• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सुकुम्बासी समस्या समाधानसम्बन्धी विध्वंसात्मक शैली


  •   बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
  • प्रचण्ड बहुमतको रास्वपा सरकारले यतिखेर देशैभरि अव्यवस्थित बसोबास हटाउने कार्य गरिरहेको छ । यस्ता बस्तीको व्यवस्थापन नीतिगत रूपमा गलत छैन । अतिक्रमण हटाइनुपर्दछ । जलाधारको प्राकृतिक वहाब यथावत् राखिनुपर्दछ किनकि प्रकृतिको मानवीय अतिक्रमणको परिणाम स्वयम् मानव जातिले नै व्यहोर्नुपर्ने हुन्छ । हामीले पनि त्यस्तो मानवनिर्मित प्राकृतिक बिपत्तिको सामना गरिरहेकै छौँ । खासगरी वर्षात्‌को बेलामा डुबानको रूपमा समस्याको रूपमा अगाडि आएको छ । त्यससँगै अन्य विभिन्न समस्या पनि हामीले भोगिरहेका छौँ । मानव बस्तीलाई योजनाबद्ध प्रकारले बसाल्न सकियो भने स्वयम् मानव जातिलाई नै सुविधा र सहुलियत प्राप्त हुनेछ भन्ने स्पष्टै छ । त्यसैले मानव बस्तीलाई जथाभावी होइन, योजनाबद्ध प्रकारले व्यवस्थित बसोबास गराइनुपर्दछ । यो कुनै व्यक्ति, समुदाय वा दलविशेषको विषयभन्दा माथिको विषय हो । यस्ता विषयमा आमसहमतिमा नै सरकारले ठोस कदम उठाउनुपर्ने हुन्छ । यस्ता मामिलामा राजनीतिक तहमा विभाजनको अवस्था निर्माण गर्नु सिद्धान्ततः आवश्यक देखिन्न ।

    Advertisement

    अव्यवस्थित बसोबासीभन्दा गम्भीर समस्या सुकुम्बासीको हो । सुकुम्बासी भनेको देशको कुनै पनि भूभागमा जमिन वा आवास नभएको परिवार हो भने अव्यवस्थित बसोबासी भनेको कुनै स्थानमा जमिन वा घर भएको तप्का हो । यस्ता तप्काको व्यवस्थापन उचित ढङ्गले गरिनुपर्दछ । यस अर्थमा सुकुम्बासीको सवाल जति गम्भीर छ, त्यति गम्भीर अवस्था अव्यवस्थित बसोबासीको होइन । त्यसैले सुकुम्बासी समस्याको हकमा सरकार गम्भीर हुनुपर्ने देखिन्छ ।

    भूमिको सवालमा नेपालमा थुप्रै ऐनकानुन, नियम र नजिर छन् । सुकुम्बासी समस्या समाधानको सन्दर्भमा पनि यस्ता बैधानिक व्यवस्था छन् यद्यपि त्यसलाई कार्यान्वयनको क्रममा कैयौँ सुधारको आवश्यकता छँदैछ । भूमिसम्बन्धी यस्ता ऐनकानुन कार्यान्वयनको सुरुआत लगत सङ्कलनबाट हुन्छ अर्थात सर्वप्रथमत को सुकुम्बासी हो, को अव्यवस्थित बसोबासी हो भन्ने टुङ्गो लगाउनुपर्ने हुन्छ । त्यसका लागि पटकपटक भूमि आयोग बन्ने गरेका छन् । हामीकहाँ भूमिसुधार कार्यक्रम पनि सञ्चालन हुने गरेको छ । सन्तोषजनक प्रकारले काम हुन नसके पनि गतकालका भूमि आयोगले केही न केही काम गरेका छन् । त्यसबाट एउटा आधार तयार भएको छ । यी आधारमा टेकेर सरकारले भूमि समस्या समाधान गर्नुपर्दछ । त्यस क्रममा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हुनेछ ।

    सर्वप्रथम सुकुम्बासी र अव्यवस्थित बसोबासीको टुङ्गो लगाइसकेपछि त्यसको समाधान आफैमा स्पष्ट छ । सुकुम्बासीलाई घडेरीसहितको जमिन दिइनुपर्ने हुन्छ भने अव्यवस्थित बसोबासीलाई शुल्क लिएर जमिनलाई बैधीकरण गरिन्छ किनकि अव्यवस्थित बसोबासीसित देशको कुनै भूभागमा भूस्वामित्व हुन्छ । त्यसैले उनीहरूले चाहेको स्थानमा भूस्वामित्व कायम गर्न चाहान्छन् भने शुल्क तिर्नुपर्दछ । यी दुई बेग्लाबेग्लै जमिनसित सम्बन्धित समस्या समाधानको पहिलो काम वास्तविक लगत सङ्कलन गर्नु हो तर सरकारले विध्वंसात्मक तरिका अपनाएको देखिन्छ । पहिला सरकारले डोजर चलाएको छ । त्यसपछि बल्ल सुकुम्बासी वा गैरसुकुम्बासीको लगत निकालेको छ । सरकारको यस्तो तरिकाबाट ऊ सम्भ्रान्त वर्गको प्रतिनिधि हो भन्ने स्पष्ट हुन्छ । उसलाई मानवीयतासित कुनै सरोकार छैन भन्ने देखिन्छ ।

    अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा तत्कालीन भूमि आयोगका अध्यक्षसँग लगत सङ्कलन गर्ने समझदारी भए पनि उनले त्यसप्रति बेवास्ता गरेका थिए । अहिले तिनैले काठमाडौँसहित देशका विभिन्न स्थानमा पहिला डोजर चलाएका छन्, पछि मात्र सुकुम्बासीसम्बन्धी लगत निकाल्ने बताइरहेका छन् । सरकारको यस्तो तरिका गैरजिम्मेवार र विध्वंसकारी छ । जननिर्वाचित सरकारलाई यस्तो गैरजिम्मेवार र विध्वंसकारी तरिका अपनाउने छुट छैन । राज्यसंयन्त्रको बलमा जनताको एउटा तप्कामाथिको निर्मम दमनलाई कुनै पनि हालतमा उचित मान्न सकिन्न । आशा गरौँ, सरकारले यस खालको तरिकाको गम्भीर आत्मसमीक्षा गर्नेछ ।

    युगदर्शन साप्ताहिक,

    वर्ष १७, अंक ३२, २०८३ वैशाख १६ मा प्रकाशित

    बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.