• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

नयाँ पुस्ता : व्यवस्था बदल्नेमा लागेन, प्राथमिकता बा नै बदल्ने भयो


  •   मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
  • लक्ष्मण बेलबासे ##

    Advertisement

    दुई पुस्ताको अन्तरसङ्घर्ष चलिरहेको छ । एक पुस्ता, जसले हुर्कंदै गर्दा भुटेको मकै गोजीमा राखेर घर बेसी झर्‍यो; जुत्ता लाउन पाएन; एक गाग्री पानीको लागि आधी घण्टा पँधेरामा कुर्‍यो र आधी घण्टा गाग्री डोकोमा बोकेर घर पुर्‍यायो† ऊ घाँस काटेर स्कुल जान्थ्यो, फर्केर डल्ला ढोक्न बारीमा जान्थ्यो । फलफूल जङ्गलमा जे पाक्थ्यो, त्यही खान्थ्यो । नयाँ कपडा फेर्न र मासु खान दशैँ कुथ्र्यो । मनोरञ्जनका लागि देउसीभैलो आउनुपथ्र्यो । कहिलेकाहीँ सत्यनारायणको पूजामा जमघट हुन्थ्यो । खेलकुद डन्डीबियो खेल्थ्यो । पौडी खेल्न बेसी झथ्र्यो ।
    यही पुस्ता छोइछिटो गथ्र्यो, मालिक भेट्दा जदौ पनि । “मर्दका दशोटी” सामाजिक उखान सुन्थ्यो । अङ्ग्रेजी बोले जात जान्छ भन्दा भन्दै अङ्ग्रेजी पढाउने सरको इज्जत गथ्र्यो । यही पुस्ताले थुप्रै देख्यो र भोग्यो पनि । माक्र्सवाद पढ्यो । लेनिनवाद पढ्यो । माओ र गान्धी भेट्यो । अमेरिकी क्रान्ति पढ्यो । फ्रान्स क्रान्ति सुन्यो । भारत छोड आन्दोलन महसुस गर्‍यो ।

    समाजमा व्याप्त अन्धविश्वास, विभेद, उत्पीडन, अन्याय र अत्याचार देख्यो र भोग्यो । यही पुस्ता समाजलाई जगाउँदै, चेतना भर्दै, दासप्रथा विरुद्ध लड्यो, राणाशासन विरुद्ध लड्यो, पञ्चायतका विरुद्ध लड्यो । जेलनेल सर्वस्वहरण सबै झेल्यो तर निरन्तर सङ्घर्ष गरिरह्यो । जनता मा चेतना भरिरह्यो ।

    कहिले जङ्गलमा भोकै सुत्यो, कहिले खाली खुट्टा हिँड्यो । सहिद हुन गोली थाप्यो । जिन्दगीका अमूल्य दिन जेलभित्रै गुजार्‍यो तर पनि सम्झौताहीन लडाइँ जारी राख्यो । हार्नु उसलाई थिएन । हरेक लडाइँ जितेरै छाड्यो । हुकुमप्रमाङ्गीको अन्त्य गरेरै छाड्यो । जनताको शासन ल्याएरै छाड्यो । जनताको सरकार जनताले चुन्ने व्यवस्थाको निर्माण गरेरै छाड्यो । जनताको लागी जनताद्वारा लिखित कानुनको व्यवस्था गर्‍यो ।

    अब व्यवस्था बदल्नका लागि सन्तानले जेल बस्नुपर्ने छैन । कसैको आवाज बन्द हुने छैन । कुनै पनि जातीय क्षेत्रीय, लैङ्गिक विभेदको सिकार हुनुपर्ने छैन । सबैका अधिकार कानुनले सुरक्षित गर्नेछ । सन्तान स्वन्तन्त्र चराजस्तै भयरहित वातावरणमा विचरण गरेको देखेर पनि सन्तोष मानेका छैनन्, सङ्घर्ष जारी छ बा पुस्ताको ।

    नयाँ पुस्ता हुर्कंदै गयो । यो पुस्ता अब बा पुस्ता भयो । नयाँ पुस्तालाई कुनै राजनीतिक लडाइँ लड्नुपरेन । बोल्न, लेख्न स्वतन्त्र यो पुस्ता आफ्ना अधिकार प्रयोग गर्न स्वतन्त्र थियो ।

    ऊसँग खाली खुट्टा बेसी पुगेको, पँधेरोबाट पानी बोकेको, गोरुभैँसी चराएको, दाइका किताब भाइले पढेको, सुकुल बिछ्याएर विद्यालयमा पढेको—यो पुस्तालाई किंवदन्ती लाग्न सक्छ । यही बा पुस्ताले लुकीलुकी पढ्यो । देशभित्र शोषण देख्यो, अन्याय देख्यो, विभिन्न खालका उत्पीडन र विभेद देख्यो । यसका विरुद्ध जनतालाई गोलबन्द गर्दै मुक्तिको बाटोमा हिँड्यो, मुक्ति दिलायो । “यी औँला यिनै हुन्, पिनले खोपेका, पैताला यिनै हुन् जिउँदै पोलेका” भन्दै सङ्घर्षका गाथा सुनाउन थाल्यो ।

    पत्थरकोटबाट नुन बोकेको यो पुस्ताले घरसम्मै गाडी पुर्‍याउने सपना देख्यो । घरघरमै पानी, बिजुली र आधुनिकताको पर्याय नेट पुर्‍याउने, सुकुलमा हैन आलिसान भवन, सुसज्जित कोठा, आधुनिक उपकरण, एउटै ड्रेसमा सबैका बच्चा विद्यालय जाने वातावरण बनायो । शिक्षा सबैको नैसर्गिक अधिकार मौलिक हकमै दर्ज गर्‍यो । खाली खुट्टा सहर पसेको बा पुस्ताले जुत्ता लाउन थाल्यो । सुकिला कपडा लाउन थाल्यो । कुनै बेला बिपी भन्नुहुन्थ्यो– बजेट बनाउँदा सुदूरको झुपडीलाई हेरेर बनाउनू । बा पुस्ता आधी पेट खाने र आधी जिउ ढाक्नेका मुद्दा लिएर सडकबाट सत्तामा आयो । बन्दुकका गोली र छर्राबाट जोगिएर बाँचेका बा पुस्ता त्यति धेरै खराब पनि थिएनन् ।

    नयाँ पुस्तालाई बाबुराम भट्टराईले बिहानबेलुका घाँसदाउरा गरेर पढेको, केपी ओली अर्काको घरमा काम गरेर हुर्केको कताकता काल्पनिकजस्तो लाग्छ होला । नयाँ पुस्तालाई यी कुरा थाहा पनि भएन । बा पुस्ताले थाहा पाउने अवसर नै दिएनन् । ऊ बा पुस्ताजस्तो बारीको कान्लामा हैन, हस्पिटलको बेडमा जन्मिएको हो । ऊ हुर्कंदै गर्दा पानी बोक्न पँधेरामा र घाँसदाउरा गर्न जङ्गल पसेको हैन । स्याउ आधी टोकेर फाल्दै बाउको बाइक र गाडीमा चढेर पिज्जा र बर्गर हाउस डुलेको अनुभव छ ऊसँग । एउटा कपी वर्षभरि पुर्‍याउनुपर्दैन उसले अहिले । एउटा पेन्सिलले वर्ष गुजार्नुपर्दैन ।

    ऊ नयाँ युगमा जन्मियो । नयाँ अवसर पायो । उसले इतिहास पढेन । वर्तमान लाई टेरेन, भविष्य मात्रै खोज्यो । वर्तमानविनाको भविष्यको आँकलनतिर लागेन । बाकै घरमा बसेर बाको घर सानो देख्न थाल्यो । अरूका घर ठुला हुँदा हाम्रो घर किन सानो ? बामा समस्या देख्न थाल्यो । सबैका घर किन समान छैनन् ? कसैका किन घरै छैनन् । लाग्छ, उसले थाहा पाउनै खोजेन ।

    सहर भरिएको छ अहिले । विकासलाई गाउँले गिज्याइरहेको छ । सहरिया जमातको प्रभाव गाउँसम्मै पुगेको छ । गाउँ रित्तिएको छ । सहरिया प्रभावले गाउँको मुहार छोपिदिएको छ ।

    बाको घर राम्रैसँग चलेको थियो । छोरा बुझ्ने भयो । दुहुनो भैँसी, हलका गोरु, खोरभित्रका बाख्रा, डोकाले छोपेर राखेका कुखुरा सबै बेचेर भर्खर बिहे गरेको श्रीमती लिएर सहर पस्यो ।

    अहिले गाउँमा पानी बोक्नुपर्दैन । बेसीबाट पराल गाडीले बोक्छ । चाह्यो भने घरमा फलेको लौका सहर एकछिनमै पुग्छ । मोटरगाडी घरैअगाडि, भाइ झोला बोक्यो, गाडी चढ्यो । फ्री भिसा फ्री टिकट हल्ला चल्यो । त्यही पनि भाइ दलालको मै पुग्यो । आफूले केही गरेन, दलालसँग कराउन थाल्यो ।

    दिन बिते । दलालले एयरपोर्टमै बोलायो । भाइ अब दुबईमा छ । श्रीमती सहरमा । बाआमा गाउँमा । आफ्नो कमाइ सहरमै सकिन्छ । बाउआमाको सहारा वृद्धभत्ता बनेको छ ।

    अरबको गर्मी, हातमा मोबाइल, मोबाइलमा सामाजिक सञ्जाल । भाइ अब रुक्न थाल्यो । बानी पर्‍यो । दुबई अब झनै राम्रो लाग्यो । पीडा देखाउन मन छैन । फर्किंने आँट छैन । मनभित्र गुम्सिएको आक्रोश रोक्न मन छैन । भाइ आज सामाजिक सञ्जालमा पोखिएको छ ।
    आजबाट गाली सुरु । उसले पनि गरेको छ । घरअगाडिको बाटो उसका लागि होइन, नेताले कमिसन खान चिल्लो पारेको छ । खेतमा जाने कुलो पानी चहार्न होइन, नेताले घुस खान खनेको छ । लेखेको छ, त्यो विकास हैन भ्रष्टाचार हो ।

    सहरमा सबै सुकिला छन् । बिस्तारै सत्ता र सरकार सुकिलामुकिलाको हातमा पुगेको छ । यसको प्रभाव बा पुस्तामा पनि पर्न थाल्यो । बाले पनि कालो चस्मा लाउन थाले । जानेनजानेको अङ्ग्रेजी दिन थाले । उसलाई लाग्दो हो, मुस्किलले चप्पल लाएर सहर पसेका बा कसरी दौरासुरुवाल र सुटटाइमा सजिने भए ? ट्याब र मोबाइल हातमा लिएर अङ्ग्रेजी हान्दै कालो चस्मा लाएर बा देखिन थाले । सबैलाई लाग्यो, चप्पल लगाउन नजान्ने कसरी ट्याब चलाउने भए ? कसैले बुझ्न खोजेन, बाको लडाइँ सबैले ट्याब चलाउँदै, सुकिला भएर स्मार्ट नेपाली हुनुपर्दछ भन्नेको पक्षमा थियो ।

    कहीँ त गडबड भयो । परिणाम मिश्रित आउन थाल्यो । सबै जनताभन्दा बा पुस्ताका केही सहयोगीले घर ठुलो बनाउनेभन्दा घरकै इँटा झिकेर बेची मोटाउन थालेको आभास हुन थाल्यो । नयाँ पुस्तालाई लाग्यो, बाले तला थप्न सक्दैनन् ।

    हातमा ट्याटु, आँखामा कालो चस्मा, कानमा र्‍याप र बोलीमा अङ्ग्रेजी, छातीमा यसुको माला झन्डै झन्डै नयाँको संस्कृति बन्न थाल्यो । बामा दुई रङ देखिन थाल्यो : एउटा रङ विगत थियो त एउटा आगत । त्यसैले बा पुस्ताको रङ स्पष्ट देखिने एकल थिएन, नयाँमा एकल ।

    पँधेरो नदेखेका नयाँले घरमै पानी हुनु सामान्य मान्यो । घरमै गाडी हुनेले बाटो नहुनु के हो ? नुन बोक्नु के हो ? थाहा पाउने कुरै भएन । जन्मिँदै रिमोट चलाउने पुस्ताले बत्तीको सङ्घर्ष कसरी थाहा पाउने ? टिफिन बोकेर गाडीमा बसेर स्कुल जानेले बेसीबाट आउँदा खोला बढेर बाटैबाट फर्किएको कसरी थाहा पाउनु ? बिहान उठेर आमाले नुहाइदिएर परफ्युम छर्किएर स्कुल जानेले पसिनाको गन्ध कसरी थाहा पाउनु ? गोबर गन्ध बोकेर स्कुल पढेका बाले यो अवसर दिएर हिँजाका कथा सुनाउँदा कसरी बुझ्ने ? उसले जे देख्यो, त्यही बुझ्यो ।

    स्वाभाविक हो, बाटो बनाउनुभन्दा बनाएको बाटोको छेउमा गमला राख्नुलाई ठुलो विकास मान्यो । लोकगीत भन्दा र्‍यापलाई प्रगतिशील ठान्यो । ऊ जान्ने हुँदा यहाँ जे थिए, ती सबै उसलाई यत्तिकै भएको लाग्यो । त्यसैले त स्कुलका भवन बनाउनुलाई विकास मानेन । बाटो बनाउनु, बिजुली उत्पादन गर्नु, सरकारी भवन निर्माण गर्नु, अस्पताल बनाउनु—यी सबै सामान्य लाग्यो । उसको आँखाले विकास देखेन किनभने उसलाई बिरामी हुँदा उपचार गर्न धामीकोमा जानुपरेन ।

    सोह्रौँ शताब्दीमा युरोपमा रेल चल्दै गर्दा हाम्रा पुर्खा तोपको जबाफ पत्थर दिएर सीमारक्षा गर्दै थिए । रसियनहरू चन्द्रमा पुग्दै गर्दा मान्छेले मान्छेलाई छुँदा सुनपानी छर्किने हाम्रो चेतनाको स्तर थियो तर पनि नाति पुस्ता अहिले पनि टाढाको छिमेकीको घर हेरेर थुक निल्दै मनमनै भन्छ– बा समयमै त्यतै बसाइँ किन नसरे होलान् ? त्यसैले उसलाई लाग्छ, बा पुस्ताले केही गरेन । यही व्यवस्थामा सबैको अवस्था समान हुनै सक्दैन । सबैका घर बराबर हुनै सक्दैन । नयाँ पुस्ता व्यवस्था बदल्नेमा लागेन, प्राथमिकता बा बदल्ने भयो । बाले ठुलो घर किन बनाएनन् ? उसको मनको प्रश्न अझै सुल्झिएको छैन ।

    उसलाई मनमनै लाग्न थाल्यो, अब बा पुस्ताले केही गर्न सक्दैन । अबको कार्यभार हामीले बोक्नुपर्छ । बाको भन्दा परकाको बोली मिठो लाग्न थाल्यो । भर पनि परकाको लाग्न थाल्यो । सुरु भयो बा पुस्तालाई गलाउने र नेतृत्व आफै लिने । विचार र नीति नयाँ अनुमोदन गरेर होइन, अब नेत्तृत्व चयनको आधार वयस्क उमेर हुन थाल्यो । बा पुस्ता अब अयोग्य पुस्तामा दर्ज हुन थाल्यो तर बाको पर्खाल बलियो थियो । उसले उपाय खोज्यो । बालाई मन नपराउने बा पुस्ता, आफ्नो पुस्ता, हुर्कदै गरेको पुस्ता, बाको बलियो पर्खाल देखेर रिसाएका छिमेकी सबैको शक्ति एकै ठाउँमा ल्यायो । घरै भत्किन थालेपछि बाभागे । अब बा भगौडामा दर्ज भए । बाकै पछाडि लागेर घरका इँटा बेच्नेहरू महान् भए ।

    मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.