• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अधिकांश नदीमा पानीको बहाव खतराको तहमाथि, वर्षाले देशैभरको जनजीवन प्रभावित


  •   सोमबार, साउन ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं । लगातारको वर्षाले देशभर जनजीवन प्रभावित पारेको छ । वर्षाका कारण बाढी पहिरोको घटनाहरु बढीरहेका छन् । मुख्य नदीहरुमा पानीको बहाब बढेको छ ।

    Advertisement

    मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै अधिकांश स्थानमा १ सय मिलिलिटर भन्दा बढी पानी परेको छ ।

    उपत्यकाका बागमती, विष्णुमती, हनुमन्ते, मनोहरा लगायतका नदिमा पानीको बहाव बढेको छ । उपत्यका बाहिरका मुख्य नदीहरुमा पनि पानीको बहाब निरन्तर बढीरहेको छ । महाशाखाका अनुसार चितवनको नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।

    कोसी नदीमा पनि सतर्कताको तहसम्म पुगेको छ । यस्तै कन्काई, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र विभिन्न सहायक नदीमा पनि पानीको बहाबले खतराको तह पार गर्न सक्ने अनुमान महाशाखाले गरेको छ । महाशाखाले अझै ५ दिन सम्म सतर्कता अपनाउनुपर्ने जनाएको छ ।

    गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ४ गते आइतबार देखि ५ गते बिहान १० बजेसम्म विभिन्न जिल्लामा १२ स्थानमा पहिरो गएको छ । चार स्थानमा अविरल वर्षा, २ स्थानमा बाढी, १ स्थानमा आगलागीको घटना भएको प्राधिकरणले प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ ।

    घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । ८ स्थानमा सडक अवरुद्ध भएको तथ्याङ्कमा उल्लेख छ । २४ घण्टामा १९ वटा घटनाहरु घटेका छन् ।

    प्राधिकरणका अनुसार २०७७ जेठ ३० गते देखि साउन ४ गते सम्म पहिरो, बाढी र चट्याङ्गबाट १ सय ३१ जनाको मृत्यु भएको छ भने १ सय २९ जना घाइते भएका छन् । घटनामा परी ४८ जना वेपत्ता भएका छन् । तथ्याङ्क अनुसार पहिरोबाट १ सय ११ जनाको मृत्यु, ८६ जना घाइते र ४३ जना बेपत्ता भएका छन् ।

    बाढीबाट ३ जनाको मृत्यु, १ जना घाइते र ५ जना बेपत्ता भएका छन् । चट्याङ्गमा परी १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

    सोमबार, साउन ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.