• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अप्फाका अध्यक्ष रेग्मी– पहिला व्यवस्थापन गर, त्यसपछि मात्र सुकुम्बासी बस्ती हटाऊ


  •   शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सरकारले शनिबार बिहानदेखि काठमाडौँका थापाथली, गैरीगाउँ र मनोहरा खोलाकिनारका सुकुम्बासी बस्ती हटाउन माइकिङ गरिरहेकै बेला अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले व्यवस्थापनलाई प्राथमिकता दिन सरकारसित माग गर्नुभएको छ ।

    Advertisement

    युगदर्शन मिडियाले शुक्रबार उहाँसँग प्रतिक्रिया माग्दा उहाँले भन्नुभयो– ‘पहिला को वास्तविक सुकुम्बासी हो भन्ने छानबिन गरियोस् । त्यसपछि वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गरियोस् । बल्ल सुकुम्बासी बस्ती हटाइयोस् ।’

    अध्यक्ष रेग्मीले प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर रहँदै गर्दा यो माग उठाइएकोमा उनले त्यसलाई बेवास्ता गरिएको आरोप लगाउनुभयो ।

    ‘बालेनजी मेयर रहेकै बेला हामीले काठमाडौँका सुकुम्बासीको छानबिन गरी लगत निकाल्न अनुरोध गरेका थियौँ’ उहाँले भन्नुभयो– ‘तर उहाँले त्यसप्रति बेवास्ता गर्नुभयो । उहाँले छानबिन गरी वास्तविक लगत निकाल्नुभन्दा पनि डोजर आतङ्कतफै नै रुचि देखाउनुभयो ।’

    वास्तविक सुकुम्बासी

    रेग्मीले थापाथलीलगायत काठमाडौँका विभिन्न स्थानमा खालि नक्कली सुकुम्बासी छन् भन्ने तथ्य सत्य नभएको बताउनुभयो ।

    ‘हाम्रो सङ्गठन र विभिन्न सरकारी निकायले पनि काठमाडौँका सुकुम्बासीबारे अध्ययन गरेको थियो’ उहाँले भन्नुभयो– ‘काठमाडौँमा न्यूनतम पाँच प्रतिशतभन्दा बढी वास्तविक सुकुम्बासी छन् ।’

    उहाँले सुकुम्बासी र गैरसुकुम्बासीलाई एउटै डालोमा राखेर सुकुम्बासी बस्तीमा डोजर चलाउनु सरकारको गलत तरिका भएको टिप्पणी गर्नुभयो ।

    सरकारले यतिखेर काठमाडौँमा मात्रै नभएर नेपालभरि नै डोजर आतङ्क चलाइएको आरोप लगाउनुभयो ।

    इचङ्गुनारायणको भवन अपर्याप्त

    सरकारले काठमाडौँको इचङ्गुनारायणमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बनाइएको भवन अपर्याप्त भएको बताउनुभयो ।

    अहिले हटाउन थालिएका सुकुम्बासीहरू इचङ्गुनारायण भवनमा जाँदा के हुन्छ भन्ने युगदर्शनको प्रश्नमा उहाँले भन्नुभयो– ‘त्यहाँ बनाइएको भवन सुकुम्बासी परिवारका लागि अपर्याप्त छ ।’

    उहाँले अगाडि भन्नुभयो– ‘सुकुम्बासी परिवार कम्तीमा पाँच/सात जनाका छन् तर त्यहाँ बनाइएको भवनमा दुई जनाभन्दा बढी अट्दैनन् ।’
    अध्यक्ष रेग्मीले इचङ्गुनारायण भवन दुर्गम स्थानमा पनि रहेकाले रोजगारीको समस्या पर्ने दाबी गर्नुभयो ।

    संयुक्त किसान सङ्गठनको विरोध

    रेग्मीले विनाछानबिन सुकुम्बासी बस्तीमा डोजर आतङ्क चलाउन थालेकोमा किसान सङ्गठनले विरोध गरिरहेको जानकारी दिनुभयो ।

    ‘हाम्रो सङ्गठनसहित चार किसान सङ्गठन सरकारको डोजर आतङ्कको विरोधमा छ’ उहाँले यसको विरोधमा आजै विरोधस्वरूप आफ्ना धारणा सार्वजनिक गर्न थालेको बताउनुभयो ।

    उहाँले सरकारसित ऐनकानुनअनुसार नै सुकुम्बासी समस्यालाई समाधान गर्न सरकारसित अपिल गर्नुभयो ।

    शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.