• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल


  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • गलकोट (बागलुङ) । जिल्लाको तमानखोला गाउँपालिका–५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ ।

    Advertisement

    दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई सहज र नजिकबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त अस्पतालबाट स्थानीयस्तरमै आधारभूत उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको हो ।

    हालसम्म सामान्य स्वास्थ्य उपचारका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता भोग्दै आएका स्थानीयवासीका लागि यो अस्पताल ठूलो उपलब्धि मानिएको छ । विशेषगरी आकस्मिक अवस्था, गर्भवती महिलाको सेवा, बालबालिका तथा ज्येष्ठ नागरिकको उपचारमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको तमानखोला गाउँपालिका उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताउनुभयो ।

    खुङ्खानीमा समाज काठमाडौँ र स्वास्थ्यचौकी व्यवस्थापन समितिको पहलमा स्थानीयबाट रु २८ लाख बढी रकम सङ्कलन गरी रु १८ लाखमा जग्गा खरिद गरेर अस्पताल निमार्ण सुरु गरिएको थियो । विसं २०७८ मा पुनर्निर्माण प्राधिकरणअन्तर्गत निर्माण सुरु गरिएकामा पुनर्निमार्णको म्याद सकिएसँगै सघन सहरी विकास कार्यालय बागलुङले कामको जिम्मा लिएको थियो ।

    करिब सात रोपनी क्षेत्रफलमा निर्माण गरिएको उक्त अस्पतालले खुङ्खानी स्वास्थ्यचौकीबाट प्रदान गरिँदै आइएको सम्पूर्ण सेवा उपलब्ध गराउने तमानखोला गाउँपालिका–५ का अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हीराबहादुर विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार आधुनिक संरचनाअनुसार निर्माण गरिएको अस्पतालमा आवश्यक पूर्वाधार तयार भइसकेका छन् भने स्वास्थ्य सामग्री व्यवस्थापन र जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

    “अहिलेलाई नयाँ भौतिक संरचनामा रहेर अत्याधुनिक र सुविधासम्पन्न सेवा थप होला भन्नेमा आशावादी छौँ”, स्थानीय तेजमान र्सिपालीले भन्नुभयो, “अस्पताल निर्माण हुनु भनेको यहाँका स्थानीयका लागि ऐतिहासिक उपलब्धि हो । यसले सहज र गुणस्तरीय सेवा प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।” अब गाउँमै गुणस्तरीय र नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् । उहाँले प्राथमिक उपचारको लागि मात्र नभएर अन्य थप सेवा पनि लिनको लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

    तमानखोला गाउँपालिका-५ का वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विश्वकर्माले अस्पताल सञ्चालनमा आएपछि प्राथमिक स्वास्थ्य सेवासँगै सामान्य परीक्षण, औषधि वितरण, सुत्केरी सेवा तथा आधारभूत प्रयोगशाला सेवा उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।

    यसले स्थानीयवासीको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । आधारभूत अस्पतालमो मापदण्डा पूरा भए पनि प्रदेश सरकारबाट मान्यता नपाउँदासम्म भने स्वास्थ्यचौकीकै सेवा प्रदान भइरहने छ । अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको उपाध्यक्ष हीराकुमारी छन्त्यालको भनाइ छ ।

    अस्पताल प्रभावकारी रूपमा सञ्चालन हुनसकेमा यस क्षेत्रका हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । साथै स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि हुने विश्वास स्थानीयको छ ।

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.