• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अध्यक्ष बुढाथोकीको प्युठान अनुभव– राजनीतिक पार्टी गाउँ जान्नन्, ‘टोलेनेता’ पठाउँछन् (भिडियो अन्तर्वार्ता)


  •   बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले राजनीतिक पार्टीहरू गाउँ नजाने बरु ‘टोलेनेता’ पठाउने गरेको खुलासा गर्नुभएको छ ।

    Advertisement

    प्युठानमा गत मङ्सिर २६ गतेदेखि एकमहिनासम्म सम्पन्न विशेष अभियानको बारेमा युगदर्शन मिडियासित भिडियो कुराकानी गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    जनजाति सम्मेलनको अभियान स्वगद्वारी नगरपालिका र माण्डवी गाउँपालिकाका गाउँगाउँ पुगेको बताउँदै उहाँले भन्नुभयो– ‘राजनीतिक पार्टीहरू गाउँ जान्नन् बरु टोलेनेतालाई बोलाएर गाउँ पठाउँछन् ।’

    राजनीतिक पार्टीका नेताले टोलेनेतालाई बोलाएर आफ्ना कुरा सुनाउने र तिनै नेतामार्फत गाउँमा गतिविधि गर्ने गरेको जानकारी उहाँले युगदर्शनलाई दिनुभयो ।

    यस आधारमा ठुला भनिएका राजनीतिक पार्टीको गाउँका आम जनतासितको सम्बन्ध टुटेको निष्कर्ष उहाँले निकाल्नुभयो ।

    प्रशिक्षणमा जोड

    अन्तवार्ताको क्रममा अध्यक्ष बुढाथोकीले एकमहिने प्युठान अभियानको क्रममा मुख्यत: प्रशिक्षणमा जोड दिइएको दाबी गर्नुभयो ।

    ‘हामीले मुख्यत: प्रशिक्षणमा फोकस गर्‍यौँ’ उहाँले भन्नुभयो– ‘दुईचार जना वा परिवारको मान्छेलाई मात्रै राखेर भए पनि हामीले प्रशिक्षण कार्यक्रममा चलायौँ ।’

    जनताको चेतनास्तर उठाउनका लागि प्रशिक्षण नै महत्त्वपूर्ण साधान रहेको उहाँको विचार थियो ।

    अभियानको क्रममा जनभेटघाट, घरदैलो, प्रशिक्षणसँगै सदस्यता वितरण तथा सङ्गठन निर्माण पनि व्यापक मात्रामा गरेको उहाँले जानकारी दिनुभयो ।

    अभियानको क्रममा जनजाति सम्मेलनको मात्रै नभएर अखिल नेपाल महिला सङ्घ, जातीय समता समाज, राष्ट्रिय जनमोर्चाजस्ता अन्य भाइचारा सङ्गठनको पनि समिति निर्माण गरिएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार एकमहिने प्युठान अभियान खालि जनजाति सम्मेलनको मात्र नभएर मसालसम्बद्ध अन्य भाइचारा सङ्गठनको पनि बन्न पुगेको थियो ।

    “हामी मसालमै छौँ, तपाईंहरू धेरै पछि आउनुभयो”

    जनजाति सम्मेलनले अभियान सञ्चालन गर्दा कैयौँ पुराना साथीहरूको आस्था पुनर्जीवित भएको धारणा अध्यक्ष बुढाथोकीले व्यक्त गर्नुभयो ।

    ‘अभियानको क्रममा हामी माण्डवीको उदयपुर पुगेका थियौँ’ अध्यक्ष बुढाले भन्नुभयो– ‘त्यहाँका जनताले हामीसित भन्नुभयो, हामी त पुरानै मसाल हौँ । तपाईंहरू चारपाँच वर्षपछि आउनुभयो । हामीले त तपाईंहरूले बिर्सिनुभयो कि भन्ठानेका थियौँ ।’

    जनप्रतिनिधिसमेत सामेल रहेको भनिएको उक्त अभियानमा जनताले आफ्ना कुरा धैर्यतापूर्वक सुनेको तथा त्यसप्रति पूर्ण समर्थन व्यक्त गरेको उहाँले बताउनुभयो ।

    जनताको प्रतिक्रिया उद्धृत गर्दैै बुढाथोकीले भन्नुभयो– ‘तपाईंहरूले यतिका कुरा गर्नुभयो तर हामीलाई गणतन्त्र र धर्मनिरपेक्षताजस्ता विभिन्न राजनीतिक विषयबारे यतिका कुरा थाहा थिएन ।’

    जनताले आफ्ना विचारप्रति विमति नजनाएको जानकारी दिँदै उहाँले उक्तm अभियानले ती जनतालाई पुन: मसाल वा राष्ट्रिय जनमोर्चाको राजनीतिसित जोडेको उहाँको भनाइ थियो ।

    चुनाव प्रचार पनि

    तपाईंहरूले यो अभियानको क्रममा राष्ट्रिय जनमोर्चाको चुनाव प्रचारप्रसार पनि गरिएको भन्न मिल्छ भन्ने युगदर्शनको प्रश्नमा अध्यक्ष बुढाथोकीले त्यसको सकारात्मक उत्तर दिनुभयो ।

    ‘अभियानको क्रममा हामीले देश जलाउनेको पक्षमा कि बचाउनेको पक्षमा हुने भनेर छलफल चलाएका थियौँ’ उहाँले भन्नुभयो– ‘यस अर्थमा हामीले चुनाव हुन्छ भने यहाँ राष्ट्रिय जनमोर्चाका उम्मेदवार आउनुहुनेछ । तपाईंहरूले राष्ट्रिय जनमोर्चाको पक्षमा मतदान गर्नुहोला भनेर जनतासित अपिल गर्‍यौँ ।’

    अन्तर्वार्ताको क्रममा उहाँले आफूहरूको अभियानलाई अन्य राजनीतिक पार्टीले चुनावी प्रचारको रूपमा बुझेको जानकारी दिनुभयो ।

    स्वर्गद्वारी नगरपालिकाको वडा नं. ६ मा पुग्दा आफूलाई नेपालगञ्जबाट बोलेको भनेर एक जनाले फोन नै गरेको घटना उहाँले स्मरण गर्नुभयो ।

    आफूलाई ‘तपाईंहरूले चुनाव जित्नुहुन्छ त ?’ भनेर ती व्यक्तिले प्रश्नसमेत सोधेको घटना उहाँले युगदर्शनलाई बाँड्नुभयो ।

    अभियानको क्रममा आफूहरूले विभिन्न राजनीतिक पार्टीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको भण्डाफोर गरेको पनि उहाँले बताउनुभयो ।

    प्युठानकै जलुके र भिङ्ग्रीमा पुग्दा आफ्नै पुरानो साथी जिल्ला विकास समिति प्युठानका पूर्वसभापति कर्णध्वज केसीसित पनि जम्काभेट भएको उहाँले सुनाउनुभयो । कर्णध्वज अहिले रास्वपामा आबद्ध छन् ।

    जनताको अपूर्व समर्थन

    अन्तर्वार्ताको क्रममा अध्यक्ष बुढाथोकीले प्युठानी जनताले आफ्नो अभियानलाई अपूर्व समर्थन गरेको दाबी गर्नुभयो ।

    एकमहिने अभियान सुरु गर्दा आफूलाई केही समस्या पो पर्ने हो कि ? कुनै साथीहरू बिरामी पो पर्ने हो कि भन्ने आशङ्का रहेकोमा जनताको अपूर्व सहयोगका कारण अभियान भव्य रूपमा सफल रहेको उहाँको ठम्याइ थियो ।

    ‘काठमाडौँमा बरु त्यहाँका जनताले थोरै सहयोग गर्लान्’ उहाँले भन्नुभयो– ‘तर जब हामीले भिङ्ग्रीबजारमा आर्थिक सहयोग अभियान सञ्चालन गर्‍यौँ, त्यहाँ कसैले नाइँ भन्नुभएन, हामीलाई सबै प्रकारले सहयोग गर्नुभयो । व्यापक सहयोग गर्नुभयो ।’

    बुढाथोकीले गाउँगाउँमा अभियान सञ्चालन गर्दा भने बेग्लै सहयोग उठाउन आवश्यक नपरेको बताउनुभयो ।

    ‘एउटा वडाले खानेबस्ने व्यवस्था गर्दथ्यो, त्यही वडाले अर्को वडालाई हाम्रो टोली हस्तान्तरण गर्दथ्यो’ उहाँले भन्नुभयो– ‘गाउँमा छँदा हामी बाँडिएर खानेबस्ने गर्दथ्यौँ । जनताले नै हाम्रा सबै खर्च व्यवस्थापन गर्दथे ।’

    प्युठानी जनताको सहयोगकै कारणले आफूहरूको एकमहिने अभियान कुनै खास कठिनाइविना सम्पन्न भएको उहाँको भनाइ थियो ।

    इसाईकरण गाउँगाउँमा

    अभियानको क्रममा इसाई धर्मको प्रभाव गाउँमा बढेर गएको अनुभव उहाँले सुनाउनुभयो ।

    कतिपय गाउँमा दलित समुदायमाझ तथा कतिपय ठाउँमा मगर जातिमाझ इसाई धर्मको प्रभाव बढेको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

    ‘अभियानको क्रममा इसाईकरणको दुष्प्रभावबारे बोल्दा कतिपय ठाउँमा दलित समुदायका व्यक्तिले असुन्तुष्टि पोखेको देख्यौँ’ उहाँले भन्नुभयो– ‘खालगाउँमा त मगर समुदायमा राष्ट्रिय जनमोर्चा भनेको धर्म विरोधी पार्टी रहेछ भन्ने भ्रम पर्न गएको देखियो तर हामीले उहाँहरूमाझ सही विचार प्रस्तुत गरेर स्पष्ट पार्‍यौँ । त्यसका लागि हामीले केही साथीहरूलाई नै खटाएका थियौँ ।’

    आफूहरू संविधानमा लिपिबद्ध भएको धर्मनिरपेक्षताको पक्षधर रहेको स्पष्ट पार्दै उहाँले गाउँगाउँमा आर्थिक प्रलोभन देखाएर इसाईकरण बढेकोमा चिन्तासमेत व्यक्त गर्नुभयो ।

    अन्तर्वार्ताको क्रममा उहाँले भोटको लोभले इसाईकरणको विरोध नगर्ने राजनीतिक प्रवृत्ति गलत भएको बताउनुभयो ।

    कार्यकर्ताको अभाव

    प्युठान अभियानको निष्कर्ष निकाल्ने क्रममा अध्यक्ष बुढाथोकीले कार्यकर्ताको समस्या मुख्य रहेको बताउनुभयो ।

    ‘गाउँमा हामी पहिलेदेखिकै मसाल हौँ भन्नेहरू छन् तर तिनीहरूलाई परिचालन गर्ने काममा समस्या छ’ उहाँले भन्नुभयो– ‘जनता कुरा सुन्न, बुझ्न तयार छन् । समस्या कार्यकर्ताको हो, कार्यकर्ता परिचालनको हो ।’

    उहाँले ठोकुवा गर्नुभयो– ‘यदि जनतासमक्ष मसालको, राष्ट्रिय जनमोर्चाको राजनीति यो हो भनेर बुझाउने कार्यकर्ता हुने हो भने प्युठानमा चुनाव जित्न गाह्रो छैन । हाम्रो पक्षमा जनमत बढ्दो क्रममा छ ।’

    जनजाति सम्मेलनको अभियानबाट स्वर्गद्वारी र माण्डवी पालिकामा उत्साह थपिएको धारणा उहाँले व्यक्त गर्नुभयो ।

    ‘हामीले स्वर्गद्वारी र माण्डवीमा मात्रै अभियान चलाएका थियौँ तर हामीलाई प्युठान नगरपालिकाको वडा नं. ५ र ६ का जनताले पनि बोलाउनुभयो । हामीले त्यहाँ गएर पनि प्रशिक्षण, जनभेटघाट कार्यक्रम सञ्चालन गर्‍यौँ’ उहाँले भन्नुभयो ।

    (अध्यक्ष बुढाथोकीसित अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=gc04-qsgrvQ वाच गर्न अनुरोध गर्दछौँ ।)

    बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.