काठमाडौँ । अस्थिरताको भुमरीमा बालेन सरकार देखिन थालेको छ । ११ दिन नपुग्दै मन्त्रीहरूको मर्यादाक्रममा हेरफेर गरेका प्रधामन्त्री बालेनले १३ दिनमा मन्त्री नै हटाउँदैछन् ।
‘विवादको भारी बोकेर म बस्न सक्दिन’ भन्दै विवादमा मुछिएका मन्त्री दीपककुमार साहलाई प्रधानमन्त्रीले शाहले पदबाट हटाउने आन्तरिक तयारी थालेको समाचार चर्चामा आएको छ ।
मन्त्री दीपककुमार शाहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डमा पुनः नियुक्त गरिएको, राजनीतिक जीवनमा नआउँदै एमबीबीएसमा नाम निकाल्दिने भन्दै पैसाको लेनदेन गरेको विषयमा स्वार्थ बाझिएको र सुशासनको धज्जी उडाएको भन्दै आलोचना बढेपछि प्रधानमन्त्री शाहले हटाउने तयारी गरेको खुलेको छ ।
प्रधानमन्त्री बालेनकै सिफारिसमा तेस्रोमा रहेका गृहमन्त्री सुधन गुरुङ ५औँ नम्बरमा र मर्यादाक्रमको अन्तिममा रहेकी सीता बादीलाई आठौँमा मर्यादाक्रम तयरेका थिए ।