काठमाडौं । कालिकोटमा पहिरोले घर बगाउँदा एकै परिवारका चारजना बेपत्ता भएका छन् ।
Advertisement
मंगलबार राति खसेको पहिरोले घर पुरिँदा कालीकोटको नरहरिनाथ नगरपालिका–७ माल्कोट बागामा ४ जनाको मृत्यु भएको हो । सोही परिवारका दुई सदस्यसहित चार जना बेपत्ता भएका छन् ।
राति सुतिरहेका बेला पहिरोमा पुरिएका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढाको शव निकालिएको छ भने ७ वर्षीय बालक रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढा बेपत्ता छन् ।
त्यस्तै, नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ माझगोठीमा पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् । पहिरोमा ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढा बेपत्ता भएका प्रहरीले जनाएको छ ।