• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

‘मिथ्या प्रचार गरिँदा परिवार योजनामा प्रभाव पर्न सक्छ’


  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ, १७ वैशाख । नेपालमा जनसङ्ख्यामा वृद्धिदर र प्रजनन दरमा कमी भएकाले अब चाँडै जनसङ्ख्या ऋणात्मक हुन्छ भनी गरिएको प्रचार मिथ्या भएको जानकारी गराइएको छ ।

    Advertisement

    महिला, कानुन र विकास मञ्च तथा एम्प्लिफाइ चेञ्जले बुधबार यहाँ आयोजना गरेको ‘परिवार योजना’ विषयक छलफलमा गर्भ निरोधक साधनहरूको प्रयोगमा वृद्धि भएर नभई बसाइँसराइका कारणले धेरै दम्पती छुटिएर बस्न बाध्य भएकाले यस्तो अवस्था आएको जानकारी दिइएको हो । यस्तै, हाल ३४ प्रतिशत विवाहित पुरुष देशबाहिर रहेकाले पनि यस्तो अवस्था देखिएको जानकारहरूले बताएका छन् ।

    ढिलो  विवाह, पढाइ र आर्थिक उपार्जनका लागि बच्चा पाउन ढिलो वा एउटा मात्र पाउनेलगायत कारणले समेत यस्तो अवस्था आएको ‘परिवार योजनाको आवश्यकताः अझ बढी प्राथमिकता’ विषयक पैरवी पत्रमा उल्लेख छ ।

    दश वर्षको अवधिमा नेपालमा २६ लाख ७० हजार ७४ जनसङ्ख्या बढेको त्यस अवसरमा उल्लेख गरियो । सन् २०११ मा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या थियो भने सन् २०२१ मा दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । यही अवस्थामा पनि नेपालमा जनसङ्ख्यामा ऋणात्मक हुन अझै पनि २५ देखि ४० वर्षसम्म लाग्न सक्ने पैरवी पत्र प्रस्तोता अधिवक्ता नवीनकुमार श्रेष्ठले बताउनुभयो ।

    नेपालका ३३ जिल्लामा जनसङ्ख्यामा वृद्धि ऋणात्मक भएकाले ती जिल्लामा परिवार योजना कार्यक्रम बन्द गर्नु पर्दछ भनेर समेत मिथ्या हल्ला चलाइएको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।

    सन् २०२१ को जनगणनाअनुसार ३३ जिल्लामा जनसङ्ख्या वृद्धि दर ऋणात्मक देखिएको ठीक भए पनि ३२ वटा जिल्लामा देशको सालाखाला जनसङ्ख्या (०.९२ प्रतिशत) भन्दा बढी छ । ३३ जिल्लामा जनसङ्ख्या कम हुनाका कारण अति आवश्यक विकासका पूर्वाधारहरू जस्तै खाना, पानी, स्वास्थ, बाटो, रोजगारी, शिक्षा, आदि नभएर नजिकका सहरमा बसाइँसराइले भएको देखिएको पनि अधिवक्ता श्रेष्ठले बताउनुभयो ।

    “नेपालमा अब जनसङ्ख्या बढाउनका लागि प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ भनेर पनि मिथ्या हल्ला चलाइएको छ । नेपालको संविधान र ऐन कानुनहरूले प्रजनन स्वास्थ्यलगायत परिवार योजनालाई व्यक्तिको मौलिक हकका साथै अधिकारका रुपमा अङ्गीकार गरेको छ । त्यसैले व्यक्तिले बच्चा पाउने वा नपाउने, कहिले पाउने र कति जना पाउने उनीहरूको अधिकार हो भन्ने बिर्सिएर यस्तो हल्ला गर्न थालिएको छ”, उहाँले भन्नुभयो ।

    नेपालमा अब परिवार योजनाका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छैन भनेर मिथ्या हल्ला चलाइएको मञ्चको नेतृत्वमा १८ वटा संस्थाका सञ्जालले तयार पारेको कार्यपत्रमा उल्लेख छ । परिवार योजनाले जनसङ्ख्या कम गर्नुभन्दा पनि आमा, नवजात शिशु, बालबच्चा, किशोरीहरूको स्वास्थ्य सुधार, महिला सशक्तीकरण, वातावरण संरक्षण, एचआइभी तथा यौनजन्य सङ्क्रमणको रोकथाम, बाँझोपनको व्यवस्थापन, गरिबी निवारण र महिलाहरूको शिक्षा, वृत्तिविकासमा सहयोग पुर्‍याउने प्रभावकारी र कम लागतमा बढी फाइदा हुने माध्यम भएकाले यसको आवश्यकता मानिसहरूको गुणस्तरीय जीवन सुधार गर्न, राष्ट्रिय र दिगो विकासका लक्ष्य पूरा गर्न र मानिसहरूको प्रजनन अधिकार परिपूर्ति गर्नका लागि अति आवश्यक भएको तथ्य कार्यपत्रमार्फत उल्लेख छ ।

    कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार योजना शाखा प्रमुख शर्मिला दाहालले विगत वर्षमा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले ३२ मिलियन डलरको परिवार नियोजनका साधन किनेर सरकारलाई दिने गरे पनि हाल घटेको बताउनुभयो । दुई वर्षअघि आफू मन्त्रालय आउनुअघि वार्षिक रु छ करोडका परिवार नियोजनका साधन किन्ने गरिएकामा पछि रु १० करोड हुँदै यस वर्षदेखि रु १७ करोडको खरिद गर्ने व्यवस्था मिलाउन सफल भएको उहाँले जानकारी गराउनुभयो । आवश्यकता भने वार्षिक रु २५ करोडको खरिद गरिनुपर्ने शाखा प्रमुख दाहालको भनाइ छ ।

    यस विषयमा काम गरिरहेको कृपा संस्थाका डा महेश पुरी पहिले जनसङ्ख्या नियन्त्रणका लागि परिवार नियोजनका साधन प्रयोग गर्ने गरिएकामा अब व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । हाल जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशत रहेकाले यो दर घट्न झण्डै ७५ वर्ष लाग्ने उहाँको भनाइ छ । हाल प्रजनन दर दुई प्रतिशत रहेकाले नघटाईकन व्यवस्थापन गरे पुग्ने पुरीले सुनाउनुभयो ।

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.