• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

साम्राज्यवादले नै चुनाव गरायो र सफलता पनि पायो : थापा


  •   शनिबार, चैत २८, २०८२ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापाले गत फागुन २१ गते साम्राज्यवादले आफ्नो इन्ट्रेस्टमा चुनाव गराएको र त्यसमा सफलता पनि पाएको दाबी गर्नुभएको छ ।

    Advertisement

    राजमो दाङ क्षेत्र नम्बर २ ले २०८२ चैत २७ गते शनिबार घोराहीमा आयोजना गरेको चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    ‘२०८२ साल फागुन २१ गतेको चुनाव विशेष परिस्थितिमा अमेरिकी साम्राज्यवादको इन्ट्रेस्टमा भएको थियो’ उहाँले भन्नुभयो– ‘चुनावको मतपरिणाम पनि अमेरिकी साम्राज्यवादकै पक्षमा आएको छ बरु आज हाम्रो देशले नै हारेको स्थिति सिर्जना भएको छ ।’

    राजमोले आफ्ना साम्राज्यवाद विरोधी चुनावी एजेन्डा बोकेर जनताका बिचमा गएको तर कथित पुराना पार्टीहरूप्रति जनतामा आएको वितृष्णाको लपेटामा आफ्नो सङ्गठन पनि परेको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो– ‘पुराना सबै गलत हुन् भन्ने भ्रम र भाष्य जनतामाझ स्थापना गरियो । त्यसको प्रभावमा हामी पनि पर्‍यौँ ।’

    मन्तव्यको क्रममा उहाँले आफ्नो लक्ष्यप्राप्तिका लागि चुनावमा सिआइएको अहम भूमिका रहेको उहाँको विश्लेषण थियो ।

    ‘पुरानाको विरुद्धमा नयाँको पक्षमा भन्ने भाष्य निर्माण गरियो । फलस्वरूप देशमा अमेरिकी साम्राज्यवादको कठपुतली सरकार निर्माण हुन पुग्यो’ उहाँले जिकिर गर्नुभयो ।

    आफ्ना कार्यकर्तालाई चुनावको परिणामबाट निराश नहुन आग्रह गर्दै उहाँले आफ्नो पार्टी वैचारिक रूपले प्रस्ट हुँदै अगाडि बढ्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘अब हामी जनताका बिचमा यो राष्ट्र बचाउनका लागि योजनाबद्ध तरिकाले नीति र विचार बोकेर लाग्नेछौँ ।’

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेल, अखिल (छैठौँ) का केन्द्रीय सदस्य तथा दाङका अध्यक्ष सेवक भट्टराई, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष सुरेशकुमार पाण्डे, राजमो दाङका सहसचिव कृष्णा राना र राजमो जिल्ला समितिका सदस्य मेघराज भट्टराईले मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै राजमो घोराही नगर समितिका अध्यक्ष मनिराम खनाल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का पूर्व दाङ जिल्ला अध्यक्ष मिनुप्रसाद सुवेदी, जातीय समता समाज दाङका जिल्ला अध्यक्ष सूर्यलाल नेपाली, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) दाङका सचिव कमल पन्थी, अखिल नेपाल जनजाति सम्मेलन दाङका सचिव मङ्गल घर्ती, सम्मेलनकै जिल्ला समितिका सदस्य भौना चौधरी, अखिल नेपाल महिला सङ्घ दाङकी सदस्य तथा घोराही नगर अध्यक्ष हेमा पोखरेललगायतले पनि चुनावमा राजमोले खेलेको भूमिका र अनुभव प्रस्तुत गर्नुभएको थियो ।

    चुनाव परिचालन समितिका संयोजक रामबहादुर जिएमको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा स्वागत मन्तव्य नगर उपाध्यक्ष चन्द्रबहादुर राउतले तथा सहजीकरण नगर सचिव बलदेव विकले गर्नुभएको थियोे ।

    शनिबार, चैत २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.