• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

१५ विद्यार्थी सङ्गठनको घोषणा : विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारको निर्णय आजैदेखि खारेज


  •   शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    अखिल (छैठौं) सहितका १५ विद्यार्थी सङ्गठनले विद्यालय/विश्वविद्यालयबाट दलीय विद्यार्थी सङ्गठन खारेज गर्ने घोषणालाई आजैका दिनदेखि खारेज गरेको घोषणा गरेका छन् ।

    प्रसिद्ध ‘जयतु संस्कृतम्’ आन्दोलनको शालिकअगाडि २०८२ चैत २७ गते शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो घोषणा गरेका हुन् ।

    काठमाडौँ जमलस्थित तीनधारा पाठशालामा आयोजित कार्यक्रममा मन्तव्य राख्दै अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले परिवर्तनका प्रत्येक आन्दोलनको सहयात्री विद्यार्थी आन्दोलन रहेको स्पष्ट पार्नुभयो ।

    बालेन सरकारतर्फ प्रश्न सोझ्याउँदै उहाँले भन्नुभयो– ‘नेपालका प्रत्येक परिवर्तनको सहयात्री हामी विद्यार्थी सङ्गठन र विद्यार्थी आन्दोलन हौँ । हामी नै किन प्रतिबन्धित हुनुपर्ने ?’

    विद्यालयभित्र मात्रै होइन, देशको राजनीतिक आन्दोलनमा समेत सङ्कट पर्दा विद्यार्थी आन्दोलनको खोजी हुने गरेको उहाँले बताउनुभयो ।

    ‘अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण महँगी बढेको छ’ उहाँले भन्नुभयो– ‘यतिखेर नेपाली जनताले विद्यार्थी आन्दोलन कहाँ छ भनेर खोजिरहेका छन् । यसबाट स्पष्ट हुन्छ विद्यार्थी सङ्गठन जनताको पनि आवश्यकता हो ।’

    जेनजी आन्दोलनमा बार्बरा फाउन्डेसन, टिओबी, फ्री तिब्बत, हामी नेपालीजस्ता सङ्गठनको प्रत्यक्ष सहभागिता हुने तर विद्यार्थी सङ्गठनलाई प्रवेश निषेध गरिएको प्रसङ्ग उठाउँदै उहाँले अहिले तिनै शक्तिले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन खोजेको स्पष्ट पार्नुभयो ।

    अखिल (क्रान्तिकारी) का अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले स्ववियु खारेजीसम्बन्धी सरकारको निर्णयलाई १५ विद्यार्थी सङ्गठनले आजैको मितिदेखि खारेज गरिएको घोषणा गर्नुभयो ।

    ‘यदि बालेन सरकारले आफूलाई श्री ३ बन्ने प्रयास गर्दछ भने जसरी जयतु संस्कृतम आन्दोलनले सबै खाले निरङ्कुशतालाई खारेज गरेको थियो, त्यही अवस्था यो सरकारको हुनेछ’ उहाँले भन्नुभयो ।

    विद्यार्थीबाट पनि कुनै कमजोरी भएका छन् भने त्यसको छानबिन गर्न आग्रह गर्दै उहाँले विचारको आधारमा सङ्गठित हुन पाउने मौलिक अधिकारलाई कुण्ठित गर्न नमिल्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘यदि बालेन सरकारले आफूलाई निर्दलीय सरकार मान्दछ भने यसको दिनगन्ती आजैबाट सुरु हुन्छ ।’

    नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी सङ्गठनको स्वतन्त्रता बन्देज गर्ने सरकारको निर्णय विरुद्ध आफूहरूले देशव्यापी आन्दोलन घोषणा गरेको बताउनुभयो ।

    प्रधानमन्त्री बालेन शाहलाई ‘श्री ३’ को संज्ञा दिँदै उहाँले बहुमतको आधारमा नेपाली जनतासित खेलाँची नगर्न तथा सामाजिक सञ्जालमा स्टन्ड वा लाइक/भ्युजको फन्डामा नरमाउन आग्रह गर्नुभयो ।

    उहाँले नयाँ सरकारको गतिविधिबाट देशमा अधिनायकवादी शासन कायम हुन थालेको हो कि आशङ्का व्यक्त गर्नुभयो ।

    अनेरास्ववियुका अध्यक्ष दीपक धामीले पनि प्रधानमन्त्रीलाई ‘बालेन्द्र महाराज’ को संज्ञा दिँदै मिडिया ट्रायल गरेर देशलाई निरङ्कुशतातर्फ फर्काउने दुस्साहस नगर्न आग्रह गर्नुभयो ।

    ‘हामीलाई लाग्छ, अहिले बनेको सरकार पनि दलीय सरकार नै हो’ उहाँले भन्नुभयो– ‘एउटा दलीय सरकारले दलसम्बद्ध विद्यार्थी सङ्गठनलाई प्रतिबद्ध लगाउनु अनुचित छ ।’

    विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउनुको सट्टा शैक्षिक संस्थाले तयार पारेको प्रमाणपत्र सिरानीमुनि राख्ने स्थितिमा कसरी पुग्यो भन्नेबारे विचार गर्न उहाँले सरकारसित आग्र्रह गर्नुभयो ।

    अखिल (समाजवादी) का संयोजक नरेन्द्र सीले सरकारको सय बुँदे कार्यसूचीको ८६ नम्बर बुँदाबाट फासिवादको सङ्केत देखा परेको बताउनुभयो ।

    अमेरिकी दूताबासले युथ काउन्सिलको सदस्यता खोल्ने तर विद्यार्थी सङ्गठनलाई खारेज गर्ने नीति राष्ट्रविरोधी भएको उहाँको भनाइ थियो ।

    ‘देशमा अमेरिकी युथ काउन्सिलजस्तै भोलि रसियन, चाइनिज, इन्डियन आदि युथ काउन्सिल खोल्ने तर विद्यार्थी सङ्गठन वा स्ववियुलाई भने खारेज गर्ने हो भने के होला ?’ उहाँले भन्नुभयो– ‘यसरी त देश विदेशीको नियन्त्रणमा जानेछ । यस्तो अवस्था आउन दिन सकिँदैन ।’

    अखिल (क्रान्तिकारी) का अध्यक्ष वीरेन्द्र शाहले जयतु संस्कृतम् आन्दोलनको शालिकलाई साक्षी राखेर १५ विद्यार्थी सङ्गठनले आन्दोलन घोषणा गर्नुको अर्थ परिस्थितिले मागेको खण्डमा आफूहरू बलिदानका लागि तयार हुनु भएको बताउनुभयो ।

    गत कालका विभिन्न निरङ्कुश शासन विद्यार्थी आन्दोलनकै कारण ढलेको स्पष्ट पार्दै उहाँले यदि बालेन सरकारले पनि निरङ्कुशता अपनाउन खोज्छ भने त्यसका विरुद्ध पनि आफूहरूले आन्दोलन चलाउने घोषणा गर्नुभयो ।

    आफूहरूले देशैभरिका गरिब किसान मजदुरले अध्ययन गर्ने सरकारी विद्यालयबाट राजनीति सिकेको स्पष्ट पार्दै उहाँले भन्नुभयो– ‘हामीलाई बार्बरा फाउन्डेसन, अमेरिकी युथ काउन्सिल, हामी नेपालीबाट राजनीति सिक्नु छैन ।’

    उहाँले विद्यार्थीलाई कलम बोक्न दिनुपर्ने, त्यसका विपरीत बन्दुक बोक्न बाध्य पारियो भने त्यसको परिणाम सरकारले नै विचार गर्नुपर्ने बताउनुभयो ।

    वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष हिमांशुले आफूहरू विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी निर्णयबाट नआत्तिएको स्पष्ट पार्नुभयो ।

    ‘जबसम्म देशको शिक्षा क्षेत्रमा विभिन्न विकृति, विसङ्गति, बेथिती रहन्छ, तबसम्म विद्यार्थी सङ्गठन र विद्यार्थी आन्दोलनको औचित्य रहिरहनेछ’ उहाँको भनाइ थियो ।

    शिक्षा क्षेत्रमा अहिले पनि विकृति, विसङ्गति रहेको बताउँदै उहाँले प्रधानमन्त्रीको कालो चस्माले त्यसलाई देख्न नसक्नु विडम्बनापूर्व रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘निलो घण्टीका साथीहरूलाई हामी भन्छौँ, तपाईंहरूभित्र देखा परेको कालो घण्टीका विरुद्ध हामी लड्न तयार छौँ । यो कुरा उनीहरूलाई सम्झाइदिनुस् ।’

    अखिल (क्रान्तिकारी) का अध्यक्ष महेश श्रेष्ठले विद्यार्थी सङ्गठन विद्यालयभित्र र विद्यालयबाहिरका विभिन्न बेथितीका विरुद्ध सङ्घर्ष गर्न क्रियाशील रहेको बताउनुभयो ।

    ‘जब स्कुलभित्र लाइब्रेरीमा किताब हुन्न, ल्याबोरेटरीमा आउडेटेड केमिकल्स हुन्छ’ उहाँले भन्नुभयो– ‘त्यति बेला हामी बोल्छौँ । त्यति बेला विद्यार्थी सङ्गठनको आवश्यकता रहन्छ । विद्यार्थी आन्दोलन प्र्र्रश्न गर्ने आन्दोलनन हो ।’

    उहाँले बालेन सरकारसित विद्यार्थीसित निहुँ खोज्नेभन्दा पनि सहकार्य गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

    विद्यार्थी र विद्यार्थी सङ्गठन नयाँ सरकारलाई कैयौँ विषयमा सघाउन सक्ने तर सङ्गठन नै खारेज गर्ने कुरा भने सह्य नहुने उहाँको भनाइ थियो ।

    नेविसङ्घका केन्द्रीय सदस्य साजन तामाङको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा टङ्क पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    विद्यार्थी नेता गोविन्द पराजुलीले प्रेसवक्तव्य वाचन गर्नुभएपछि कार्यक्रममा अर्का विद्यार्थी नेता समीर रिजालले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको समापन अखिल (क्रान्तिकारी) की रूपा बुढामगरले गर्नुभएको थियो ।

    शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.