• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सुकुम्बासीलाई जबर्जस्ती हटाउने तरिका गलत भएको राजमोको धारणा


  •   शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सुकुम्बासीलाई जबर्जस्ती हटाउने तरिका गलत भएको धारणा व्यक्त गरेको छ ।

    Advertisement

    कावा अध्यक्ष रश्मिराज नेपालीको हस्ताक्षरमा २०८३ वैशाख ११ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो ।

    राजमोले सुकुम्बासी हटाउने निर्णय आफैमा गलत नभए पनि उनीहरू वैकल्पिक जग्गा, पुनर्बासको व्यवस्था वा आवश्यक क्षतिपूर्ति दिएर सो कार्य गरिनुपर्ने वक्तव्यमा उल्लेख छ ।

    सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध मुद्दा लागेका व्यक्ति सांसद बन्न नपाउने प्रचलित कानुनमा संशोधन गर्न सरकारले नियमावली प्रस्ताव गरेकोमा राजमोले विरोध गर्दै त्यसबाट सरकारले फासिवादी कार्यशैली अपनाउने थालेको सङ्केतको रूपमा उल्लेख गरेको छ ।

    त्यस्तै, सिन्धुलीका दलित युवकको हत्या प्रकरणमा निष्पक्ष छानबिन गरी कानुनी कारबाहीको आवश्यकता औल्याएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “सरकारले काठमाडौँका विभिन्न स्थानबाट सुकुम्बासीलाई उठाउने जुन निर्णय गरेको छ, त्यो निर्णयको राष्ट्रिय जनमोर्चाले कडा शब्दमा विरोध गर्दछ । त्यस सन्दर्भमा सर्वप्रथमता अन्यत्र आफ्नो घरजग्गा भएका नक्कली सुकुम्बासीलाई हटाउन गरिने कुनै पनि कार्यलाई हामीले समर्थन गर्दछौँ । त्यसको लागि नक्कली सुकुम्बासीबारे छानबिन गरेर उनीहरूलाई हटाउने कार्य गरिनुपर्दछ तर वास्तविक सुकुम्बासीलाई जर्बजस्तीपूर्वक हटाउने कार्यलाई कुनै पनि अवस्थामा न्यायोचित भन्न सकिन्न ।

    यदि वास्तविक सुकुम्बासी पनि अनधिकृत प्रकारले कुनै स्थानमा बसेका छन् भने उनीहरूलाई त्यहाँबाट हटाउने कार्य गलत हुने छैन तर त्यसो गर्दा पहिल्यै वैकल्पिक जग्गा र पुनर्बासको लागि आवश्यक क्षतिपूर्तिसमेत दिएर व्यवस्थित प्रकारले उनीहरूलाई हटाउने नीति अपनाइनुपर्दछ तर त्यसो नगरीकन उनीहरूलाई जबर्जस्तीपूर्वक आफू बसेका स्थानबाट हटाउने कार्य गम्भीर प्रकारले अन्यायपूर्ण छ । अहिले सरकारले पुनर्बासको वैकल्पिक व्यवस्था नगरीकन सुकुम्बासीलाई डोजर लगाएर उनीहरूका बस्ती हटाउने जुन कार्य गरिरहेको छ, त्यो नाजीशाही तरिका हो । हाम्रो पार्टीले त्यस प्रकारको तरिकाको विरोध गर्दछ ।

    वर्तमान प्रधानमन्त्रीले पहिले काठमाडौँको मेयर भएको बेलामा पनि सुकुम्बासीलाई जर्बजस्तीपूर्वक हटाउने नीति अपनाएका थिए र अहिले प्रधानमन्त्री भएपछि पनि उनले त्यही प्रकारको कार्यशैली अपनाएका छन् ।

    चुनावको बेलामा उनीहरूका सभापति रवि लामिछानेले सुकुम्बासीप्रति त्यस प्रकारको नीति नअपनाइने प्रतिबद्धता प्रकट गरेका थिए तर अहिले त्यस प्रकारको प्रतिबद्धताका विरुद्ध कार्य भइरहेको छ । त्यसले गर्दा उनीको प्रतिबद्धता वा घोषणामा कुनै विश्वसनीयता नभएको कुरामा कुनै शङ्का रहन्न । उनीहरूले सुकुम्बासीप्रति अहिले अपनाएको नीतिबाट खालि सुकुम्बासीको प्रश्न मात्र होइन, वर्तमान सरकारको विश्वसनीयतामाथि सम्पूर्ण रूपले सन्देह उत्पन्न हुन्छ ।

    अहिले प्रतिनिधिसभाको नियमावलीको तर्जुमा गर्ने बेलामा सरकारले नियमावलीमा यो कुरा प्रस्तावित गरिएको छ कि कुनै व्यक्तिमाथि सम्पत्ति शुद्धीकरण वा सङ्गठित अपराधजस्ता मुद्दाहरू चलिरहेको भए पनि त्यो मुद्दाबारे अन्तिम फैसला नहुँदासम्म प्रतिनिधिसभामा चुनिएको कुनै व्यक्तिलाई त्यसमा भाग लिनको लागि रोकिने छैन । प्रथमत: यो प्रस्ट छ कि कानुनमा गरिएको व्यवस्थाअनुसार रवि लामीछानेको सांसदको पद निलम्बित हुनुबाट बचाउनको लागि नै त्यस प्रकारको नियम बनाउन खोजिँदैछ । वास्तवमा संसद्मा बन्न थालेको नियमावली त्यसको कार्यसञ्चालनसित मात्र सम्बन्धित हुन्छ तर त्यस प्रकारको नियम बनाउने बेलामा देशमा प्रचलित कानुनमा अतिक्रमण गर्ने कुनै अधिकार हुँदैन ।

    अहिले जुन प्रकारको संसदीय नियमावली बनाउन थालिएको छ, त्यसबाट सम्पत्तिको शुद्धीकरण वा सङ्गठित अपराधसम्बन्धी देशको कानुनलाई सिधै र खुला प्रकारले नै अतिक्रमण गर्दछ । त्यसरी अहिले जसरी प्रतिनिधिसभाको कार्यसञ्चालन नियमावली बन्न थालेको छ, त्यसबाट सरकारले विधिको शासन होइन, स्वेच्छाचारी तरिकाले नै शासन गर्न खोजेको प्रस्टसित देखिन्छ । सरकारले सुरुमा नै देखाउन थालेको त्यस प्रकारको कार्यशैलीबाट सरकारले फासीवादी कार्यशैली अपनाउन थालेको कुराको स्पष्ट सङ्केत मिल्दछ र त्यसप्रति राष्ट्रिय जनमोर्चाले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।

    सिन्धुलीका एक जना युवा प्रेम विकको प्रहरी हिरासतम रहेका बेला मृत्यु भएको समाचार सार्वजनिक भएको छ । उनले गैरदलित युवतीसँग प्रेम गरेको निहुँमा झुटा मुद्दामा मुछेर गिरफ्तार गरिएको थियो । उनको मृत्यु प्रहरी हिरासतमा के कति कारणले भयो ? त्यसको निष्पक्ष छानबिन हुनुपर्दछ । दोषीमाथि कारबाही हुनुपर्दछ ।”

    शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.