काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।
ठाकुरलाई उपसभामुख बनाउन श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रस्ताव पेस गरेका थिए भने अशोककुमार चौधरी र अम्बिकादेवी संग्रौलाले उक्त प्रस्तावलाई समर्थन गरेका थिए ।
राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए, जसमा ताहिर अलि भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गरेका थिए ।
छलफलमा नेपाली कांग्रेसकी बासना थापा, नेकपा (एमाले)का मोहम्मद इस्तियाक राई र नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्लले भाग लिएका थिए ।
रुबीको पक्षमा २२९ सांसदले मतदान गरेका थिए भने उक्त प्रस्तावको विपक्षमा ५ सांसदले मतदान गरेका थिए । २२ सांसदले पक्ष र विपक्ष कतै पनि मतदान गरेनन् ।
उपसभामुखमा निर्वाचित ठाकुर श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेकी थिइन् । रुबीलाई सत्तासिन पार्टी रास्वपाले समर्थन गरेको हो । पहिले सत्तासिन पार्टीले राप्रपालाई समर्थन गर्ने सहमति भएको चर्चा मिडीयामा चुलिएको थियो । तर अन्तिममा सो पार्टीले आफ्नो सहमतिमा अडिग रहन सकेन । योसँगै रबीको रोशनीमा रुबी चम्किएकी छिन् ।