बाग्लुङ । गाउँमैत्री अक्षयकोष जिमेक काठेखोला ४ तङग्राम बाग्लुङले निर्माण गरेको जिमाक सांस्कृतिक सङ्ग्राहलयको प्रचार–प्रसारको लागि गिती भिडियो ‘बतासैले उडायो’ विमोचन भएको छ ।
कोषको सातौँ साधारण सभाको अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष लक्ष्मण पुन र विशिष्ट अतिथि काठेखोला गापाका प्रवक्ता टिका सङ्गम विक लगायत अन्य अतिथिहरूको हातबाट भिडियोको पोष्टर प्रदर्शन गरेर विमोचन गरिएको हो ।
उक्त गीतमा टेलेन्ट अफ भिलेज (टोव) पाँचौँ संस्करणका विजेता उषा पुनको आवाज रहेको छ । शब्द, सङगीत र एरेन्ज हेमराज आश्रमको रहेको छ । उक्त गीतको छायाङ्कन तङग्राम तथा धम्मजाका विभिन्न ठाउँहरूमा छायाङ्कन गरिएको थियो । सो गीतको कोरियोग्राफ भुमिका पुन, क्यामेरामा सुजन दाहाल र सम्पादन नविन घर्ति मगरको रहेको छ ।
त्यख विजेताहरूको कृति प्रकाशन गरिदिने संस्थाको पुर्व घोषित कार्यक्रम अन्तर्गत अहिलेसम्म ४ वटा विजेताहरूको कृति प्रकाशन भएको छ । जसमध्य अनिता थापा, अम्विका पुन, सुगम थापा उषा पुन हुनु हुन्छ ।

