• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङ नगर अस्पताल भवन निर्माण : दुई वर्षमा सकिनु पर्ने काम तीन वर्षमा ४५ प्रतिशत


  •   मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
  • बलेवा (बागलुङ) । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ ।

    Advertisement

    बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्माण कम्पनीले पटकपटक म्याद थपेर काम नगर्दा बागलुङ नगरपालिका–१३ पैयुपाटामा निर्माणाधीन अस्पतालको भवन निर्माण अलपत्र परेको हो । दुई वर्षमा काम सकिनुपर्ने भवनको अन्तिम म्याद सकिएपछि पनि तीन वर्ष समय गुज्रेको छ । तर भवनको काम अझै ४५ प्रतिशत बाँकी छ । यो भवन निर्माण गरेर नगरले धौलागिरि अस्पतालको विकल्पका रुपमा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष राखेको थियो ।

    २०८० असार २० गते सम्पन्न गर्ने गरी २०७८ असारमा निर्माण कम्पनीले सम्झौता गरी भवन निर्माणको काम थालेको थियो । कम्पनीले दोस्रो पटक थपेको म्याद गत असारमै सकिएको थियो भने तेस्रो पटकको म्याद आगामी असारसम्म छ ।

    तेस्रो पटक थपिएको म्यादसम्म अस्पताल भवन निर्माणको काम ५५ प्रतिशत मात्रै छ । दुई वर्षअघि ५० प्रतिशत सकिएको काम २४ महिनायता पाँच प्रतिशत मात्रै थपिएको छ । समयमै काम सक्न ताकेता गरे पनि ठेकेदार पक्षले बेवास्ता गर्दै आएको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले बताउनुभयो । “म्याद थप्ने बेलामा केही कामदार ल्याएर काम गरेजस्तो गर्ने व्यवहारले लक्ष्यअनुसार काम हुन सकेन”, घर्तीले भन्नुभयो ।

    पटकपटक म्याद थपेर पनि निर्माण कम्पनीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बेवास्ता गरेको बागलुङ–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेल बताउनहुन्छ । “कछुवा गतिको कामले घरछेवैमा विशिष्टीकृत सेवा पाउने आशा निराशा परिणत हुँदै गएका छन्”, उहाँले भन्नुभयो, “ठेकेदारले कर्तव्यबोध नगर्दा गाउँका जनताले दुःख पाए ।”

    सङ्घीय सरकारको बजेट साझेदारीमा नगरपालिकाले अस्पतालको भवन निर्माण थालेको हो । अस्पतालको भवन समयमै बनेमा बलेवा क्षेत्रका पैयुँपाटा, नारायणस्थान, अमलाचौरसँगै भकुण्डे, रायडाँडासहित जैमिनी नगरपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।

    नगरपालिकाले १५ शय्याको अस्पताल बनाउने गरी रु १२ करोड ८७ लाखमा २०७८ असारमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले अहिलेसम्म रु चार करोड ५३ लाख भुक्तानी पाएको लेखा अधिकृत प्रेमप्रसाद शर्माले बताउनुभयो ।

    नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार, भवन निर्माण सम्पन्न भएमा एक एमजिडिपी डाक्टर, तीन मेडिकल अफिसर, चार स्टाफ नर्स, चार हेल्थ असिस्टेन्टसहित ३० जना स्वास्थ्यकर्मी पठाएर सेवा दिने तयारी छ । अस्पतालका लागि स्वीकृत दरबन्दी भए पनि भवन निर्माण सम्पन्न नहुँदा माग गर्न नसकिएको खनालको भनाई छ ।

    निर्माण कम्पनीका प्रमुख नरेश ओझा पहिलो चरणमा बजेट अभाव हुँदा कामले गति लिन नसकेको बताउनुहुन्छ । नगरपालिकाबाट बजेट भुक्तानी भएमा पर्याप्त कामदार खटाएर काम सम्पन्न गर्न सकिने ओझाको भनाइ छ । नगर उपप्रमुख राजु खड्काले भने अघिल्लो वर्षकै बजेटमा भुक्तानी दिने योजना बनाए पनि निर्माण कम्पनीले कामै नगरेको तर्क गर्नुहुन्छ ।

    मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.