• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

उद्योग व्यापार सङ्घको प्रथम अधिवेशन चैतमा


  •   बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घको प्रथम राष्ट्रिय अधिवेशन आगामी चैतमा हुने भएको छ ।

    Advertisement

    प्युठानको स्वर्गद्वारीमा २०८३ वैशाख २० गते बसेको बैठकले सो निर्णय गरेको हो ।

    राष्ट्रिय अधिवेशनपूर्व देशव्यापी सङ्गठन विस्तार गरिने तथा केन्द्रीय र क्षेत्रीय स्तरमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने वैशाख २३ गते अध्यक्ष ढाकाराम पौडेलद्वारा सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा जनाइएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “अखिल नेपाल राष्ट्रिय व्यापार सङ्घको बैठक प्युठान जिल्लाको स्वर्गद्वारीमा २०८३ वैशाख २० गते बस्यो । बैठकले अहिलेको राजनीतिक स्थितिको मूल्याङ्कन गर्दै यसले उद्योगी–व्यवसायीमाथि पारेको असरबारे गम्भीर छलफल गर्दै विभिन्न निर्णयसमेत गरेको छ ।

    यसभन्दा पहिलेको सरकारले संविधानमा समाजवादोन्मुख अर्थप्रणालीको व्यवस्था भएता पनि छद्म रूपमा नवउदारवादी अर्थप्रणाली लागु गर्दै आइरहेको थियो । राष्ट्रिय उत्पादन र बजार प्रणालीमा गम्भीर प्रभाव परेको थियो । राष्ट्रिय उद्योगी–व्यवसायी गम्भीर सङ्कटमा परिरहेका थिए । देशको अर्थतन्त्र सङ्कटमा पर्दै गएपछि रोजगारको चरम अभाव सिर्जना भई श्रमिकहरू विदेशतिर पलायन हुँदै गइरहेका छन् ।

    कृषिको औद्योगिक विकास हुनुको सट्टा रेमिट्यान्सको नाममा अर्थप्रणाली चल्दै आइरहेको थियो । यसका विरुद्ध जनता आक्रोशित थिए । जेनजीको नाममा भइरहेको राजनैतिक परिवर्तनले त्यसबाट स्थापित बालेन सरकारको नवउदारवादी अर्थप्रणालीको प्रत्यक्ष प्रवेशले राष्ट्रिय उद्यमीहरू धरासायी पर्ने कुरामा कुनै शङ्का छैन । त्यसैले समाजवादोन्मुख अर्थप्रणाली नेपालको अहिलेको राष्ट्रिय अर्थप्रणाली हो भन्ने निष्कर्ष निकालेको छ र यसका लागि सबै उद्योगी–व्यवसायीलाई एकताबद्ध भई आवाज उठाउन अपिल गर्दछ ।

    बैठकले आगामी २०८३ चैतमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । यसका लागि देशमा सङ्गठन विस्तार गर्ने कार्यक्रम तय गरेको छ । राष्ट्रिय र क्षेत्रीयस्तरमा वर्तमान आर्थिक सङ्कटलाई लिएर अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । यस कार्यक्रमको लागि स्थान र मिति सचिवालयले निर्णय गर्नेछ ।

    अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ प्युठान जिल्लाको तर्फबाट कमलप्रसाद पौडेलले सबै सहभागीलाई खादा ओढाएर स्वागत गर्नुभएको थियो । केन्द्रीय विस्तारित बैठकको उद्घाटन सङ्घका संस्थापक अध्यक्ष तथा सल्लाहकार भैरवराज रेग्मीले गर्नुभएको थियो । बैठकको अध्यक्षता केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलले गर्नुभएको थियो । स्वागत केन्द्र्रीय कोषाध्यक्ष बी.बी. अधिकारीले गर्नुभएको थियो ।

    बैठकमा निवर्तमान अध्यक्ष तथा एन.एम.आई.सी. का अध्यक्ष ढुण्डिराज पौडेलले शुभकामना दिनुभएको थियो । बैठकको सञ्चालन महासचिव कृष्णभक्त गिरीले गर्नुभएको थियो । सुरुमा राष्ट्रिय गान र सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै स्वागत गीत पनि गाइएको थियो ।”

    बुधबार, बैशाख २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.