• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सार्वजनिक यातायातको यात्रा, यात्रुको लागि नौलो अनुभव


  •   बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
  • रमेश गिरी, काठमाडौं ।
    भक्तपुरको जगाती चोकमा काठमाडौंतर्फ जान मयूर यातायातको गाडी रोकियो । एउटै स्टेशनमा सात जना यात्रु चढ्न बसको ढोका अगाडि उभिए ।

    Advertisement

    टाउँकोमा हेड कभर, मुखमा माक्स, हातमा पञ्जा र सेतो व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) लगाएका सहचालकले ढोकाबाटै थर्मल गनले यात्रुको तापक्रम नाप्न थाले । यात्रु अचम्म मानेर हेर्दै थिए ।

    भित्र छिरेका एक यात्रु एक सिटमा बसे । सधैँ भीड र घुँइचोमा सास्ती खेप्दै ठेलमठेल गर्दै सार्वजनिक यातायातमा यात्रा गर्नुपर्ने यात्रुले यति सहजको यात्रा गर्ने दिन पनि आउँछ भन्ने यसअघि कल्पना पनि गरेका थिएनन् ।

    बस चढेपछि भक्तपुर च्याम्हसिंहमा भाडामा बस्दै आउनु भएकी पवित्रा लामाले यस्तो सहज यात्रा पनि गर्न पाइन्छ भन्ने कहिल्यै नसोचेको बताउनुभयो । सधैँ भीड र ठेलमठेलमा यात्रा गर्दै आउनुको पीडा झेल्दै आएका यात्रुलाई एउटा सिटमा एक जना मात्रै बसेर यात्रा गर्दा सहज र सुरक्षित भएको महसुस गरेको उहाँले बताउनुभयो ।

    सूर्यविनायक चोकमा साझा बस चढेका सूर्यविनायक गःपली निवासी राधेश्याम श्रेष्ठले सार्वजनिक यातायात चल्दा अप्ठ्यारोमा परेका यात्रुलाई राहत मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो साधन नहुनेलाई निकै सास्ती थियो, अब साझा बस चढ्न पाइयो, धेरै सहज भएको छ । आफ्नो सुरक्षाका लागि माक्स लगाएको छु, सेनिटाइजर बोकेरै हिँडेको छु, कहीँ केही छोइए हातमा सेनिटाइजर लगाउँछु, सुरक्षाको उपाय अब आफैँले अपनाउने हो ।’

    बस चढ्दै गरेकी गर्भवती महिला कल्पना विष्टले साझा यातायात चल्दा निकै राहत मिलेको बताउनुभयो । लकडाउनका कारण सार्वजनिक यातायात नचल्दा ट्याक्सीले मनोमानी भाडा असुल्ने गरेकोमा त्यसबाट मुक्त पाइएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘असअघि गर्भ जचाउन पाटन अस्पताल जाँदा ट्याक्सीले सूर्यविनायकबाट रु तीन हजार लिन्थ्यो, अब बस चल्न थालेपछि ट्याक्सीलाई महङ्गो भाडा तिर्नु परेन, आज धेरै राहत पाएको महसुस गरेको छु ।’

    सरकारले लकडाउन खुकुलो बनाएपछि निजी यातायात नहुनेले राहत महसुस गरेका छन् । काठमाडौंबाट रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै भक्तपुरको सूर्यविनायकसम्म साझा यातायात दुई र जगातीसम्म मयूर यातायातले दुईवटा बस सञ्चालन गर्न थालेपछि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले निकै राहत महसुस गरेका छन् ।

    कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन पछि बन्द भएको पनि अन्य यातायात भने सञ्चालनमा आएका छैनन् । सरकारले मापदण्ड निर्धारण गरी तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा लिएर सार्वजनिक यातायात सञ्चालन गर्न आह्वान गरे पनि निजी बस व्यवसायीहरुले विभिन्न माग राख्दै सार्वजनिक यातायात सञ्चालन गरेका छैनन् ।

    उपत्यकामा साझा यातायातले प्रारम्भिक चरणमा २६ वटा बस सञ्चालन गरेको छ भने साझाले यसअघि बस चल्दै आएका आठ वटा रुटमा सेवा शुरु गर्न लागेको बताइएको छ । सरकारको निर्णयानुसार सेवालाई प्राथमिकता दिएर पूराना सबै रुटमा बस चलाउने जनाएको हो ।

    भक्तपुरमा यसअघि सञ्चालन हुँदै आएका भक्तपुर बस, मध्य उपत्यका बस, मध्यपुरथिमि बसलगायत यातायातका कम्पनीहरुले सार्वजनिक यातायात सञ्चालन गरेका छैनन् । सार्वजनिक यातायात सञ्चालन नहुँदा विशेष गरी ग्रामीण क्षेत्रका बासिन्दा सबैभन्दा बढी मारमा परेका छन् ।

    भक्तपुरमा यसअघि सञ्चालन हुँदै आएका भक्तपुर बस, मध्य उपत्यका बस, मध्यपुरथिमि बसलगायत यातायातका कम्पनीहरुले सार्वजनिक यातायात सञ्चालन गरेका छैनन् । सार्वजनिक यातायात सञ्चालन नहुँदा विशेष गरी ग्रामीण क्षेत्रका बासिन्दा सबैभन्दा बढी मारमा परेका छन् ।

    बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.