पोखरा कास्की । राष्ट्रिय राष्ट्रिय जनमोर्चा कास्कीको आयोजनामा ७८औँ स्थापना दिवस तथा १५७औँ लेनिन दिवस मनाइएको छ ।
Advertisement
चन्द्र वहादुर केसीको अध्यक्षता तथा रविमोहन ढकालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अखिल नेपाल उद्दोग व्यापार संघको केन्द्रीय अध्यक्ष ढाकाराम पौडेल, अखिल नेपाल वुद्दिजिवि संघ कास्कीको अध्यक्ष प्रविण पौडेल, अनेशि संघका पुर्व सदस्य मेघनाथ ढकाल, अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल महिला संघकी लक्ष्मी कुवर, अ ने ट्रेड युनियन महासंघ(अन्टुक) केसका नम बहादुर वाँठा मगर, अनेकि सं कास्की अध्यक्ष गंगा बहादुर थापा लगायतले आतिथ्यता एवं मन्तव्य दिनुभएको थियो ।