• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

ढलेका हौँ, दब्बिएका होइनौँ, फेरि उठ्छौँ : अधिकारी (अडियोसहित)


  •   बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीले अहिलेको चुनावमा आफूहरू ढलेको भए पनि दब्बिएको नभएकाले फेरि उठ्ने घोषणा गर्नुभएको छ ।

    बागलुङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवारसमेत रहनुभएका अधिकारीले फागुन २१ गतेको चुनावबारे सो प्रतिक्रिया दिनुभएको हो ।

    २०८२ फागुन २७ गते बुधबार युगदर्शनलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– ‘पछिल्लो चुनावबाट हामी ढलेका हौँ, दब्बिएका होइनौँ, त्यसैले फेरि उठ्नेछौँ ।’

    जनताको फैसलालाई आफूले सम्मान गर्ने बताउँदै उहाँले चुनावमा मतदान गर्ने मतदाता र चुनावमा आफ्नो पक्षबाट प्रचारप्रसार गर्ने सबैप्रति उहाँले धन्यवादसमेत दिनुभयो ।

    बागलुङ राष्ट्रिय जनमोर्चा वा नेकपा (मसाल) को गढ भएको दाबी अहिले भत्किएको हो कि भन्ने युगदर्शनको जिज्ञासामा उहाँले त्यस्तो नभएको बताउनुभयो ।

    ‘बागलुङमा पहिले तीनओटा निर्वाचन क्षेत्र थिए, अहिले दुईओटा भएको छ’ उहाँले भन्नुभयो– ‘पुरानो क्षेत्र नं. २ र ३ मा हाम्रो प्रभाव थियो । त्यो प्रभाव अहिले पनि यथावत छ । अहिले निर्वाचन क्षेत्र बाँडफाड गर्दा केही फेरबदल भएर हाम्रो सङ्गठनको प्रभाव नभएका क्षेत्र पनि थपिएका छन् ।’

    नेता अधिकारीले अहिले कायम भएको १ नम्बर निर्वाचन क्षेत्रमा बागलुङ नगरपालिकाका केही क्षेत्र सामेल भएको र त्यहाँ राजमोको प्रभाव कमजोर भएको जानकारी दिनुभयो ।

    अर्कोतर्फ अहिलेको चुनावको परिणाम अनपेक्षित भएको उहाँले स्वीकार गर्नुभयो ।

    ‘अहिलेको परिणाम अनपेक्षित छ’ उहाँले भन्नुभयो– ‘यसपटक युवालाई हेरौँ न भन्ने देखियो । त्यसैले परिणाम अनपेक्षित देखिएको हो ।’

    चुनावपूर्वको आँकलनअनुसार बागलुङ क्षेत्र नं. १ मा आफूहरूको प्रतिष्पर्धा नेपाली कङ्ग्रेससित हुने ठानिएकोमा रास्वपाको परिणाम फरक आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘रास्वपाको परम्परागत क्रेज त त्यति राम्रो थिएन तर बालेन्द्रको प्रवेश गरेपछि स्थिति फेरियो । बालेनले काठमाडौँमा केही गर्न खोजेको तर गर्न नपाएको भाष्य बनाइयो ।’

    अर्कोतर्फ अहिलेका नयाँ पिँढीको मनोविज्ञानले पनि चुनावको परिणाम फरक बन्न पुगेको उहाँको भनाइ थियो ।

    ‘अहिलेको नयाँ पिँढी बेग्लै प्रकारको छ’ उहाँले भन्नुभयो– ‘गम्भीर अध्ययन नगर्ने, सामाजिक सञ्जालमा आएका सामग्रीबाट धारणा बनाउने—यसरी लहैलहैमा राजनीतिलाई बुझ्ने अवस्था देखिएको छ ।’

    नयाँ पिँढीको यस्तो मनोवृत्तिको परिणामस्वरूप चुनावको मतपरिणाम फरक आउन गएको उहाँले दाबी गर्नुभयो ।

    चुनावको अनुभव सेयर गर्दै उहाँले उम्मेदवारका विचार, दृष्टिकोण, पार्टी नहेर्ने, खालि चुनाव चिह्न मात्रै हेरेर भोट हाल्ने ट्रेन्ड अहिलेको चुनावमा देखिएको बताउनुभयो ।

    अहिले नयाँ भनिएकाहरूमा आलाकाँचापन पनि व्यापक मात्रामा रहेको उहाँले बताउनुभयो ।

    ‘नयाँजति सबै एउटै गोठमा आएका होइनन् । उनीहरू आलाकाँचा छन्’ अधिकारीले भन्नुभयो– ‘सरकार बनेपछिको हनिमुन पिरियडमै उनीहरूको दिशा पत्ता लागिहाल्छ ।’

    उहाँले आशा पनि अपेक्षा गर्नुभयो– ‘फेरि पनि नकारात्मक नसोचौँ । त्यहाँ पनि पढेलेखेका मानिस पनि छन् । उनीहरूले राम्रै गरुन् ।’

    राजमोले सधैँ लोकतन्त्र, राष्ट्रियता, सुशासन, जनजीविकाजस्ता विषयमा आवाज उठाउँदै आएको स्मरण गर्दै उहाँले भोलि अहिलेका नयाँ भनिएकाले गलत गर्दा आफूहरूले आवाज उठाउने स्पष्ट पार्नुभयो ।

    (नेता अधिकारीसितको फोनवार्ताको पूर्ण पाठ युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्नुहोला ।)

    बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.