँदा सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै उनको कविताकृति ‘नयाँ अनुहारको हराएको यलम्बर खोजिरहेकी छु’ शीर्षकको कविता वाचन गरेकी थिइन् ।

    कार्यक्रममा लोकगायक तेजिन्द्र गन्धर्वले ‘राईमाहिलाले गाउँ छोड्यो रे’ लगायतका तीनओटा गीत सारङ्गीको रेटाइसँगै गाएका थिए ।

    साहित्यकारहरू प्रल्हाद पहरेदार, ईरानराई, हेनसेम याखा, जेबी थुलुङ, भीम विरही राई, राजेन्द्र कार्की, विश्वजित चाम्लिङ राई, हेमन यात्री, रमेश निरौला, तिला लेकाली, दीप मङ्ग्राती, धनजित पराजुली, आशाराम चौधरी, रोहित काफ्ले, बादल चाम्लिङ, उमा सिजापती, निरू गौतम, यज्ञराज सुवेदी सुसेली, दीपा मङ्ग्राती, उर्मिला शर्मा रिजाल, राजन बान्तावा, नदी राई अतिथिको उपस्थिति रहेको थियो ।

    स्वर्णिम साहित्य सम्मान तथा पुरस्कार कोषका अध्यक्ष प्रकाश दिप्साली राईको अध्यक्षता र सचिव सविता फागो चोङबाङको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.