• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बिदाई २०८२—स्वागत २०८३


  •   मङ्गलबार, बैशाख ०१, २०८३ मा प्रकाशित
    • प्रकाश थापामगर

    २०८२ साल हामीमाझ बाट बिदा भएको छ, त्यससँगै २०८३ सालको आगमन भएको छ । स्वागत २०८३ साललाई र बिदाई २०८२ साललाई । आशा गरौँ, २०८३ साल राम्रो हुनेछ । त्यसले पुराना गल्तीकमजोरी वा त्रासदीलाई त्यही रूपमा दोहोर्‍याउने छैन । भनिन्छ, इतिहास दोहोरिँदैन बरु नयाँ रूपमा पुनरावृत्ति हुन्छ । मानव जातिको हालसम्मको ऐतिहासिक शिक्षाको आधारमा हामी यति तथ्यलाई अवश्य पनि स्वीकार्न सक्छौँ ।

    Advertisement

    २०८२ साल निरपेक्ष प्रकारले राम्रो थिएन । पक्कै पनि त्यसको अर्थ हालसम्मको इतिहासमा यो वर्ष सबैभन्दा खराब थियो भन्ने पनि होइन । नेपाली जनताले यसभन्दा कैयौँ क्रुर र त्रासदीयुक्त समय पनि व्यहोरिसकेका छन् र यो पनि ग्यारेन्टी गर्न सकिन्न : अबको समय सुखद नै हुनेछ । त्यसको अर्थ यो हो, समय आफैमा सुखद वा त्रासदीयुक्त हुँदैन, त्यसलाई मानवजातिले नै आफूअनुकूल बनाउँछन् ।

    पछिल्लो साल सुरु हुँदा देशमा प्रतिनिधिसभाको अङ्कगणितअनुसार शक्तिशाली सरकार थियो । २०७९ सालको आमनिर्वाचनबाट तेस्रो क्रममा आइपुगेको तत्कालीन माओवादीले चरम पदलोलुपता देखाएपछि दुई ठुला दल कङ्ग्रेस र एमालेले सरकार बनाएका थिए तर उनीहरूले सुशासन कायम गर्न सकेका थिएनन् । फलस्वरूप जनअसन्तोष चरमचुलीमा पुगेको थियो ।

    त्यसलाई उपयोग गर्न देशीविदेशी प्रतिक्रियावादी शक्तिले प्रयास गरिरहेका थिए । त्यसको ट्रेलर २०८१ चैत १५ गते देखा परिसकेको थियो । फेरि पनि तत्कालीन सरकारले आफूप्रति विरोधको चरमावस्थालाई महसुस गर्न सकेन । २०८२ भदौमा सरकारले संसद्बाट कानुन नबनाईकन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएपछि कुशासन विरुद्धको आक्रोशले विषयान्तर गरिदियो । फलस्वरूप भदौ २३–२४ को जेनजी परिघटना अगाडि आयो ।

    पक्कै पनि जेनजी आन्दोलनका दुईओटा पाटा थिए : पहिलो दिन कुशासन विरुद्ध असन्तोष प्रकट भएको थियो भने दोस्रो दिन देश र जनता विरोधी शक्तिहरूले राष्ट्रव्यापी विध्वंस मच्याएका थिए । पहिलो दिन नै १९ जनाको प्रहरीको गोलीद्वारा मृत्यु भयो भने दोस्रो दिन राष्ट्रिय धरोहर र ऐतिहासिक सामग्री ध्वस्त भए । यो आन्दोलनको फलस्वरूप बलियो भनिएको सरकारको पतन भयो ।

    असंवैधानिक प्रकारले प्रतिनिधिसभाभन्दा बाहिरबाट प्रधानमन्त्री चयन गरियो र तिनै असंवैधानिक प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरियो । त्यसका बाबजुद संवैधानिक प्रावधानअनुरूप छ महिनाभित्र पर्ने गरी फागुन २१ गते चुनाव घोषणा गरियो । त्यो चुनावले देशमा साम्राज्यवादी र प्रतिगामी शक्तिपरस्त तङ्खवलाई करिब दुईतिहाइ बहुमत प्रदान गर्‍यो । चैत १३ गतेदेखि देशमा रास्वपाको सरकार छ तर त्यो सरकारले राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र लोकतन्त्ररक्षाको सन्दर्भमा कुनै गलत कदम उठाउने त होइन भनेर नेपाली जनता सन्त्रस्त बन्नुपर्ने अवस्था छ ।

    २०८३ सालमा पनि भदौ २३–२४, फागुन २१ र चैत १५ आउनेछन् तर हामी आशा गरौँ, ती दिनसित सम्बन्धित त्रासदीको पुनरावृत्ति हुने छैन । समग्र रूपमा इतिहास अग्रगामी दिशामा अघि बढ्छ । फेरि पनि जनताका प्रत्येक कदम सही हुँदैनन् अथवा राम्रो आसयका साथ गलत निर्णय पनि हुन्छन् । २०६४ सालको चुनावमा जनताले तत्कालीन माओवादी, जो युद्धबाट आएको थियो, जातिवादी तथा क्षेत्रीयतावादीलाई बहुमत दिएका थिए; २०७४ सालमा तत्कालीन नेकपालाई पनि प्रष्ट बहुमत दिएका थिए तर उनीहरूले जनतालाई निराश बनाए ।

    गत साल पनि तत्कालीन कङ्ग्रेस–एमाले सरकारको कुशासन विरुद्ध अहिले जनताले गलत निर्णय गर्न पुगेका छन् तर जनताको चेतनाको आधारमा समयले पुराना गल्ती सुधार्नेछन् । अहिलेको चुनावद्वारा जसरी विचारविहीन, असङ्गठित शक्तिलाई सत्तारूढ गराइएको छ, त्यसको गलत क्रियाकलापसँगै जनताले पुरानो गल्ती सच्याउनेछन् । नयाँ वर्ष २०८३ ले जनतालाई फेरि एकपटक सही र गलतलाई छुट्याउने चेतना प्रदान गर्नेछ ।

    मङ्गलबार, बैशाख ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.