काठमाडौं । नेपाली सेनाले आफ्ना विभिन्न गुल्मभित्र वृक्षरोपण गरेको छ ।
Advertisement
सेनाले कालिकोट जिल्लाको मान्ममा तैनाथ रणशुर गुल्मले गुल्म हाताभित्र विभिन्न प्रजातिका २०० बिरुवाहरु वृक्षारोपण गरेको छ ।
यस्तै, पाल्पामा तैनाथ गोरखदल गणले गण हाताभित्र विभिन्न प्रजातिका गोटा २१७ फलफुलका बिरुवाहरु वृक्षारोपण गरेको जनाएको छ ।