• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

बुढानीलकण्ठ नगर अस्पतालले मनायो दोस्रो वार्षिकोत्सव


  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्द शर्मा, काठमाडौँ ।

    Advertisement

    बुढानीलकण्ठ नगर अस्पतालले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ ।

    बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरको प्रमुख आतिथ्यमा २०८२ चैत ३० गते सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    नगरप्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष मिठाराम अधिकारीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै प्रमुख अतिथि थापामगरले यस आर्थिक वर्षमा सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

    आधारभूत स्वास्थ्यसेवा दिने अस्पतालले आमजनतालाई प्रभावित गर्ने बताउँदै उहाँले नगर अस्पताल पनि सोही श्रेणीमा परेको बताउनुभयो ।

    उहाँले क्रमश: नगर अस्पतालले आफ्ना सेवा वृद्धि गर्दै जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा वरिष्ठ मुटुरोग डा. भगवान कोइरालाले नगर अस्पतालको मातहतमा नगरभित्रका अन्य प्राथमिक स्वास्थ्य सेवालाई समेट्न सुझाव दिनुभयो ।

    वीर अस्पतालका कार्यकारी निर्देशक डा. भूपेन्द्र बस्नेतले नगर अस्पताल सबल बन्दा सङ्घीय अस्पतालको चाप कम हुने धारणा राख्नुनभयो ।

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले स्वास्थ्योपचारलाई प्राथमिक मानवीय आवश्यकताको रूपमा लिनुपर्ने बताउनुभयो ।

    नगर उपप्रमुख अनिता लामाले बुढानीलकण्ठ नगर अस्पतालले गत दुई वर्षमा राम्रो प्रगति गरेको बताउनुभयो ।

    पूर्व नगरप्रमुख उद्धव खरेलले नगर अस्पतालले सेवाग्राहीको विश्वास जित्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा अध्यक्ष अधिकारीले पालिकाले वडा नं. ४ र ७ मा स्वास्थ्य सर्वेक्षण सम्पन्न गरिसकेको जानकारी दिँदै अन्य वडामा पनि सर्वेक्षण अगाडि बढाइने बताउनुभयो ।

    अस्पतालका कार्यकारी निर्देशक डा सुधांशु झाको स्वागत मन्तव्यसँगै अघि बढेको उक्त कार्यक्रममा लेखा शाखाका प्रमुख मीनराज खड्काले सञ्चालन गर्नुभएको थियो ।

    अस्पतालको प्रगति विवरण प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद पोखरेलले प्र्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा अस्पतालकै कर्मचारी राधिका ढकालले स्वागत गीत गाउनुभएको थियो ।

    कार्यक्रमको अन्ततिर प्रमुख अतिथि र अन्य अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    सो अवसरमा नगरप्रवक्ता तथा १० नं. वडाका अध्यक्ष नवराज भट्टराईसँगै विभिन्न वडाका अध्यक्ष, वडासदस्य, विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि, अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी तथा सेवाग्राहीसमेतको उपस्थिति रहेको थियो ।

    नगर अस्पतालले गत २०८२ वैशाख १ गतेदेखि सेवा सुरु गरेकोमा आज दोस्रो वार्षिकोत्सव मनाएको हो ।

    अस्पतालका अनुसार दैनिक तीन जना सेवाग्राहीबाट स्वास्थ्य सेवा सुरु भएकोमा सो सङ्ख्या अहिले दैनिक तीन सय बढी पुगेको छ ।

    अस्पतालमा अहिले ७३ जना कर्मचारी छन् । सेवाग्राहीमध्ये ९५ प्रतिशत स्वास्थ्यबिमाका रहेको पनि बताइएको छ ।

     

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.