• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

२७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

सुनचाँदीको मूल्य घट्यो

सङ्कटमा मादल बनाउने पेसा

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ६. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • १०. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

एकै पटक धेरै पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान


  •   शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
  • काठमाडौँ । जति टाढा उति देशको माया गाढा । यो उक्ति खासमा लामो समय अष्ट्रेलिया बसोबास गरेका खेम शर्मालाई सुहाउँछ । किनकी उहाँको कर्म विदेशी भूमिमा भए पनि स्वदेशको मुहान फेर्ने काममा बढी केन्द्रित छ ।

    Advertisement

    तर अहिले पनि केही वर्षदेखि यहाँ नेपालमै बस्न थाल्नुभएको छ । केही नयाँ गरौँ, देशको मुहार फेरौँ भन्ने ध्येयका कारण नै आफूलाई जन्मभूमिले तानेको उहाँको अनुभव छ ।

    हेर्दा, सुन्दा सामान्य लाग्ने सरसफाइको काम अनुशासनको पहिलो मानक नै हो । तर सरसफाइलाई उहाँले कुनै पनि व्यक्ति या राष्ट्रकै समृद्धिको पहिलो खुड्किलो हो भन्नुहुन्छ । उहाँले सुरुमा अष्ट्रेलिया र पछिल्ला वर्षहरूमा नेपालमै सरसफाइ अभियानमा गरेको काम देखेर नेपाली समाजलाई सिक्न बाध्य बनायो । एक दशकअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सफा गरेर उहाँले सरसफाइ कस्तो हुनुपर्छ भन्ने एउटा मानक नै प्रस्तुत गर्नुभएको थियो ।

    मुलुकलाई समृद्ध बनाउन हरेक नागरिकको जागरण आवश्यक रहेको बताउने शर्माको देशका लागि केही गरौँ भन्ने हुटहुटी यसपटक भने पुस्तकका रूपमा बाहिर आएको छ । यो पटक शर्माले विचार र चिन्तनको माध्यमबाट समृद्ध नेपालको परिकल्पना गरेर विभिन्न शीर्षकका २४ वटा पुस्तक डिजिटल स्वरूपमा प्रकाशन गरेर विश्व कीर्तिमान राख्न सफल हुनुभयो ।

    राष्ट्र निर्माणमा केन्द्रित रेहेर एउटै लेखकले एकैपटकमा फरक शीर्षकका धेरै पुस्तक प्रकाशन गरेकाले उहाँलाई आज काठमाडौँमा आयोजित कार्यक्रममा विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरियो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

    ‘रक्षा’, ‘गृह’, ‘परराष्ट्र’, ‘अर्थ’, ‘भूमि व्यवस्था’, ‘सहकारी तथा गरिबी निवारण’, ‘खानेपानी सरसफाइ तथा फोहर व्यवस्थापन’, ‘कृषि तथा पशुपन्छी विकास’, ‘श्रम तथा रोजगार’, ‘यातायात तथा नागरिक उड्डयन’, ‘शिक्षा’, ‘विज्ञान तथा प्रविधि’, ‘संस्कृति तथा पर्यटन’, ‘सञ्चार तथा सूचना प्रविधि’, ‘स्वास्थ्य तथा जनसङ्ख्या’, ‘सामाजिक विकास’, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन’, ‘युवा तथा खेलकुद’, ‘सहरी विकास’, ‘वन तथा वातावरण’, ‘कानुन, न्याय तथा संसदीय मामिला’, ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ’, ‘उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार’, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन’ गरी विभिन्न शीर्षकका यी पुस्तकको डिजिटल प्रकाशन आज सार्वजनिक गरिएको हो ।

    शर्माका यी डिजिटल पुस्तकहरूले विश्व कीर्तिमानमा नाम दर्ज गर्न सफल भएको छ । राष्ट्र निर्माणमा केन्द्रित रहेर एउटै लेखकले एकै पटक धेरै पुस्तक लेखेको विषयमा उहाँलाई विश्व कीर्तिमानको प्रमाणपत्र दिइएको हो । ती सबै पुस्तक छ लाखभन्दा बढी शब्दका छन् । ती पुस्तकको विमोचनसँगै राष्ट्रियसभाका अध्यक्ष दाहालले शर्मालाई विश्व कीर्तिमानबाट प्राप्त प्रमाण पत्र, ट्रफी र मेडल प्रदान गर्नुभएको थियो ।

    पुस्तक लेख्दाका अनुभव साट्दै शर्माले आफू धेरै रात अनिद्रा रहेको बताउनुभयो । उहाँका अनुसार राष्ट्र निर्माणमा दृष्टिकोणको आवश्यक पर्छ । जुन यतिबेला मुलुकमा खाँचो छ । त्यसैले नेपालका मन्त्रालयहरूकै शीर्षक राखेर ती मन्त्रालयले के कस्तो काम गर्दा देश बन्छ भन्ने विषयलाई यी पुस्तकमा समेटिएको उहाँको भनाइ थियो ।

    विमानस्थलमा सफाइको नमूना पेस गरेपछि त्यस लगत्तै पशुपतिनाथ क्षेत्र हुँदै नेपालका धेरै क्षेत्रमा सरसफाइएको अभियान नै चल्यो र त्यसको नेतृत्व उहाँले नै गर्नुभयो । त्यसैले उहाँको पहिचान सफाइ अभियन्ता बन्न पुग्यो । अहिले त्यसैमा आफूलाई चिनाउन उहाँलाई रुची लाग्छ ।

    “हामीजस्ता सचेत मान्छेले नै फोहर गरेको हो विमानस्थल”, उहाँले उक्त अभियान सम्झँदै भन्नुभयो, “अनि हामीले नै सफा नगरे कसले गर्छ रु रूपान्तरण आफैँबाट जरुरी छ नि । त्यसैले गर्याैँ र एउटा मानक बनायौँ पनि । त्यसैले अब फोहर नगरौँ, त्यसो भएपछि सफा गर्नै पर्दैन ।”

    एनआरएनद्वारा अयोजना भएको आजको सो कार्य क्रममा विश्वभर विभिन्न देशमा रहेका नेपालीहरूको अनुवभलाई जोड्ने संयन्त्रका रूपमा एनआरएन हुनुपर्ने धारणा उहाँले राख्नुभयो । त्यसैले हालै प्रकाशित पुस्तक सङ्ग्रह बिक्रीबाट भविष्यमा प्राप्त हुने रोयल्टीको ५० प्रतिशत रकम ‘ज्ञान मञ्च’ निर्माणमा योगदान गर्ने उहाँले बताउनुभयो ।

    “मेरो उद्देश्य पुस्तक बेचेर रोकिनु मात्रै होइन, विचारलाई संरचनामा, संरचनालाई संवादमा र संवादलाई राष्ट्र निर्माणमा बदल्नु हो”, उहाँले भन्नुभयो, “अब हामी नेपाली नागरिक भएर सोच्नुपर्ने बेला आएको छ । विचार, धारणा फरक हुन सक्छ तर, देश साझा हो ।” उहाँले राष्ट्रिय पक्षमा साझा नागरिक चेतनाको निर्माण गर्न विचारको चिन्तन आवश्यक आधार रहेको बताउनुभयो ।

    शर्मा यस लगत्तै देश विकास र समृद्धिका लागि मार्च पहिचान गर्ने र त्यसपछि थप दुई पुस्तक प्रकाशन गर्ने तयारीमा हुनुहुन्छ । उहाँको विचारमा प्रवासी नेपालीहरू केवल रेमिट्यान्सका स्रोत मात्रै होइनन् । उनीहरू ज्ञान, अनुभव, दृष्टि र राष्ट्रियताप्रति गम्भीर रहेको उहाँले बताउनुभयो ।

    यसै धारणाबाट प्रेरित भएर यो वर्षभित्र नेपालको ७७ वटै जिल्लाको सम्भावना, रूपान्तरण र मार्गचित्रमाथि पहिलो र विश्वमै फैलिएका एनआरएनबाट नेपालले के सिक्न सक्छ भन्ने विषयमा दोस्रो पुस्तक लेख्ने जानकारी दिनुभयो ।

    कार्यक्रममा उहाँको पुस्तकलाई समीक्षा गर्दै डा सुरेश तिवारीले देशको समृद्धिका आधारशिलाका रूपमा शर्माका पुस्तक प्रकाशित भएको बताउनुभयो । यी पुस्तक पढेर व्यवहारमा उतार्न सकिएमा नेपालमा विकासका ढोका धेरै खुल्ने उहाँको दाबी थियो । मधु शाहीरासस

    शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण
    २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण
    पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार
    सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
    इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन
    पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    भर्खरै

    • १.
      सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

    • २.
      २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

    • ३.
      पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

    • ४.
      सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    • ५.
      इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

    • ६.
      पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

    • ७.
      यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

    • ८.
      सुनचाँदीको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.