काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन शाहको राजीनामामा मागेका छन् । साम्पाङले बालेनमा न्यूनतम मानवता पनि नरहेको बताउँदै मार्गप्रशस्त गरिनुपर्ने बताएका हुन् ।
Advertisement
‘बालेनले तुरुन्त राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । न्यूनतम मानवतासमेत देखिएन’, श्रम संस्कृति पार्टीको संसदीय दलका नेतासमेत रहेका साम्पाङले दाबी गरेका छन्, ‘संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण र विरोध आइसक्यो । योभन्दा ठुलो अन्तर्राष्ट्रिय बेइज्जत अर्को छैन, हुँदैन ।’

सरकारले सुकुमवासी बस्तीमा डोजर चलाएकामा सांसद साम्पाङले आक्रोश व्यक्त गर्दैआएका छन्