• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

यस्तो छ, बाढी पहिरोका कारण देशभर भएको क्षतिको विवरण


  •   मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
  • काठमाडौं । अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठुलो क्षति भएको प्रहरीले जनाएको छ । आइतबारदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण कैयौं नागरिकले ज्यान गुमाएका छन् भने धनमालको व्यापक क्षति भएको छ ।

    Advertisement

    प्रहरीले दिएको विवरण अनुसार बाढी पहिरोबाट काठमाडौं उपत्यकासहित पहाड र तराई सबैतिरका धेरै जिल्ला प्रभावित भएका छन् । बाढी पहिरोबाट प्रभावितलाई नेपली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।  नेपाल प्रहरीका अनुसार सोमबार साँझसम्म देशभर भएको क्षतिको विवरण यस्तो छ।

    तनहुँ
    भानु नगरपालिकासिमगैरामा महिन्द्र धरालीको घर र संँगै रहेको उनकै भाइको घरमा सोमबार दिउँसो आएको पहिरोमा पुरिएर महेन्द्र धरालीकी आमा ८० वर्षीया तिलमाया धराली र १७ वर्षीया छोरी त्रिप्सा धरालीको मृत्यु भएको छ । उक्त स्थानमा आएको पहिरोमा परी दुई जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै खटिएको प्रहरीले खोजी गर्ने क्रममा त्रीप्सा धरालीलाई उद्दार गरी उपचारको लागि अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो भने घटनास्थलबाट तिलमाया धरालीको शव फेला पारेको हो ।

    ललितपुर
    महालक्ष्मी नगरपालिका–१० लाँकुरीभञ्ज्याङ बस्ने सुरज लामाको कच्ची घरमा अविरल बर्षाको कारण पहिरो आउँदा घरभित्र पुरिएका एकै परिवारका ५ जनालाई सोमवार दिउँसो सकुशल उद्दार गरिएको छ । पहिरोका कारण घर आंशिक क्षति भएको छ ।

    पाल्पा
    तानसेन नगरपालिका–१३ रानिमहलस्थित तानसेन रानिमहल सडक खण्डमा सोमबार साँझ आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ ।

    प्युठान
    सरूमारानी गाउँपालिका–४ खहरे खोला, अँधेरी खोला र पाकुरी खोलास्थित भालुबाङ–प्यूठान सडक खण्डमा गएराति आएको वर्षाका कारण पहिरो आई सडक पूर्ण रूपमा अबरोध भएको छ ।

    गोरखा
    यस्तै, गण्डकी गाउँपालिका–२ पातिस्वारामा सोमबार दिउँसो कच्चि सडक भासिन गई अन्दाजी ३ सय मिटर तलसम्म पहिरो खस्न जाँदा सोही ठाउँ बस्ने ७७ वर्षीय खड्क बहादुर परियारसमेत ५ जनाको घर गोठ र चौपायासमेत पुरिँदा करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । पहिरोका कारण सो गाउँमा रहेका ५० घरधुरी समेत जोखिममा रहेका छन्न् ।

    पाँचथर
    मिक्लाजुङ गाउँपालिका–७ लुमाङ्दीन बस्ने तेज बहादुर माखिमको फुसको छानो भएको ढुङ्गा माटोले बनेको दुई तले घरमा सोमबार साँझ आएको पहिरोका कारण घर चर्किएर क्षति भएको छ। उक्त घरका परिवारलाई छिमेकीको घरमा सारिएको छ ।

    लमजुङ
    सोमबार दिउँसो आएको अविरल बर्षाको कारण पहिरो आउँदा दुधपोखरी गाउँपालिका–५ वन्देश्वारा बस्ने राम बहादुर तामाङ लगायत ४ जनाको घर पूर्णरुपमा क्षति भएको छ । उक्त घरका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । यसैगरी लमजुङ, दोर्दी गाउँपालिका–१ भारते लामिश्वारा बस्ने कृष्ण प्रसाद अधिकारीको घर सोमबार दिउँसो पहिरो आउँदा पूर्ण रूपमा भत्किएर क्षति भएको छ । साथै सुन्दरबजार नगरपालिका–१ भागिरथी बस्ने विकास श्रेष्ठ र केशव राज न्यौपानेको घरमा सोमबार दिउँसो पहिरो आउँदा घर पूर्णरुपमा जोखिममा रहेको छ । उनीहरुलाई स्थानीयको घरमा सारिएको छ ।

    तेह्रथुम
    आठराई गाउँपालिका–१ संक्रान्ती बजारस्थित मिचुङ ईङलिस बोर्डिङ स्कुलको भवन पछाडिपट्टि सोमबार दिउँसो पहिरो झरी भत्किँदा उक्त स्कुलमा कक्षा ७ मा अध्ययनरत ५ जना विद्यार्थीहरु घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले घाइतेहरुलाई उद्दार गरी उपचारको लागि अस्पतालतर्फ पठाएको छ ।

    यसैगरी तेह्रथुम, छथर गाउँपालिका–५ शुक्रबारे बस्ने ५५ वर्षीय बिष्णु बहादुर सिंहको मकै बारीमा सोमबार दिउँसो पहिरो जाँदा सोही ठाउँ बस्ने ३६ वर्षीय तोर्ण बहादुर बस्नेत समेत ५ जना परिवारलाई उद्दार गरी छिमेकीहरुको घरमा राखिएको छ ।
    धादिङ गजुरी गाउँपालिका–२ मझुवा डाँडामा सोमबार दिउँसो पहिरो जाँदा सोही ठाउँ बस्ने बलबहादुर परियार लगायत अन्य ५ जनाको घर पहिरोले पुरिएर क्षति भएको छ । उक्त पहिरोमा परि सोही ठाउँ बस्ने मंगल परियारको १७ वर्षीया छोरी निरुता परियार बेपत्ता भएकी छिन् भने पहिरोमा परि घाइते भएका सिन्धुली घर भएका २८ वर्षीय जितेन चौधरीको मलेखु अस्पतालमा उपचार भइरहेको छ ।

    यसैगरी धादिङ, गजुरी गाउँपालिका–५ घाटबेशीस्थित पृथ्बी राजमार्गमा काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा.२० च २०७७ नम्बरको जिप सडक अवरोध भई रोकी राखेको अवस्थामा सोमबार दिउँसो माथिबाट पहिरो आई जिप त्रिसुली नदीले बगाएको छ ।

    स्याङजा
    गल्याङ नगरपालिका९५ रातोपुल बस्ने बिष्णु कुवरको घरमा अविरल वर्षाको कारण सोमबार राति पहिरो आउँदा घरको तल्लो तला पुरिएको छ । घर जोखिममा रहेकोले ५ जना परिवारलाई छिमेकीको घरमा सारिएको छ ।

    यसैगरी स्याङजा, गल्याङ नगरपालिका–१ मालुङ्गा बस्ने धर्मराज पाण्डेको पाण्डे मोटरसाइकल ग्यारेजमा मंगलबार बिहान पहिरो खस्दा ग्यारेज पूर्ण रुपमा क्षति भएको छ । उक्त पहिरोको कारणले सोही ठाउँ बस्ने ३ जनाको घर जोखिममा रहेको छ । पहिरो गएका सबै स्थानहरुमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै पहिरोका कारण अवरोध भएका स्थानहरुमा पहिरो हटाउने कार्य गरिरहेको छ ।

    वर्षाका कारण सडक अवरोध तथा विभिन्न धनमाल क्षति
    काठमाडौं अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अबरोध तथा विभिन्न धनमाल क्षति भएको छ।काठमाडौं महानगरपालिका १२ टेकुस्थित बागमती नदीमा सोमवार दिउँसो पानीको बहाव बढेर किनारामा रहेको सुकुम्बासी बस्तीमा पानी पसेको छ । उक्त स्थानमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाटबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र नेपाली सेना समेतसँग समन्वय गरी सो स्थानमा बसोवास गर्ने करिब ४ सय ५० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेको छल ।

    बारा
    कोल्हबी नगरपालिका–९ पडरीस्थित सिम्रौनगढ तामागढी सडकको भित्री बाटो निर्माणाधिन पक्की पुलको छेउमा ३ वटा ह्यूम पाईप राखी डाईभर्सन बाटो बनाएकोमा वर्षाको कारण माटो बगाई सोमवार साँझबाट सडक अवरोध भएको छ । यसैगरी बारा पचरौता नगरपालिका–७ बेनैली बस्ने रामयाद बिन तथा पचरौता नगरपालिका–१ बस्ने रामजि ठाकुर, झगरु महतो र जगु माझि मुसहर समेतको घर अविरल बर्षाको कारण भत्किँदा तीनै जनाको गरी करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

    यसैगरी, बारा सुवर्ण गाउँपालिका–२ मा अबिरल बर्षाको कारण सोही गाउँपालिका–२ न्यकाटोला, सोही गाउँपालिका–५ औरैया टोल र सोही गाउँपालिका ७ बडकिफुलवरिया बस्ने १८ जनाको कच्ची घर सोमबार दिउँसो भत्किँदा आंशिक क्षति भएको छ ।

    नुवाकोट, किस्पाङ गाउँपालिका ५ सिम्लेस्थित त्रिशुली नदीको बहाव बढेर सोमबार राति माथिल्लो त्रिशुली थ्रिए हाइड्रोपावरको कामदार बस्ने ४ वटा टहरा बगाई क्षति भएको छ ।

    सप्तरी
    तिलाठीकोईलाडी गाउँपालिका १ स्थित रहेको खाडोखोलामा सोमबार दिउँसो पानीको बहाव बढी सोही ठाउँस्थित रहेको बेलही गाँउमा पानी पसी ७ घर डुवानमा परेका छन् ।

    मुस्ताङ
    अविरल बर्षाको कारण गाडु खोलामा सोमवार साँझ आएको बाढीले थासाङ गाउँपालिका ४ घाँसा बस्ने रामलाल बिक र राजन गौचनको गोठ बगाएको छ । पहिरोका कारण जोखिममा रहेका सोही ठाउँ बस्ने १९ घर परिवार तथा सोही गाउँपालिका २ कोबाङ र खन्तिका १२ घर परिवारलाई समेत सुरक्षित स्थानमा राखिएको छ । यसैगरी थासाङ
    गाउँपालिका९४ स्थित बेनी जोमसोम सडकखण्डमा छाकताङ खोलाको निर्माणाधिन पुल सोमबार साँझ आएको बाढीले बगाएको छ ।

    रौतहट
    गरुडा नगरपालिका९५ शिवनगरस्थितमा झाजखोलामा सोमबार साँझ आएको बाढीले सोही ठाउँमा रहेका २३ वटा घरमा पानी पसी डुबानमा परेका छन्। पीडितहरुलाई आफन्त तथा छरछिमेकीको घरमा सुरक्षित राखिएको छ। यसैगरी परोहा नगरपालिका–४ पोखरीया टोल बस्ने जोगिन्द्र ठाकुरको खपडाले छाएको घर सोमवार राति आएको अविरल वर्षाको कारण भत्किएर आंशिक क्षति भएको छ ।

    चितवन
    ईच्छाकामना गाउँपालिका–५ पानी धारा बस्ने बिष्णु प्रसाद श्रेष्ठको दुई तले पक्की घर र कुमार श्रेष्ठको दुई तले पक्की घर सोमबार साँझ त्रिशुली नदीले बगाउँदा क्षति भएको छ । साथै सोही ठाउँ बस्ने दिल कुमार श्रेष्ठ, रमेश कार्की, राजु भण्डारी, मान बहादुर बिक र कुमार बिकको घर समेत जोखिममा रहेका छन् ।

    त्यसैगरी चितवन भरतपुर महानगरपालिका–२६ भगडीस्थितमा सोमबार साँझ नारायणी नदीको पानी बस्तीमा पस्दा करिब ३० वटा घर जोखिममा रहेका छन् । पीडितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

    त्यसैगरी चितवन भरतपुर महानगरपालिका–१६ झन्झनेस्थित नारायणी नदीमा आएको बाढिका कारण नदी छेउछाउमा रहेका करिब १० वटा घर सोमबार दिउँसो डुवानमा परेका छन्। बाढिका कारण सोही महानगरपालिका–३ स्थित हाम्रो घर संस्था (सडक बालबालिका पुनस्थापना केन्द्र) समेत जोखिममा रहेको छ । उक्त केन्द्रमा रहेका ३० जना बालबालिकाहरु सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको छ ।

    नवलपरासी (वर्दघाट सुस्ता पूर्व)
    बिनयी त्रिबेणी गाउँपालिका–४ स्थित भित्रीसडकखण्डमा लु२ च ६१७१ नम्बरको पिकअप गाडीलाई सोमबार साँझ सोही स्थानमा रहेको खहरे खोलामा आएको बाढीले बगाएको छ । यसैगरी, सोमबार बिहानदेखि परेको अविरल वर्षाकाकारण गैंडाकोट नगरपालिका २ स्थित नारायणी नदीको बहाब बढ्न गई बोटे टोलमा रहेको करिब ४५ वटा घरहरुमा पूर्ण रुपमा पानी पसेको छ। सोही ठाउँ बस्ने १ सय १० जना पीडितपरिवारहरूलाई स्थानीयसँगको सहकार्यमा सोही ठाउँस्थित अक्सफोर्ड कलेज र हाउस अफ गड चर्चमा सारिएको छ ।

    महोत्तरी
    गौशाला नगरपालिका–१२ कान्तिबजार बस्ने ६० वर्षीया सुकमाया योन्जनकोघर सोमवार राति आएको अविरल वर्षाको कारण भत्किँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

    भक्तपुर
    भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित हनुमन्ते खोलामा सोमबार साँझआएको बाढीका कारण करिब ३ सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रुपमा नष्ट भएको छ ।

    पर्वत
    कुश्मा नगरपालिका २ नयाँपुलस्थित पोखरा ९ बागलुङ सडक खण्डमा सोमबार राति आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ । सबै स्थानहरुमा तत्काल खटिएका स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

     

    मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.