काठमाडौं । नेपाल पत्रकार महासंघको टोली आइतबार सञ्चार मन्त्रालयमा पुगेको छ । टोलीले पुल्चोकस्थित मन्त्रिनिवासमा पुगेर सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङसँग भेटघाट गरेको छ ।
Advertisement
पत्रकारहरूले भोगिरहेका समस्याबारे महासंघको टोलीले मन्त्री गुरुङलाई जानकारी गराएका थिए ।
भेटमा मन्त्री गुरुङले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न सरोकारवालाहरूसँग सहकार्य गरेर अघि बढ्ने आश्वासन दिएको भेटमा सहभागी महासंघका एक पदाधिकारीले जानकारी दिए । मन्त्रीसँगको भेटवार्तामा पत्रकार महासंघका गोविन्द आचार्य, दिलिप थापामगर, रमेश विष्ट, रामप्रसाद दाहाल, रेमबहादुर विश्वकर्मा तथा राजेश मिश्रलगायतको सहभागिता थियो ।
