काठमाडौं । काठमाडौंमा बिहीबार राति युवतीलाई तेजाब छर्केर भाग्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमद छन् ।
Advertisement
उनीहरू हाल डल्लु बस्ने र कालिगढको काम गर्ने गरेको प्रहरीले जनाएको छ । युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएको रिसमा एसिड छ्यापेको उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन् ।
उनीहरुले बिहीबार राति काठमाडौंको नागार्जुन नगरपालिका–४, सिर्जनशील टोलमा एक युवतीलाई तेजाब छ्यापेर भागेका थिए । युवतीमाथि ट्वाइलेट सफा गर्ने एसिड छ्यापिएको प्रहरीले जनाएको छ ।
तेजाब फालिएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति नै अस्पताल भर्ना गरिएको थियो । उनको अवस्था सामान्य छ ।
काठमाडौंको बाफलमा युवतीमाथि एसिड आक्रमण