पोखरा । अखिल नेपाल टे्रड युनियन महासंघ (अन्टुक) कास्कीको आयोजनामा १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ ।
Advertisement
नितेस पोख्रेलको अध्यक्षता तथा गणेश अधिकारीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा अन्टुकका नम बहादुर वाँठा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर वरालले विशेष अतिथिको आसनबाट मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल, नेकपा(मसाल)कास्कीको प्रवक्ता चन्द्र बहादुर केसी, किसान संघ कास्कीको अध्यक्ष गंगा बहादुर थापा, उद्दोग व्यापार संघ कास्कीका कोषाध्यक्ष रिता घर्तिमिरे विक, जनजाति सम्मेलनका तिल वजादुर गुरुङले आतिथ्यता एवं मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राजमो सदस्य बद्री पौडेल र महिला संघ कास्कीका सदस्य सावित्रा केसीको पनि उपस्थिति रहेको थियो ।