काठमाडौं । आइतबारदेखि लगातार परिरहेको वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोको उच्च जोखिम बढेको छ । यो हप्ता व्यापक वर्षा हुने भएकाले देशेभर बाढी, पहिरो तथा डुबानको विपद् बढ्ने विज्ञहरूले बताएका छन् ।
असार ८ गतेसम्म निकै वर्षा हुने भएकाले यस अवधिसम्म जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विज्ञको आग्रह छ । देशका विभिन्न भागमा साना ठुला नदीमा पानीको बहाव बढ्दै गएको छ ।
नारायणी नदीमा बाढीको खतरा रहने भएकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ ।
विभाग अन्तर्गतको नेपाल बाढी सूचना ट्वीटर हाण्डलमार्फत चितवन तथा नवलपरासीका तटीय क्षेत्रमा सचेत रहन अपिल गरिएको हो ।
‘नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको र बढ्दो रहेकाले चितवन र नवलपरासीको नारायणीको तटीय क्षेत्रमा हुनेहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउनुहोला’ ट्वीटमा भनिएको छ ।
श्रावण ३
३ दिन सम्म #कन्काई,#कोशी,#कमला,#बागमती,#नारायणी,#तिनाउ बबई,पश्चिम राप्ती लगायत र प्रदेश१,२,५,बागमती,गण्डकी प्रदेश भई बहने नदीमा बाढीको #उच्च जोखिम,कर्णाली र सु.प.प्रदेशका नदीमा मध्यम जोखिम,सतर्क रहौ
चित्र१,२,३-कोशी र बागमतीको बाढी पुर्वानुमान,२४ घण्टाको बर्षा पूर्वानुमान pic.twitter.com/YQWvOgLkC0— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 18, 2020
यस्तै, कोसी नदीमा पनि पानीको बहाव बढेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ । तराईका अधिकांश जिल्लामा डुबान सुरु भएको छ भने बाढीको खतरा पनि बढ्दै गएको छ ।