• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

फेरि चर्कियो इरान–अमेरिका तनाव


  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
  • वासिङ्टन, २५ वैशाख । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच फेरि गोलाबारी भएपछि केही साताअघि कायम गरिएको युद्धविराममाथि गम्भीर प्रश्न उठेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अझै कायम रहेको दाबी गर्नुभएको भए पनि दुवै पक्षले एकअर्कामाथि आक्रमण सुरु गरेको आरोप लगाएका छन् । यसले मध्यपूर्वमा फेरि ठूलो द्वन्द्व भड्किने चिन्ता बढाएको छ ।

    Advertisement

    अमेरिकी सेनाका अनुसार इरानी सैन्य बलले हर्मुज जलघाँटी क्षेत्रमा गस्तीमा रहेका तीन अमेरिकी विध्वंसक युद्धपोतलाई लक्षित गर्दै मिसाइल, ड्रोन तथा साना डुङ्गामार्फत आक्रमण गरेको थियो । अमेरिकी सेनाले सबै आक्रमण विफल पारिएको दाबी गर्दै त्यसको जवाफमा इरानका सैन्य संरचना र सुविधामाथि कारबाही गरिएको जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको विवरणमा अमेरिकी जहाजमा कुनै क्षति नभएको उल्लेख गरिएको छ ।

    सेन्टकमले आफूहरू तनाव बढाउने पक्षमा नरहेको तर अमेरिकी सैनिक र सामरिक सम्पत्तिको सुरक्षाका लागि आवश्यक कदम चाल्न बाध्य भएको जनाएको छ । यद्यपि तेहरानले भने अमेरिका स्वयंले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ । इरानको केन्द्रीय सैन्य कमान्डले अमेरिकी पक्षले तेल ट्याङ्कर तथा अन्य जहाजमाथि आक्रमण गरेपछि प्रतिशोधस्वरूप अमेरिकी युद्धपोतलाई निशाना बनाइएको जनाएको छ ।

    अप्रिल ८ देखि लागू भएको युद्धविरामले केही समयका लागि अमेरिका–इजरायल र इरानबीचको प्रत्यक्ष तनावलाई रोक्ने आशा जगाएको थियो । तर पछिल्लो भिडन्तले त्यो सहमति अत्यन्त कमजोर अवस्थामा पुगेको सङ्केत दिएको विश्लेषण गरिएको छ । युद्धविरामअघि अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा आणविक पूर्वाधारमाथि संयुक्त आक्रमण गरेका थिए । त्यसपछि इरानले रणनीतिक महत्त्व बोकेको हर्मुज जलघाँटी क्षेत्रमा आफ्नो नियन्त्रण कडा बनाएको थियो ।

    संयुक्त अरब इमिरेट्स (युएई) ले शुक्रबार आफ्नो हवाई सुरक्षा प्रणालीले इरानबाट आएको मिसाइल र ड्रोन आक्रमणलाई रोक्ने प्रयास गरिरहेको जनाएको छ । यस घटनाले खाडी क्षेत्रका अन्य मुलुकहरू पनि प्रत्यक्ष रूपमा द्वन्द्वको प्रभावमा पर्न थालेको देखिएको छ ।

    वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले युद्धविराम अझै जीवित रहेको दाबी गर्नुभयो । उहाँले इरानले अमेरिकासँग ‘झुट बोलेको’ आरोप लगाउँदै अमेरिकी सेनाले त्यसको जवाफ दिएको बताउनुभयो । ट्रम्पले यो घटनालाई ‘तुच्छ उक्साहट’ को संज्ञा दिनुभएको थियो । तर त्यसलगत्तै उहाँले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत इरानले सम्झौतामा हस्ताक्षर नगरे अझ कडा सैन्य कारबाही गरिने चेतावनी दिनुभयो । उहाँले भविष्यमा ‘अझ तीव्र र हिंसक प्रतिक्रिया’ दिन सकिने उल्लेख गर्नुभएको थियो ।

    यसबीच इरानले अझै अन्तिम निर्णय नगरेको सङ्केत दिएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानले आफ्नो धारणा अन्तिम रूप दिएपछि मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानलाई आधिकारिक जानकारी गराइने बताउनुभयो । पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न केही सातायता सक्रिय पहल गर्दै आएको छ ।

    पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार युद्धविराम दीर्घकालीन शान्ति प्रक्रियामा रूपान्तरण हुन सक्ने विश्वास व्यक्त गर्नुभएको थियो । तर त्यसको केही घण्टामै समुद्री क्षेत्रमा फेरि भिडन्त सुरु भएपछि कूटनीतिक प्रयास कमजोर बनेको देखिएको छ ।

    इरानभित्र पनि सर्वसाधारणमा गहिरो निराशा देखिएको छ । तेहरानका ४२ वर्षीय फोटोग्राफर सेरभिनले एएफपीसँग कुरा गर्दै कुनै पनि पक्ष वास्तविक सम्झौतामा पुग्ने मनस्थितिमा नरहेको टिप्पणी गर्नुभयो । उहाँले अमेरिकी सैन्य गतिविधि निरन्तर बढिरहेको अवस्थामा वार्ताको वातावरण विश्वासयोग्य नरहेको धारणा व्यक्त गर्नुभयो ।

    इरान–अमेरिका तनावको असर लेबनानसम्म फैलिएको छ । दक्षिणी बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाहका एक कमान्डर मारिएपछि त्यहाँको युद्धविराम पनि फेरि सङ्कटमा परेको छ । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले इजरायल र लेबनानबीच नयाँ चरणको वार्ता मे १४ र १५ मा हुने पुष्टि गरेका छन् । पछिल्ला महिनाहरूमा ती दुई देशबीच हुने यो तेस्रो औपचारिक वार्ता हो ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल–लेबनान शान्ति सम्झौता सम्भव रहेको बताउँदै हिजबुल्लाह नै सबैभन्दा ठूलो अवरोध बनेको टिप्पणी गर्नुभएको थियो । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएपछि हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि लेबनान प्रत्यक्ष रूपमा युद्धमा तानिएको थियो ।

    युद्धविराम विस्तार गरिए पनि इजरायलले दक्षिणी लेबनानका केही क्षेत्रमा सैन्य उपस्थिति कायम राख्दै आएको छ । इजरायली सेनाले आफ्ना सैनिकमाथि आक्रमण गरेको आरोप लगाउँदै हिजबुल्लाहका संरचनामाथि आक्रमण जारी राखेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

    फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि हर्मुज जलघाँटी क्षेत्र विश्वव्यापी व्यापार र ऊर्जा आपूर्तिका लागि सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा परिणत भएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव आर्सेनियो डोमिंगेजका अनुसार द्वन्द्वका कारण करिब एक हजार ५०० जहाज र २० हजारभन्दा बढी अन्तर्राष्ट्रिय चालक दल खाडी क्षेत्रमा अलपत्र परेका छन् ।

    व्यापारिक जहाजहरूको आवागमन सहज बनाउन अमेरिकाले केही समयअघि जलघाँटी खुला राख्ने उद्देश्यसहित सीमित नौसैनिक अभियान सुरु गरेको थियो । ट्रम्प प्रशासनले इरानसँगको सम्भावित सम्झौतालाई आधार बनाएर समुद्री मार्ग सुरक्षित बनाउने प्रयास गरिरहेको जनाएको छ ।

    यसैबीच ट्रम्पले इरानविरुद्धको अभियानमा युरोपले पर्याप्त समर्थन नगरेको भन्दै आलोचना गर्नुभएको छ । तर उहाँले युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनसँग भएको पछिल्लो कुराकानी ‘उत्कृष्ट’ रहेको उल्लेख गर्दै इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिने विषयमा दुवै पक्ष एकमत रहेको बताउनुभएको छ ।

    शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
    भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित
    बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

    • २.
      भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

    • ३.
      बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

    • ४.
      अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

    • ५.
      इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    • ६.
      ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    • ७.
      चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

    • ८.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.