काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १० बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार अमरबहादुर पौडेलको चुनाव खर्च ५२ हजार रुपियाँ रहेको छ ।
Advertisement
जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा २०८२ चैत १ गते आइतबार निर्वाचन खर्च विवरण बुझाउँदै उहाँले सो जानकारी दिनुभएको हो ।
खर्च विवरणअनुसार उहाँले उम्मेदवारी मनोनयनबापत १० हजार, सवारीसाधन प्रयोगबापत १५ हजार, ब्यानर र पर्चा प्रकाशनबापत १० हजार, स्पिकर प्रयोगबापत पाँच हजार र खानाखाजाबापत १२ हजार रुपयाँ खर्च गर्नुभएको छ ।
