• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नेपालको कम्युनिस्ट आन्दोलनमा विभाजन : एक दार्शनिक विश्लेषण

"(सत्तामीमांसीय दृष्टिकोण) "

  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
  • रामप्रकाश पुरी ##

    Advertisement

    (यो लेख हिसान जर्नल, वर्ष ११, अङ्क १, डिसेम्बर २०२५ मा प्रकाशित ‘डिस्कोर्स अन स्प्लिटस् इन नेपाल्स कम्युनिस्ट मुभमेन्ट : एन अन्टोलोजिकल पर्सपेक्टिभ’ शीर्षकको लेखको सारांश हो । नेपालमा कम्युनिस्ट पार्टीहरू किन बारम्बार फुट्छन् ? के यो केवल पदको लडाइँ हो कि यसका पछाडि गहिरो दार्शनिक भिन्नता छ ? यो लेखले नेपालका प्रमुख कम्युनिस्ट घटकको ‘अस्तित्ववादी आधार’ (अन्टोलोजी) खोतल्दै उनीहरूका न्यूनतम कार्यक्रम, अधिकतम लक्ष्य र कार्यदिशाबिचको अन्तरविरोधलाई स्पष्ट पारेको छ । कम्युनिस्ट आन्दोलन बुझ्न चाहनेका लागि यो एक महत्त्वपूर्ण सामग्री हुन सक्छ । विस्तृत रूपमा यो लेख हाललाई नेप्जोल (नेपाली जर्नल अनलाइन) प्लेटफर्ममा गएर सहजतापूर्वक हेर्न सकिने छ । https://doi.org/10.3126/hisan.v11i1.92741 ठेगाना दिएर सहज रूपमा यो लेख प्राप्त गर्न सकिन्छ । यो लेख गुगल स्क्यालर, एकेडेमिका, रिसर्चगेट आदिमा पनि छिट्टै पढ्न सकिनेछ ।)

    नेपालको कम्युनिस्ट आन्दोलनभित्र देखिएको विभाजन र फुटलाई केवल ऐतिहासिक, सङ्गठनात्मक वा राजनीतिक घटनाका रूपमा मात्र नभएर एक दार्शनिक–अस्तित्वगत प्रक्रियाका रूपमा बुझ्नुपर्दछ । नेपालका कम्युनिस्ट पार्टीभित्र बारम्बार देखिने विभाजनको कारणलाई सतही, नेतृत्व सङ्घर्ष वा रणनीतिक मतभेदभन्दा गहिरो स्तरमा अर्थात् उनीहरूको “अस्तित्व र वास्तविकता” को बुझाइमा आधारित संरचनात्मक भिन्नताको रूपमा बुझ्न आवश्यक छ ।

    नेपालमा कम्युनिस्ट आन्दोलनको प्रारम्भ सन् १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको गठनसँगै भएको हो । प्रारम्भिक चरणमा यो आन्दोलन माक्र्सवादी–लेनिनवादी विचारधारामा आधारित थियो र यसले सामन्तवाद, साम्राज्यवाद तथा शोषणमूलक उत्पादन सम्बन्ध विरुद्ध वर्गसङ्घर्षलाई आफ्नो मूल आधार बनाएको थियो । यस अवधिमा आन्दोलनको सामाजिक आधार मुख्यत: किसान र मजदुर वर्गमा केन्द्रित थियो, जसले आन्दोलनलाई स्पष्ट वर्गीय चरित्र प्रदान गर्‍यो तर समयक्रमसँगै राजनीतिक, सामाजिक र अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनले आन्दोलनभित्र विविध वैचारिक व्याख्या, रणनीतिक रूपान्तरण र सङ्गठनात्मक पुनर्संरचना जन्मायो ।

    नेपालका कम्युनिस्ट पार्टीहरूभित्र देखिने गुटबन्दी व्यक्तिगत नेतृत्व सङ्घर्ष वा सङ्गठनात्मक असफलताको परिणाम मात्र नभएर यो प्रत्येक पार्टीले “वास्तविकता” लाई कसरी परिभाषित गर्छ भन्ने अस्तित्वगत भिन्नताको परिणाम हो । कुनै पार्टीका लागि वास्तविकता भनेको श्रमिक वर्गको क्रान्तिकारी सङ्घर्ष हो, जसले सशस्त्र सङ्घर्षलाई अनिवार्य ठान्छ भने केहीका लागि संसदीय लोकतन्त्र, संवैधानिक प्रक्रिया र शान्तिपूर्ण प्रतिस्पर्धा नै राजनीतिक वास्तविकता हो । यही भिन्न अस्तित्वगत दृष्टिकोणले उनीहरूको न्यूनतम कार्यक्रम, अधिकतम लक्ष्य, र राजनीतिक रणनीति निर्धारण गरेको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेकपा (माले) लगायतका प्रमुख समूहको तुलनात्मक विश्लेषणबाट स्पष्ट हुन्छ कि यद्यपि यी सबै पार्टीले अन्तत: समाजवाद वा साम्यवादलाई आफ्नो दीर्घकालीन लक्ष्यका रूपमा स्वीकार गर्छन् तर त्यो लक्ष्यमा पुग्ने बाटो, रणनीति र ऐतिहासिक व्याख्यामा गहिरो र संरचनात्मक भिन्नता विद्यमान छ । केही समूहले क्रान्तिको मुख्य साधनका रूपमा दीर्घकालीन जनयुद्ध र सशस्त्र सङ्घर्षलाई मान्छन् भने केहीले संसदीय प्रतिस्पर्धा र संवैधानिक प्रक्रियालाई प्राथमिकता दिन्छन् ।

    माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओद्वारा विकसित द्वन्द्वात्मक भौतिकवादी सैद्धान्तिक आधारमा उभिएर हेर्ने हो भने समाजलाई उत्पादन सम्बन्ध, वर्गसंरचना र ऐतिहासिक विकासको गतिशील प्रक्रियामा आबद्ध भएको देख्न सकिन्छ र वर्गसङ्घर्षलाई सामाजिक अस्तित्वको मूल आधार भएको निष्कर्ष दिन कुनै समस्या पर्दैन । नेपालजस्तो कृषिप्रधान समाजमा प्रारम्भिक अवस्थामा किसान र मजदुर वर्ग नै आन्दोलनको मुख्य आधार बने पनि समयसँगै मध्यमवर्गीय राजनीतिक नेतृत्वको प्रभाव बढ्दै गएको देखिन्छ । यस परिवर्तनले आन्दोलनको वैचारिक शुद्धता, सङ्गठनात्मक अनुशासन र रणनीतिक एकता कमजोर बनाउँर्दै गुटगत प्रवृत्तिलाई बढाएको छ ।

    नेपालको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक विकासलाई हेर्दा, यसको सामाजिक आधार निरन्तर परिवर्तनशील देखिन्छ । प्रारम्भिक चरणमा आन्दोलन किसानकेन्द्रित थियो भने पछिल्ला चरणमा सहरी मध्यमवर्गीय नेतृत्व प्रभावशाली हुँदै गएको छ । यो सामाजिक रूपान्तरणले आन्दोलनलाई वर्गीय आधारबाट टाढा धकेल्दै राजनीतिक सत्ताप्राप्तिको प्रतिस्पर्धामा केन्द्रित गर्‍यो, जसले अन्तत: वैचारिक विखण्डन र सङ्गठनात्मक फुटलाई तीव्र बनायो ।

    सङ्गठन र गुटबन्दीबिचको सम्बन्धलाई द्वन्द्वात्मक दृष्टिले नहेर्ने हो भने सङ्गठन र गुटबिचको अन्तरलाई बुझ्न सकिँदैन । सङ्गठनले एकता, संरचना, अनुशासन र निरन्तरता प्रदान गर्छ भने गुटबन्दीले आन्तरिक विरोधाभास, शक्ति सङ्घर्ष, र वैचारिक विभाजनलाई उजागर गर्छ । यी दुई तत्त्व परस्पर विरोधी होइनन् बरु एउटै ऐतिहासिक–सामाजिक प्रक्रियाका दुई द्वन्द्वात्मक पक्ष हुन् । सङ्गठनविना गुटबन्दी सम्भव हुँदैन र गुटबन्दीविना सङ्गठनको आन्तरिक सीमा र विरोधाभास प्रकट हुँदैन ।

    वर्गसङ्घर्षलाई सामाजिक अस्तित्वको आधारका रूपमा बुझ्नुपर्दछ । समाजमा उत्पादन साधनको स्वामित्वका आधारमा शोषक र शोषित वर्गको निर्माण हुन्छ, जसले निरन्तर सङ्घर्षलाई जन्म दिन्छ । यही सङ्घर्ष इतिहासको गतिशील शक्ति हो । नेपालमा पनि यही संरचनात्मक असमानताले कम्युनिस्ट आन्दोलनको प्रारम्भिक आधार निर्माण गर्‍यो तर समयक्रममा राजनीतिक शक्ति प्राप्तिको लक्ष्यले आन्दोलनलाई यसको मूल वर्गीय आधारबाट टाढा पुर्‍याएको छ, जसले गुटबन्दीलाई संस्थागत बनाएको छ ।

    सङ्गठनात्मक संरचना एउटा गतिशील र जीवन्त राजनीतिक जीवन हो, जसले विचारलाई व्यवहारमा रूपान्तरण गर्छ । सङ्गठन केवल संरचना मात्र नभएर विचार, शक्ति, र सामाजिक सम्बन्धको सक्रिय अभिव्यक्ति हो । जब सङ्गठनभित्र वैचारिक अस्पष्टता, नेतृत्व सङ्घर्ष, र रणनीतिक मतभेद उत्पन्न हुन्छ, तब गुटबन्दी अनिवार्य रूपमा देखा पर्छ । माथिको प्रसङ्गलाई सार रूपमा प्रस्तुत गर्दा अझ प्रष्टता आउनेछ :

    १. विभाजनको आधारभूत कारण

    नेपालका कम्युनिस्ट पार्टीमा हुने टुटफुट र विभाजन केवल राजनीतिक शक्तिसङ्घर्ष मात्र नभई सत्तामीमांसा अर्थात् पार्टीले समाजको वास्तविकतालाई हेर्ने दृष्टिकोणमा रहेको भिन्नताका कारण भएको हो ।

    २. सत्तामीमांसाको प्रयोग

    प्रत्येक पार्टीले ‘वास्तविक’ के हो (वर्गसङ्घर्ष, संसदीय लोकतन्त्र वा सशस्त्र विद्रोह) भन्ने कुरालाई जसरी परिभाषित गर्छन्, त्यसैले उनीहरूको न्यूनतम कार्यक्रम र राजनीतिक रणनीति तय गर्छ ।

    ३. ऐतिहासिक जग

    २००६ (सन् १९४९) सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुँदा यसको जग द्वन्द्वात्मक भौतिकवाद र वर्गसङ्घर्षमा आधारित थियो तर समयक्रमसँगै यसका व्याख्या बदलिँदै गए ।

    ४. वर्गआधारको परिवर्तन

    सुरुवाती चरणमा किसान र मजदुर वर्गलाई मुख्य आधार मानिएको भए तापनि पछिल्ला समयमा मध्यमवर्गीय महत्त्वाकाङ्क्षा र राज्यसत्ता प्राप्तिको होडले गर्दा कम्युनिस्ट आन्दोलनमा वैचारिक विचलन आएको देखिन्छ ।

    ५. सङ्गठन र गुटबन्दीको सम्बन्ध

    सङ्गठनले एकता र निरन्तरताको प्रतिनिधित्व गर्छ भने गुटबन्दी वा विभाजनले सङ्गठनभित्रका अन्तर्विरोधलाई उजागर गर्छ । यी दुवै एकअर्कासँग द्वन्द्वात्मक रूपमा जोडिएका छन् ।

    ६. रणनीतिक भिन्नता

    नेकपा (मसाल), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा (माले) आदिले सर्वहारा नेतृत्व र दीर्घकालीन सशस्त्र सङ्घर्षलाई जोड दिन्छन् भने नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादी (अहिले नेपाली कम्युनिस्ट पार्टी) आदिले संवैधानिक प्रक्रिया र शान्तिपूर्ण प्रतिस्पर्धालाई प्राथमिकता दिन्छन् ।

    ७. न्यूनतम र अधिकतम लक्ष्य

    सबैजसो कम्युनिस्ट पार्टीको अन्तिम लक्ष्य साम्यवाद भए तापनि त्यहाँसम्म पुग्ने बाटो (नयाँ जनवाद, जनताको बहुदलीय जनवाद वा वैज्ञानिक समाजवाद) मा ठुलो मतभेद छ ।

    ८. सत्ता र शक्तिको प्रभाव

    सहरी मध्यम वर्गको बढ्दो प्रभाव र संसदीय शक्तिको चाहनाले क्रान्तिकारी चेतनालाई कमजोर बनाउँदै गुटबन्दीलाई प्रोत्साहन गरिरहेको अध्ययनले देखाउँछ ।

    निष्कर्ष यो हो कि नेपालका कम्युनिस्ट आन्दोलनमा देखिने विभाजन र गुटबन्दी कुनै अस्थायी वा आकस्मिक राजनीतिक समस्या होइन बरु यो आन्दोलनको अस्तिवगत संरचनाभित्रै निहित एक स्थायी र अनिवार्य प्रक्रिया हो । विभिन्न पार्टीले समाज, सत्ता र क्रान्तिको वास्तविकतालाई फरकफरक रूपमा बुझ्दा नै विभाजन उत्पन्न हुन्छ । त्यसैले गुटबन्दीलाई आन्दोलनको असफलता होइन, यसको आन्तरिक संरचनात्मक, दार्शनिक र ऐतिहासिक विशेषता आन्तरिक अस्तित्वगत अवस्थाका रूपमा बुझ्नुपर्छ ।

    आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.