• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जेठ १ गतेदेखि राजमो दाङ ‘सासवि’ अभियानमा


  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा दाङले आगामी जेठ १ गतेदेखि साधारण सदस्यता वितरण ‘सासवि’ अभियान सञ्चालन गर्ने भएको छ ।

    Advertisement

    जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा २०८३ वैशाख १७ गते जारी प्रेसविज्ञप्तिका अनुसार वैशाख १६ गते देउखुरीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

    विज्ञप्तिमा फागुन २१ गतेको निर्वाचनमा मत दिने मतदातालाई धन्यवाद ज्ञापन गरिएको छ ।

    त्यस्तै आगामी जेठ २९ गते केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको उपस्थितिमा घोराहीमा संविधान संशोधनको विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिइएको छ ।

    अतिक्रमित भूमि हटाउने नाममा सरकारले देशव्यापी आतङ्क सिर्जना गरिरहेकोमा विज्ञप्तिमा वास्तविक सुकुम्बासी पहिचान गरेर उनीहरूको व्यवस्थापन गरेर मात्रै अतिक्रमित भूमि हटाउन माग गरिएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ–देउखुरीको बैठक २०८३ वैशाख १६ गते अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा घोराहीमा बस्यो । बैठकले गरेका निर्णय सार्वजनिक गर्नको लागि यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।

    १. गत फागुन २१ को निर्वाचन जिल्ला समितिको तर्फबाट संस्थागत रूपमा समिक्षा गरियो । समीक्षामा विगतका सरकार र सरकारको नेतृत्व गरेका पार्टीको जनघात, भ्रष्टाचार, राष्ट्रघात र कुसासनको कारण कमजोर चेतना स्तर भएका मतदातालाई विचारविहीन पपुलिस्टले प्रभावित गर्दा देशभक्त तथा जनतान्त्रिक शक्ति कमजोर भएको तर पार्टीको सङ्गठित मत सुरक्षित भएको समीक्षा भयो । उक्त निर्वाचनमा निष्ठापूर्वक राष्ट्रिय जनमोर्चालाई मतदान गर्ने सम्पूर्ण देशभक्त मतदातालाई धन्यवाद दिने बैठकले निर्णय गरेको छ ।

    २) आगामी जेठ १ देखि मसान्तसम्म जिल्लाव्यापी राष्ट्रिय जनमोर्चाको साधारण सदस्यता वितरण (सासबि) अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यो अभियानमा जिल्लाभर सदस्यता वितरण अभियान सञ्चालन गरिनेछ ।

    ३) अहिले सरकार संविधान संसोधनको लागि कार्यदल नै बनाएर अगाडि बढेको छ । राष्ट्रिय जनमोचाले आफ्नोतर्फबाट संविधान संशोधन गर्नुपर्ने विषय अगाडि सारेको छ । त्यही विषयमा देशभर अन्तक्रिया कार्यक्रम हुने सिलसिलामा यही वैशाख २९ गते पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको उपस्थितिमा घोराहीमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ ।

    ४) पार्टीको जिल्ला सदस्य हरि थापा विगत लामो समयदेखि पार्टीमा सक्रिय नभएको र उहाँले न्युनतम नैतिकतासमेत भुलेर बार्बरा फाउन्डेसनको सदस्य कुलमान घिसिङको नेतृत्वमा बनेको उज्यालो पार्टीमा जिम्मेवारी लिएर पछि पार्टी छोड्नु नैतिकताहीन कुरासमेत ठानी उहाँलाई कारबाही गरी जिल्ला समितिबाट हटाइएको छ ।

    ५) बैठकमा अहिले देशव्यापी रूपमा जग्गाधनी पुर्जाबेगर बसेका बसोबासीलाई धपाउने आतङ्क सिर्जना भएको छ । त्यो विषयमा गम्भीर ध्यानाकर्षण भयो । यसरी कुनै कानुनी व्यवस्थाबेगर धपाउने कुरा मानवअधिकारका हिसाबले पनि सही मानिँदैन । पूर्वकानुनी तयारी र मापदण्ड बेगर आवासविहीन बनाउने र आतङ्कित गर्ने कुराको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । जमिनको समस्या त्यति मात्र हैन, गुठी किसान र मोही किसानको छुट्टै समस्या छ । लामो समयदेखि ऐलानी जग्गा वा अन्य विभिन्न सङ्घसंस्था तथा सरकारी जग्गामा आवास बनाएर बस्नेको समस्या छुट्टै छ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थितको आवेदन भरी स्थानीय सरकार वा नगर विकासको निस्सा लिएर आफ्नो सम्पूर्ण कमाई त्यही लगानी गरेर आवास र व्यवावसायिक प्रतिष्ठान पनि सञ्चालन भएका छन् । त्यही प्रकृतिको जमिनमा बसेका कोही सम्पन्न छन् भने कोही झुप्रो मात्र बनाएर बसेका विपन्न पनि छन् । यी सबैलाई अलगअलग मापदण्ड बनाई कानुनी रूप दिनुपर्ने अवस्था छ । विगतमा संवैधानिक मान्यताप्राप्त भूमि आयोगले गरेका काम पनि छ्न । त्यसलाई नजरअन्दाज गरेर जानु सही हुँदैन । यदि कसैले अतिक्रमण नै गरेर बसेको भए पनि उसको आवासको ग्यारेन्टी नहुँदै हटाउने कुरा संवैधानिक हिसाबले पनि गलत हुन्छ । त्यसैले हटाउनुपूर्व व्यवस्थापन गर्ने कुरा नै सबैभन्दा न्यायोचित हुनेछ । त्यसैले नागरिकलाई आतङ्कित गर्ने गरी डोजर चलाउने कुरा निन्दनीय छ ।”

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.