• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

आलेखः ‘खस सभ्यताको गौरवदेखि कारुणिक संघर्षसम्मको महागाथा’


  •   मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
  • नवीन रिजाल/रासस

    Advertisement

    दैलेख, ८ वैशाख । “यो नाटक हिजोदेखि आजसम्मको कर्णालीको पीडा र व्यथाको जीवन्त दस्तावेज हो । जतिबेला सूचना र सञ्चारको कुनै पहुँच थिएन, परदेशिएका मानिसहरू वर्षमा चैत १२ गतेसम्म घर नफर्किए उनीहरूको मृत्यु भइसक्यो भनेर काजकिरिया गर्ने प्रचलन थियो । यो नाटकले कर्णालीको त्यही आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई ऐनामा अनुहार देखाए जस्तै गरी देखाएको छ ।”

    जुम्ला कनकसुन्दरी गाउँपालिका–५ का कलाकार एवं संस्कृतिकर्मी भीमबहादुर बुढाले जब यी शब्दहरू नौमूलेको मञ्चमा बोल्नुभयो तब उपस्थित हजारौँ दर्शकका आँखा रसाए । कर्णालीको त्यो कालखण्ड, जहाँ भोक र रोगसँगै ॅपर्खाइ’को असीम पीडा थियो, त्यसलाई भीमबहादुरले आफ्‌नो नाटकको माध्यमबाट ऐना’ झैँ छर्लङ्ग पारिदिनुभयो । यो केवल एउटा नाटक थिएन, यो त कर्णालीको आत्माको रोदन थियो ।

    खस साम्राज्यको गौरवशाली इतिहास बोकेको यो माटो कसरी समयको थिचोमिचोमा परेर अभाव र वियोगको पर्याय बन्यो भन्ने दृश्यले नौमूलेको सुक्खा हावामा पनि चिसोपन भरिदियो । भीमबहादुरले नाटकमा देखाए जस्तै चैतको १२ गतेसम्म बाटो हेर्दाहेर्दै नफर्किएका छोरा, श्रीमान् वा बाबुको ॅकाजकिरिया’ गर्ने त्यो विवश परम्पराले कर्णालीको कारुणिक भोगाइलाई विश्वसामु हिजोका दिनहरु कस्ता थिए भन्ने कुरालाई छर्लङ्ग पारिदिएको छ । यो सभ्यताको संघर्ष र सम्भावनाको एउटा यस्तो संगम बन्यो, जसले सुन्ने र देख्ने जो कोहीलाई भावुक मात्र बनाएन, कर्णालीलाई हेर्ने दृष्टिकोण नै बदलिदियो तर कर्णालीको अवस्थामा खासै त्यति धैरै परिर्वतन आजसम्म आउँदा पनि देखिएको छैन ।

    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नृत्य विभागद्वारा नेपाली लोक संस्कृतिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले यही वैशाख ४ र ५ गते दैलेखको नौमूले गाउँपालिकामा ॅकर्णाली लोकनृत्य एवं सांस्कृतिक सम्मेलन–२०८३’ आयोजना गरिएको हो । यस ऐतिहासिक महाकुम्भमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट मौलिक लोकनृत्य तथा सांस्कृतिक समूहको उल्लेखनीय सहभागिता रहेको थियो ।

    यही वैचारिक मन्थनको बीचमा अनुसन्धानकर्ता, लेखक एवं साहित्यकार राजबहादुर कुँवरले ‘कर्णालीका लोकनाच’ शीर्षकको एउटा गहन र विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभयो । कुँवरको कार्यपत्र कुनै सामान्य प्रतिवेदन थिएन, यो त कर्णालीको लोककलाको ‘हृदय’ छाम्ने एउटा प्राज्ञिक दस्तावेज थियो । उहाँले कार्यपत्रमा कर्णालीका लोकनृत्यहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्, ती त मानव सभ्यताका आदिम खुसी र रोदनका प्रतिविम्ब हुन् भन्ने कुरालाई प्रस्टसँग उल्लेख गर्नुभएको छ ।

    कुँवर भन्नुहुन्छ, “हाम्रो कर्णालीमा धामी र झाँसे जस्ता मुक्त शैलीका नाचहरू छन्, जसले मानिसको आध्यात्मिक विश्वासलाई जोगाएका छन् । सोरठी र मयूर जस्ता अत्यन्त अनुशासित र लास्य शैलीका नृत्यहरू छन्, जसले सौन्दर्य र अनुशासनको शिक्षा दिन्छन् । त्यस्तै, ढाल–तरबार जस्ता वीरगाथा बोकेका रौद्र नृत्यहरूले हाम्रा पूर्खाको वीरताको गाथा गाउँछन् ।”

    उहाँले भरत मुनिको नाट्यशास्त्रको सन्दर्भ जोड्दै कर्णालीका लोकनाचमा पाइने शास्त्रीयताको समेत व्याख्या गर्नुभयो । सारंगीको मसिनो स्वर (तत), बाँसुरीको सुसेली, दमाहाको गड्याङगुडुङ र भ्यालीको ट्याङट्याङ धुनसहित वाद्य यन्त्रहरूको अनुपम संयोजनले कर्णालीको कलालाई विश्वकै उत्कृष्ट कलाको सूचीमा राख्न सकिने उहाँको तर्क थियो । कुँवरले चेतावनी दिँदै भन्नुभयो, “अहिले लोप हुँदै गएको यो संस्कृतिलाई संरक्षण गरेर संसारभर फैलाउन सके मात्र कर्णालीलाई सही अर्थमा चिनाउन सकिन्छ ।”

    कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा मधुसूदन गिरीले एउटा गहिरो र मार्मिक विश्लेषण राख्नुभयो । उहाँले भन्नुभयो, “किताबमा पढेर मात्र पूर्ण ज्ञान प्राप्त हुँदैन । वास्तविक ज्ञान हासिल गर्न त समाजलाई नै पढ्नुपर्छ । कर्णाली मूर्त र अमूर्त सम्पदाको यस्तो खानी हो, जहाँको हरेक टोल र वडामा एउटा जीवित संग्राहालय छ ।” उहाँका अनुसार ॅमूर्त’ भनेको आँखाले देखिने सम्पदा हुन् भने ॅअमूर्त’ भनेको कर्णालीको समाजमा पुस्तौँदेखि लुकेर रहेको प्रतिभा, सीप र कला हुन् ।

    डा गिरीले कर्णालीका अमूल्य सम्पदाहरू देउडा, हुड्के, मारुनी, ढाल–तरबार, सिङ्गारु, लहरे सोरठी, भुओ, चम्पा, खाँडो, सारङ्गे मयूर नाच, झाम्रे, छोक्रा, सखिया र भोटे–लामा नृत्यहरूको सूची प्रस्तुत गर्दै यी सबै कलाहरू अहिले लोप हुने खतरामा रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा बाजे–बराजुले जोगाएको यो नासोलाई नयाँ पुस्तामा पुस्तान्तरण नगर्ने हो भने हामी आफ्‌नो पहिचान गुमाएका फिरन्ते बन्नेछौँ ।” प्रतिष्ठानको ऐतिहासिक पृष्ठभूमि जोड्दै उहाँले २०१४ असार ९ मा स्थापित प्रज्ञा प्रतिष्ठानले गणतन्त्रपछि मात्रै कर्णालीको दुर्गम नौमूले जस्तो विकट स्थानमा आएर स्थानीय स्रष्टाको पसिना पुछ्ने मौका पाएको बताउनुभयो ।

    प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य तथा चर्चित लोकगायिका टीका पुनले कर्णालीको सांस्कृतिक संरक्षणका लागि यस्तो कार्यपत्र र मन्थन धेरै अघि नै आउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कर्णाली कला र संस्कृतिको खानी हो । अहिले नौमूले जस्तो कला–प्रतिभाले धनी पालिकामा यो कार्यक्रम हुँदा यहाँका बासिन्दालाई मैले निकै भाग्यमानी ठानेको छु । यो अभियानलाई अब प्रदेशका हरेक पालिका, वडा र टोल–टोलसम्म पुर्‍याउनुपर्छ ।”

    कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दैलेखमा मात्रै ४३ प्रकारका अमूर्त सांस्कृतिक सम्पदाहरू अझै जीवित रहेको बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “गीत–सङ्गीतले मानिसको आन्तरिक भावनालाई मात्र बाहिर ल्याउँदैन, यसले त विश्वभर रहेका नेपालीलाई पनि कर्णालीको माटोसँग जोड्ने काम गरेको छ । प्रदेश सरकार यी अमूल्य सम्पदाको संरक्षणमा कुनै कसर बाँकी राख्ने छैन ।” नौमूले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले भौतिक पूर्वाधारसँगै कला, संस्कृति र चेतनाको विकास नै वास्तविक विकास रहेको उल्लेख गर्नुभयो ।

    प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा कार्यक्रम संयोजक एवं प्राज्ञ बखतबहादुर हमाल ‘सुवर्ण’ ले नौमूलेमा कार्यक्रम आयोजना गर्दाका चुनौतीलाई सम्झँदै भन्नुभयो, “सदरमुकामले हाम्रो महत्व बुझ्न सकेन तर जनजातिको बस्ती र प्रतिभाको खानी रहेको नौमूलेमा सिङ्गो कर्णालीका प्रतिभाहरू जर्‍याकजुरुक उठेर नाचेको देख्दा यो एउटा कोसेढुङ्गा साबित भएको महसुस भएको छ ।”

    अर्का प्राज्ञ परिषद् सदस्य कर्णबहादुर गौतम ‘विद्रोही’ ले संस्कृतिको एकताको शक्तिबारे चर्चा गर्दै भन्नुभयो, “राजनीतिले मानिसलाई विचारका आधारमा फुटाउने काम गर्छ तर संस्कृतिले सबैलाई एउटै मानवीय र जातीय सूत्रमा जुटाउँछ । यो कार्यक्रमले सिङ्गो कर्णालीलाई सांस्कृतिक रूपमा एकताबद्ध बनाएको छ ।”

    सङ्गीत विषयमा विद्यावारिधि गर्नुभएका मनबहादुर विकले कर्णालीको सङ्गीतलाई विद्यालयको पाठ्यक्रममै जोड्नुपर्ने र राजी तथा राउटे समुदायका मौलिक कलामाथि अझै गहिरो अनुसन्धान गर्नुपर्ने बताउनुभयो । वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीले राज्यले कलाकारको पहिचान र जीविकोपार्जनको सुनिश्चित गर्नुपर्ने र नृत्यलाई स्वास्थ्यसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो । जाजरकोट कुशे गाउँपालिका–५ का ७३ वर्षीय कलाकार हरिबहादुर सिंहले ३०० वर्ष पुरानो ‘खाँडो नाच’ को गौरवमय इतिहास सुनाउनुभयो । यो नाच जाजरकोटी, गोर्खाली र तिब्वतका राजाबीचको युद्धमा प्राप्त विजय र रणकौशलको प्रतीक हो । अर्कोतिर मुगुका चन्द्र बढुवालले ‘चम्पा नाच’ को मार्मिक सन्दर्भ जोड्नुभयो, जहाँ माइतीले दाइजो दिन नसकेपछि एउटी छोरीले गीत र नाचबाटै घर पक्षलाई मनाएर आफ्‌नो सुख र शान्तिको कामना गर्छिन् ।

    नौमूले–१ की टीका मगरको नेतृत्वमा रहेको महिला पञ्चेबाजा समूहले यो कार्यक्रममा एउटा नयाँ इतिहास लेख्यो । जनजाति महिलाहरूले बाजा बजाउनु हुँदैन भन्ने सामाजिक बन्धनलाई तोड्दै उनीहरू अहिले व्यावसायिक रूपमा सक्रिय छन् । कार्यक्रममा ‘भ्वाइस अफ नेपाल’की विजेता निता थापा मगरसहित स्थापित कलाकारहरू टीका पुन, विनोद विक र सपना शाहीको प्रस्तुतिले नौमूलेको माहोल उत्सवमय बनाएको थियो ।

    नौमूलेमा यही वैशाख ४ र ५ गते सम्पन्न यो सांस्कृतिक मन्थनले कर्णाली केवल अभावको भूगोल होइन, यो त सभ्यता, कला र वीरताको महा सागर हो भन्ने तथ्यलाई स्पष्ट पारेको छ । भीमबहादुर बुढाको नाटकले जस्तै कर्णालीका दुःख र संघर्षलाई कलाको माध्यमबाट विश्वसामु ‘ब्रान्डिङ’ गर्नसके यस क्षेत्रको भविष्य उज्यालो हुने निश्चित छ ।

    मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.