काठमाडौँ । आफ्ना माग पुरा नभए देशभरि निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ । सो चेतावनी नेपाल निर्माण व्यवसायी महासंघले दिएको हो ।
Advertisement
महासंघले मंगलबार बैशाख २२ गते पत्रकार सम्मेलन गरेर सरकारी नीतिगत निर्णयमा ढिलाइ र मूल्यवृद्धिको समस्याले निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै एक हप्ताभित्र माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।
महासंघका महासचिव शिवहरि घिमिरेले मागहरू शीघ्र सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिए । निर्माण कार्य ठप्प हुँदा उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सरकारकै हुने चेतावनी पनि महासंघले दिएको छ।