• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राजधानीमै सुध्रिएनन् स्थानीय तहका केन्द्रका सडक


  •   बुधबार, साउन १४, २०७७ मा प्रकाशित
  • काठमाडौं । जनताको मतबाट स्थानीयस्तरमै सरकार बनेपछि सबैलाई लागेको थियो अब सानातिना समस्या समाधान हुने भए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष बित्दासमेत फरक केही अनुभव हुन नसकेको गुनासो छ । राजधानी शहरकै काठ क्षेत्रका स्थानीय तहमा त उदाहरणी रुपमा विकास निर्माणका काम हुने विश्वास भए पनि त्यो पूरा नभएको गुनासो बढ्न थालेको छ ।

    Advertisement

    कागेश्वरी मनोहरा नगरपालिका–५ को थलीमा नगर कार्यपालिकाको कार्यालय छ । थली कागेश्वरी मनोहराको सिंहदरबार हो । यहाँका मूल सडक, भित्री सडक सबै रोपाइँ गर्न तयार पारिएका खेतका गराजस्ता देखिन्छन् । सडक बनाउन नगरपालिकाका र वडा कार्यालयमा जतिपटक अनुरोध गरे पनि काम हुन नसकेको स्थानीयवासी पूर्ण श्रेष्ठको गुनासो छ । ‘वर्षा लागेपछि घरअघि पानीको दह जम्छ, हिउँद शुरु भएपछि धुलोले घरअघि केही देखिँदैन, स्थानीय सरकार बन्नुअघि पनि हाम्रो दैनिकी वर्षामा हिलो र हिउँदमा धुलो खाएर बित्थ्यो, अहिले पनि त्यसरी नै बितेको छ, जतिसुकै तहका सरकार बने पनि हाम्रो दैनिकीमा कुनै सुधार हुन सकेको छैन’, उहाँले भन्नुभयो ।

    नगर कार्यपालिकाको कार्यालयअघि थलीचौरस्थित मिलनचोकबाट मूलपानी जाने भित्री सडकमा गत आवमा बजेट पनि विनियोजन भएको थियो । सडक दायाँबायाँ पर्खाल बनाए पनि सडक बीच भागमा केही गरिएको छैन । पर्खाल बनाए पनि वर्षे व्यवस्थित हुन नसकेको स्थानीयवासीको गुनासो छ । नगरपालिकाको योजनामा काम हुँदा सडकमा सूचना पाटीसमेत नराखिएका के काम कति दूरीमा गरिएको हो भन्ने थाहा नभएको स्थानीयवासी सोमबहादुर तामाङले बताउनुभयो ।

    जेठको अन्तिम हप्ता यो सडकमा पहिलो लेभलको ग्राभेल हालिएको थियो । त्यसपछि वर्षा हुन थालेकाले काम अघि बढ्न सकेको छैन । थली क्षेत्रका अन्य भित्री सडकको अवस्था पनि दयनीय छ । थलीचोकबाट सिम्खडागाउँ हुँदै वाग्मती नदीतिर निस्कने सडकमा पनि हिलो र पोखरीले हिँड्न नसकिने अवस्था रहेको स्थानीयवासीको गुनासो छ ।

    यस्तो सडकमा सवारी गुडाउन समस्या छ । सवारी गुड्दा हिलोले दायाँबायाँ हिँड्नेलाई निथ्रुक्कै भिजाउँछ । दायाँबायाँका घरमा पनि हिलो छ्यापिने गरी सवारी गुड्ने गरेको छ । केन्द्र रहेको नगरपालिका वडा नं ५ का अध्यक्ष राजाराम पुडासैनी स्थानीय सरकारका तर्फबाट सकेसम्म भित्री सडकमा ग्राभेल हाल्ने, पोखरी पुर्ने काम भइरहेको बताउनुहुन्छ । ‘गुनासो गर्नेले स्थानीय सरकारको स्रोत, साधन एवं अधिकारले कति गर्न सकिन्छ भन्ने पनि बुझ्नुप¥यो, सकेसम्म भित्रका सबै सडकलाई हिँड्डुल गर्न सकिने बनाउने प्रयासमा छौँ’, उहाँले भन्नुभयो ।

    जोरपाटी–थली–साँखु मूल सडकसमेत अझै निर्माण सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का गरेको छ वर्षसम्म पनि सडक अलपत्र छ । ठाउँठाउँमा ठूला पोखरी जम्दा सवारी चलाउन असहज भएको चालक श्याम तामाङको गुनासो छ । डाँछीको ब्रह्मखेलको मूल सडकमा बनेको पोखरीले सवारी चलाउन डराउनुपर्ने परिस्थिति आएको उहाँले बताउनुभयो ।(रासस)

    बुधबार, साउन १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.