काठमाडौँ । “जनवादी डिजिटल समाजवाद” शीर्षकमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
डा. चूडाप्रसाद ढकालद्वारा उपर्युक्त शीर्षकमा अवधारणापत्र प्रस्तुत गर्दै २०८२ पुस १८ गते म्हैपीस्थित गण्डकी कलेजको प्राङ्गणमा सो कार्यक्रम सम्पन्न भएको हो ।
ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनमा अघि बढेको सो कार्यक्रममा डा. ढकालले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।
अवधारणापत्रमाथि केन्द्रित रहेर विष्णुहरि देवकोटा, राजेन्द्र ढकाल, गोपीरमरण उपाध्याय, केशव पुडासैनी ‘विमल’, भक्तिप्रसाद लामिछाने र प्रकाश थापामगरले पूरक टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा प्रस्तोता ढकालले कार्यक्रमको सारसङ्क्षेप प्रस्तुत गर्नुभएको थियो ।

