• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

संक्रमितमा लक्षण देखिन थाल्यो


  •   सोमबार, साउन १२, २०७७ मा प्रकाशित
  • नानीमैया कटवाल,सप्तरी ।
    सप्तरीमा कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका संक्रमितहरु हुने गरेकामा अहिले आउने संक्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

    Advertisement

    पछिल्लोपटक आउने संक्रमितमध्ये १५ प्रतिशतमा लक्षण देखिने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताउनुभयो । कतिपय संक्रमितमा रुखाखोकी, श्वासप्रश्वासमा समस्या देखिने गरेको उहाँले जानकारी दिनुभयो ।

    कोरोनाको अवस्था तथा नियन्त्रणका लागि भइरहेका प्रयासका विषयमा जानकारी लिन आज सप्तरी आउनु भएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सप्तरीको अवस्थाका बारेमा जानकारी दिनु हुँदै डा झाले भन्नुभयो, ‘संक्रमितमा लक्षण देखिन थालेपछि जनशक्ति व्यवस्थापन झन जटिल भएको छ ।’ पहिला सम्पर्कमा जानु नपर्ने अवस्था रहेकोमा पछिल्लो समय स्वास्थ्यकर्मीले संक्रमितहरुको परीक्षणलगायतका काम गर्नुपरेको उहाँले बताउनुभयो ।

    गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा गत जेठ २४ गतेबाट पिसीआर प्रयोगशाला सञ्चालनमा आएपछि तीन हजार ९६० जनाको स्बाव परीक्षण गरिएको र तीमध्ये २९१ पुरुष र ३२ महिला गरी ३२३ जनाको रिपोर्ट पोजेटिभ पुष्टि भएको डा झाको भनाइ छ । प्रयोगशालामा हाल दैनिक १५० देखि २०० जनासम्मको पिसीआर परीक्षण भइरहेको उहाँले जानकारी दिनुभयो ।

    सप्तरीमा देखिएका कूल ४४७ संक्रमितमध्ये गजेन्द्रनारायण सिंह अस्पतालअन्तर्गत सञ्चालनमा रहेको आइसोलेशनमा ४२१ जनाले सेवा लिएका छन् । उपचार गरेका ३०२ जना निको भई घर फर्किएको र ११९ जना उपचाररत रहेको डा झाले जानकारी दिनुभयो । राजविराजस्थित १७८ श्ययाको आइसोलेशन केन्द्रमा एकैपटक १७२ जनासम्म भर्ना गरेर उपचार गर्न आफूहरु सफल भएको उहाँले बताउनुभयो ।

    उहाँले अहिले रहेको जनशक्तिका भरमा अस्पतालको सेवा र १७८ श्ययाको आइसोलेशन केन्द्र सञ्चालन गर्न समस्या भएकाले थप जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आठ जना डाक्टर र १२ जना नर्स गरी २० जना स्थायी जनशक्ति रहेको अस्पतालका करार कर्मचारीका भरमा काम गर्नुपरेको बताउनु हुँदै डा झाले भन्नुभयो ‘महिनौंदेखि पैसा नआएर तलब दिन नसकिएको अवस्थामा करारका कर्मचारीलाई अस्पताल र आइसोलेशनमा जोखिमयुक्त काममा खटाउनु परेको छ ।’

    अस्पतालकै लागि जनशक्ति अभाव रहेका बेला १७८ श्ययाको आइसोलेशन पनि ती जनशक्तिले सम्हाल्नु पर्दा अझै समस्या भएको उहाँले बताउनुभयो । चार दिनअघि आकस्मिक कक्षका एक बिरामीमा समेत कोरोना पुष्टि देखिएपछि चार चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिन गर्नु पर्दा सेवा झनै प्रभावित भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले पनि सधैँभरी भिटीएमको अभाव हुँदा पिसीआर परीक्षण तीव्र गतिमा अघि बढ्न नसकेको बताउनुभयो । पछिल्लो पटक प्रदेश सरकारले उपलब्ध गराएको एक हजार भिटीएम पनि सकिने अवस्थामा रहेकाले तत्कालै पाँच हजार भिटीएमको व्यवस्था गर्न माग गर्दै यादवले मुख्यमन्त्री राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहको ध्यानाकर्षण गराउनुभयो । ‘कोरोनाको सङ्क्रमण जुन गतिले समुदायमा फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न परीक्षण बढाउनुको विकल्प छैन’ उहाँले भन्नुभयो ‘तर, भिटीएमलगायतका सुरक्षा सामग्रीको अभाव छ, तत्कालै व्यवस्था मिलाई दिन आग्रह गर्छु ।’

    यसैगरी, पिसीआर परीक्षणलगायतका अन्य व्यवस्थापनका लागि जिल्लाका विभिन्न स्थानमा पुग्न सवारी साधन तथा आमा समूह र स्वयम् सेविकाहरुलाई परिचालन गर्न आवश्यक पर्ने बजेटको पनि व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

    राजगढ गाउँपालिकाको सेवा बन्द
    कोरोना संक्रमणको जोखिम बढेपछि राजगढ गाउँपालिकाले मंगबारदेखि अनिश्चितकालका लागि सार्वजनिक सेवाहरु बन्द गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले आज एक सूचना प्रकाशित गरी गाउँपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवा बन्द भएको जानकारी दिनुभयो । अर्को सूचना नआउञ्जेल अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहने सो सूचनामा जनाइएको छ ।

    विश्वव्यापी रुपमा फैलिरहेको कोरोना सङ्क्रमण समुदायमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै उच्च जोखिम न्यूनीकरणका लागि गाउँपालिका र वडा कार्यालयहरु समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।

    अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र अति आवश्यक कामका लागि बाहिर निस्किनु पर्दा अनिवार्य रुपमा मास्क लगाउन, साबुन पानीले हात धुन, सामाजिक दूरी कायम गर्न र अन्य सावधानी अपनाउन गाउँपालिकाले नागरिकलाई आग्रह गरेको छ ।(रासस)

    सोमबार, साउन १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.