• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

घण्टीपार्टीको चटक : ‘करार’ पूरा नगरे अर्को चुनावमा सजाय दिनू


  •   आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अथवा घण्टीपार्टी । चटक देखाउनमा सिपालु । यसका लागि पुरस्कार नै दिए पनि फरक नपर्ने । जसका अध्यक्ष सहकारी ठगीमा विभिन्न जिल्लाका अदालतमा बिगो बुझाउँदै हिँडेका छन्, त्यही पार्टीले सुशासनको नारा बाँड्दै हिँडेको छ ।

    Advertisement

    त्यस्तै अर्को चटक आज २०८२ फागुन ३ गते आइतबार देखिएको छ । प्रसङ्ग हो चुनावी प्रतिबद्धताको । अरू पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरिरहँदा यो पार्टीले आफूलाई फरक देखाउन ‘नागरिक करार’ भनेर पाँचओटा प्रतिबद्धता सार्वजनिक गरेको छ ।

    तीनमहले फम्र्याटमा प्रस्तुत गरिएको उक्त ‘करार’ मा पहिलो कोलममा ‘प्राथमिकता’, दास्रो कोलममा ‘आजको अवस्था’ र तेस्रो कोलममा ‘हाम्रो लक्ष्य’ उल्लेख गरिएको छ । प्राथमिकताका पाँच बुँदामा १. ‘सदाचार र असल शासन’, २. ‘मध्यमवर्गीय विस्तार’, ३. ‘काम, काम, काम’, ४. ‘कनेक्टिभिटी’ र ५. ‘प्रवास’ रहेका छन् ।

    प्राथमिकताका यी विषयबारेको चर्चा यहाँ नगरौँ किनकि हामी सबैलाई थाहा छ– यो चुनावी ‘करार’ हो । नेपालका यस्ता चुनावी ‘करार’ माथि कसले पो विश्वास गर्दछ र ?

    करारको अन्तिममा भनिएको छ– तपाईंहरूले हामीलाई एकल बहुमत दिलाएको अवस्थामा पनि करारबमोजिमका सर्त डेलिभरीसहित पाँच वर्षभित्र बुझाउन नसकी तपाईं नागरिकलाई मर्का पर्न गएमा, संविधान, मौजुदा कानुन र सामाजिक करारअनुसार हाम्रो “राजनैतिक नैतिक र पद” बाट अर्कोपटकको निर्वाचनमा सजाय दिई असुलउपर गरिलिनुहोला ।’

    यो वाक्यको सरल अर्थ यही हुन्छ– करारअनुसार काम हुन नसके निर्वाचनमार्फत पाँच वर्षपछि सजाय दिनुहोला । भएन त चटक ? पाँच वर्ष सजाय दिने कुरा त उनीहरूले नचाहे पनि जनताले दिइहाल्छन् ।

    यस सन्दर्भमा एउटा बिम्ब प्रस्तुत गरौँ ।

    एक जना पसलेले सडकछेऊ सुन्तला विक्री गरिरहेका रहेछन् । एक जना ग्राहकले कारोबार कस्तो छ भनेर सोधेछन् । विक्रेताले भनेछन्– छैन, खासै छैन । ग्राहकले भनेछन्– हुन्छ । साँझ पर्‍यो भने पसल उठाउनुहोला ।

    घण्टीपार्टीको चटक पनि यस्तै देखिएको छ ।

    रास्वपा सरकारमा सामेल भएर उपप्रधानमन्त्रीसमेत बनेको पार्टी हो । स्वयम् पार्टी सभापति लामिछाने मन्त्री रहँदाको तालुकवाला मन्त्रालयले पासपोर्ट छपाइ प्र्रकरणमा कानुनअनुसार नगरेको विषय विचाराधीन छ । भदौ २४ गतेको विध्वंसमा सामेल कैयौँ व्यक्ति घण्टीपार्टीका उम्मेदवारसमेत बनेका छन् । देशैभरिका रास्वपाका उम्मेदवारको डिएनए गर्ने हो भने कुशासन, अनियमितता र आचरणका थुप्र्रै प्रमाण पाउन सकिन्छ ।

    भदौ २४ गते सभापति लामिछाने आफैले जेल तोडेर बाहिर निस्के, पछि आफै फर्केर जेल गए । सहकारी ठगीको विषय त माथि नै उल्लेख भइसक्यो । आज त्यही पार्टीले सुशासनको बढ्तै चटक गरिरहेको छ ।

    काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह रास्वपामा प्रवेश गरेर त्यसको नेता तथा प्रधानमन्त्रीको दाबेदार घोषणा गरिएका छन् । उनको पुरानो तर प्रचलित र्‍यापगीत छ– ‘म देश हाँसेको हेर्न चाहान्छु ।’ तर व्यवहारमा के देखियो ? सिंहदरबारसहित देशका ऐतिहासिक धरोहर जलिरह्यो, महानगरपालिकाले दमकलसमेत पठाएन । ललितपुर नगरपालिकाले दमकल पठाएपछि मात्र आगो निभाउन सकियो ।

    यो घटनालाई यसरी भन्न सकिन्न र : ‘म देश जलेको हेर्न चाहान्छु’ ?

    आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.