काठमाडौँ । फागुन २१ गतेको निर्वाचनमा चितवन–३ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्ण केसीको निर्वाचन खर्च ९२ हजार पाँच सय रहेको छ ।
Advertisement
जिल्ला निर्वाचन कार्यालयमा २०८२ फागुन २८ गते खर्च विवरण बुझाउँदै सो जानकारी दिइएको हो ।
खर्च विवरणअनुसार साउन्ड सिस्टम एक थान प्रयोग गरेबापत २७ हजार, १५ दिनसम्मको गाडीभाडाबापत ४५ हजार, खानाखाजाबापत १० हजार, उम्मेदवारी दर्ताबापत १० हजार र अन्य मसलन्द खर्चबापत ५ हजार खर्च भएको हो ।
केसीले गिलास चुनाव चिह्न लिएर चुनावमा भाग लिनुभएका थियो ।
