ललितपुर । नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डद्वारा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा अस्विन थापा प्रथम भएका छन् ।
एक विशेष समारोहकाबिच दशौँ स्वास्थ्य बीमा दिवस २०८२ चैत २५ गतेका दिन कार्यक्रमका प्रमुख अतिथि माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री दिपक कुमार साहज्यूको प्रमुख आतिथ्यतामा तपाईंको स्वास्थ्य, हाम्रो अठोट भन्ने मूल नाराका साथ सो कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा स्वास्थ्य बीमाको प्रचारप्रसार तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित टिकटक तथा फेसबुक भिडियो प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
प्रतियोगितामा आफ्नो उत्कृष्ट सिर्जनशीलता प्रस्तुत गर्दै (अस्विन थापा) ले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ भने उहाँले पुरस्कार स्वरूप नगद ५०,००० रुपैयाँ प्राप्त गर्नुभएको छ।
त्यसैगरी, (मधुमल्ला अस्पताल) ले द्वितीय स्थान प्राप्त गर्दै नगद ३०,००० रुपैयाँ हात पारेको छ भने (आनन्द बराल) ले तृतीय स्थान सुरक्षित गर्दै नगद २०,००० रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ।
ती सबै विजयी सहभागीहरूलाई पुरस्कार राशि र सम्मान पत्र प्रदान मन्त्री साहले गर्नुभएको थियो ।
स्वास्थ्य बीमा सम्बन्धी सन्देशलाई प्रभावकारी रूपमा जनसमुदायमा पुर्याउन डिजिटल माध्यमको प्रयोग गरेर उत्कृष्ट योगदान दिएकोमा विजेताहरूको उच्च कदर गर्नुभयो।
कार्यक्रममा बोल्दै मन्त्री साहले नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो। स्वास्थ्य बीमा बोर्डले गत चैत २ गते सूचना प्रकाशित गरी यस प्रतियोगिताको आह्वान गरेको थियो, जसमा देशभरका धेरै सहभागीहरूले बीमाको महत्व झल्काउने भिडियोहरू निर्माण गरेका थिए।
