काठमाडौं । काठमाडौंको बाफलमा बिहीबार राति एक युवतीमाथि एसिड आक्रमण भएको छ ।
Advertisement
ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको हो । घाइते युवतीलाई कीर्तिपुरको एक अस्पताल लगिएको र युवकको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।
एसिड आक्रमणमा परेकी युवती हायत होटलको एकाउण्ट शाखामा कार्यरत रहेको बताइन्छ । उनले एसिड आक्रमण गर्ने मानिसलाई आफूले नचिनेको प्रहरीलाई बताएकी छन् ।