• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बालेन सरकारप्रति राजमो महासचिव भट्टको टिप्पणी– व्यवस्था बहुदलीय तर प्रधानमन्त्री निर्दलीय


  •   बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बालेन्द्र सरकारबारे टिप्पणी गर्दै भन्नुभएको छ– ‘व्यवस्था बहुदलीय तर प्रधानमन्त्री निर्दलीय प्रधानमन्त्री ।

    Advertisement

    नेकपा (मसाल) केन्द्रीय कार्यालयद्वारा २०८३ वैशाख ९ गते तदनुसार अप्रिल २२, २०२६ का दिन आयोजित नेकपाको अठहत्तरौँ स्थापना दिवस तथा लेनिनको एक सय सन्ताउन्नौँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।

    राजमो केन्द्रीय कार्यालयको सभाकक्षमा आयोजित सो कार्यक्रममा मन्तव्य राख्दै उहाँले भन्नुभयो– ‘राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक हुन्छ, त्यहाँ उनी जान्नन् । पार्टीले अभिमुखीकरण कार्यक्रम राख्छ, त्यहाँ पनि उनी जान्छन् ।’

    उहाँले प्रधानमन्त्री बालेन बहुदलीय व्यवस्थाप्रति नै पूर्वाग्रही रहेको आरोप लगाउनुभयो ।

    ‘हालका प्रधानमन्त्री बालेन निर्दलीय पृष्ठभूमिका व्यक्ति हुन्’ महासचिव भट्टले भन्नुभयो– ‘उनी दलीय व्यवस्थाप्रति पूर्वाग्रही पनि छन् ।’

    उहाँले प्रधानमन्त्री बालेनमाथि सरकारमा रहेर निर्दलीयताको अभ्यास गरिरहेको पनि बताउनुभयो ।

    ‘वास्तवमा प्रधानमन्त्री बालेनले बहुदलीय व्यवस्थाभित्र निर्दलीयताको अभ्यास गरिहेका छन्’ उहाँले भन्नुभयो ।

    मन्तव्यको क्रममा उहाँले बहुदलीय व्यवस्थाभित्रको विकृतिको परिणाम फासिवाद जन्मिने खतरा औल्याउनुभयो ।

    बहुदलीय संविधान, कानुन, नीतिनियम जे भए पनि त्यसलाई कार्यान्वयन गर्ने व्यक्ति निर्दलीय सोचाइको हुँदा देशमा फासिवादी खतरा गम्भीर रहने उल्लेख गर्दै उहाँले त्यसका विरुद्ध सङ्घर्ष गर्ने जिम्मेवारी कम्युनिस्ट शक्तिसमक्ष आइपरेको धारणा राख्नुभयो ।

    सरकार अझै पनि हनिमुन पिरियडमा रहे पनि उसको गलत क्रियाकलापका कारणले गर्दा अहिले नै विरोधको स्वर उठिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

    ‘सरकार अझै हनिमुन पिरियडमा छ तर उसका गलत नीतिको विरोध सुरु भइसकेको छ’ उहाँले भन्नुभयो– ‘स्वयम् सरकारका दुईओटा मन्त्री अनियमितताको आरोपमा हटिसकेका छन् । विद्यार्थी सङ्गठन, मजदुर सङ्गठनलगायतका शक्तिहरू विरोधमा छन् ।’

    करिब ८७ जनाको हाराहारीमा अरू पार्टी छोडेर आएका सांसद रास्वपामा रहेको तथ्यतर्फ इसारा गर्दै उहाँले त्यहाँ गैरराजनीतिक नेतृत्व रहेको दाबीसमेत गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘गैरराजनीतिक शक्तिको हातमा सत्ता जाँदा राष्ट्रियता र लोकतन्त्रको रक्षा त हुँदैन नै, भ्रष्टाचार नियन्त्रण पनि हुन सक्ने छैन ।’
    कार्यक्रमको प्रारम्भमा महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी गरिएको प्रेसवक्तव्य वाचन गरिएको थियो ।

    मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का महासचिव धनपति सापकोटा, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकाल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का कोषाध्यक्ष केबी घले र अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य सगर सुवेदीले पनि मन्तव्य राख्नुभएको थियो ।

    मसालकै ३ नम्बर ब्युरो प्रवक्ता समीर सिंहको सञ्चालन रहेको सो कार्यक्रमको सञ्चालन काठमाडौँ प्रवक्ता जगतप्रसाद रेग्मीले गर्नुभएको थियो ।

    बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.